सालनालमा नेवा पूचले साधारण सभा तथा "सांस्कृतिक रमझम कार्यक्रम" गर्ने l

रमेश खावाजु ,
कोरिया l 
दक्षिण कोरियामा नेपाली तथा नेवारी कला र संस्कृतिको संरक्षण गर्न विभिन्न कार्यक्रमहरु गर्दै आइरहेका नेवा पुचःले  १० फेब्रुअरी २०१३ मा साधारण सभा तथा " सांस्कृतिक रमझम कार्यक्रम"को  आयोजना गर्ने भएको छ l 
 सालनालको अवसर पारेर गरिन लागेको सो कार्यक्रमको पहिलो चरणमा साधारण सभाबाट नंया कार्यसमितिको चयन तथा नंया सदस्यता कार्डहरु पनि वितरण  गरिनेछ l उक्त दिन नेवा पुचद्वारा  विभिन्न कामको  शिलशिलामामा दक्षिण कोरियामा बसोबास गर्नुहुने सम्पूर्ण नेवार दाजुभाई, दिदीबहिनीहरुलाइ अनिबार्य रुपमा उपस्थित भई दिनु हुन् अनुरोध गरिएको छ l 
कार्यक्रमको दोश्रो चरणमा सास्कृतिक कार्यक्रम हुनेछ l सो  "सांस्कृतिक रमझम कार्यक्रम " मा कोरियाका स्थानिय कलाकारहरुले विभिन्न प्रतिभाहरु प्रस्तुत गर्नेछ l उक्त कार्यक्रममा आकर्षक प्रतिभा प्रस्तुत गर्ने कलाकारलाइ आकर्षक पुरस्कारको पनि ब्यबस्था गरिएको जानकारी सचिब निर्मल महर्जनले  जानकारी दिनु भएको छ l  कार्यक्रमको तेश्रो चरणमा अन्तरास्ट्रिय नेपाल आदिवासी फिल्म महोत्सवमा देखाइएको "मुद्दा" नामक नेपालभाषाको फिल्मको प्रदर्शन गरिनेछ l बेलुकी  ६  बजे सुरु गरिने उक्त  कार्यक्रममा भोजनको ब्यबस्था पनि गरिएको छ l
" विदेशमा पनि हाम्रो कला र संस्कृति बचाउँ " भन्ने नारा सहित सन् २००२ मा नेवा पुचः दक्षिण कोरियाको स्थापना भएको थियो l नेवा पुचः दक्षिण कोरियाले निकै सक्रियता साथ् सुरुवात  देखि हाल सम्म निरन्तर रुपमा  कोरियामा  नेपाल चिनाउने कार्यक्रम ,"बुद्ध नेपाल मा जन्मेका हुन् " प्रचार प्रसार कार्यक्रम ,   नेवारी तथा नेपाली कला संस्कृति जगेर्ना गर्ने कार्यक्रमहरु गर्दै आइरहेका जानकारी  नेवा पुचका अध्यक्ष नबिन बज्राचार्यले बताउनु भयो  l उहाँले कोरियामा रहेका सबै नेवार दाजुभाई दिदीबहिनीहरुकॉ साझा संस्थाको रुपमा रहेको यस नेवा पुचमा आबद हुने चाहने  नंया सदस्यहरुले छिटो भन्दा छिटो फर्म भरि दिनु हुन् तथा फेब्रुअरी १० तारिखको कार्यक्रममा उपस्थित भइ दिनु हुन् अनुरोध गर्नु पनि  भएको छ l 

सम्पर्क  
स्थान :जिन्गाक गुम्बा, सबवे लाईन नं ६ को वोल्गोक स्टेशन ३  नं गेटबाट ५  मिनेट हिड्ने) दोंग्देमूनबाट १५  मिनेट गाडीमा 
मिति : २०१३ फेब्रुअरी १० तारिक  
 समय : बेलुका ६ बजे देखि १० बजे सम्म 
सहभागी शुल्क : १२००० वन( खानाको व्यवस्था) (Nhoghyup bank a/c no. 21103352048552 karanjeet prabeen, श्री प्रबिण कारन्जीतज्यु लाई मोबाइल नं. ०१० ८६९१ ८२४३ मा सम्पर्क गरी आफ्नो नाम टिपाउनुहोस् )  

नोट :कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुती गर्न चाहने  नव प्रतिभाहरुले यस संस्थाका सचिव निर्मल महर्जनज्युलाई (०१०-८६८७-८६४२), रघु महर्जनज्युलाई (०१०-५८३२-२७९४) मा सम्पर्क गर्नु होला l

Related

korea 9174738332175984057

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item