नेपाली सम्पर्क समिति कोरियाले दिल शोभा श्रेष्ठलाई सम्मान गर्ने


दक्षिण कोरियामा रहेको सम्पूर्ण नेपाली संघसंस्थाहरुको छाता संस्था भनेर चिनिने नेपाली सम्पर्क समिति एनसीसीले दिल शोभा श्रेष्ठलाई सम्मान गर्ने भएको छ । आउंदो मार्च १७ तारिखका दिन वोमन फर वोमन, भिजन नेपाल नेटवर्क र नेपाल कोरिया न्युजले संयुक्त रुपमा आयोजना गर्न लागेको दिल शोभा श्रेष्ठ सम्मान कार्यक्रमको अवसर पारी नेपाली सम्पर्क समितिले  समाजसेवी दिल शोभा श्रेष्ठले गरिराख्नु भएको कार्यको सही मुल्याङ्कन गरी सम्मान गर्न लागिएको समितिका सचिव चेत बहादुर बस्नेतले बताउनु भएको छ ।
नेपाली सम्पर्क समितिको यहि मार्च १० का दिन बसेको नयाँ कार्यसमितिको पहिलो बैठकबाट यो निर्णय गरेको बताउंदै दक्षिण कोरियाका सम्पूर्ण नेपाली संघसंस्थाहरुलाई उक्त दिन उपस्थित भई कार्यक्रमलाई भब्य रुपमा सफल पार्न अनुरोध गरेको छ ।
यसैगरी किम्हेमा मार्च २४ को दिन सम्मान गर्ने कार्यक्रम रहेको पनि आयोजकले जानकारी दिएको छ ।

मितिः २०१३ मार्च १७ समयः ठीक १ बजे ।
कार्यक्रम हुने स्थानः ग्यङदोङ चर्च
जाने तरिकाः लाईन नम्बर २ ४ र ५ दोङ्देमुन हिष्ट्री एण्ड कल्चर पार्क गेट नम्बर ४ बाट ठीक दायाँ बाटो क्रस गरी सिधा ३ मिनेट हिड्ने ।

Related

korea 2660185372417896293

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item