इपीएसको श्रम सम्झौता नवीकरण

 नेपाल सरकार र दक्षिण कोरियाबीच इपीएस  मार्फत थप २ वर्षका लागि श्रम सम्झौता  नवीकरण भएको छ l कोरिया सरकारको इपीएस मार्फत नेपाली कामदारलाई रोजगारीका अवसर दिने नीतिअनुरुप सन् २०१० मा भएको पछिल्लो सम्झौताको अवधि गत पुसमा समाप्त भएपछि तीन-तीन महिना गरी दुईपटक सोलले उक्त सम्झौताको म्याद थप गरेको थियो ।
 दुई देशका उच्च अधिकारीबीच औपचारिक भेट हुन नसकेपछि कूटनीतिक प्याकेट मार्फत   दुई वर्षका लागि सम्झौता नवीकरण भएको हो ।  कोरियाका रोजगार तथा श्रममन्त्रीबाट हस्ताक्षर भई कूटनीतिक प्याकेटबाट आएको समझदारीपत्रमा नेपालका श्रम तथा रोजगारमन्त्रीले हस्ताक्षर गरेपछि दुई वर्षका लागि सम्झौता नवीकरण भएको छ,' मन्त्रालयको विज्ञप्तिमा छ । कुरियर मार्फत सम्झौता आदानप्रदान गरी गरिने कामलाई कूटनीतिक प्याकेट भनिन्छ ।

सुरुमा कोरियाका श्रममन्त्रीले हस्ताक्षर गरी दुई प्रति सम्झौतापत्र कुरियर मार्फत नेपाल पठाएका थिए । त्यसमा नेपालका श्रममन्त्रीले हस्ताक्षर गरी एक प्रति राखेर अर्को कोरिया पठाएपछि सम्झौता नवीकरण भएको हो l
नेपालले सन् २००७ मा पहिलो पटक कोरियासँग कामदार पठाउने सम्झौता गरेको थियो । त्यसको म्याद सन् २०१० मा सकिएपछि २ वर्षका लागि नवीकरण भएको थियो । सन् २०१० को सम्झौता अवधि २०१२ जनवरी १७ सम्म थियो ।

हाल कोरियामा करिब १४ हजार नेपाली कार्यरत छन् । कोरिया नेपाली कामदारका लागि सुरक्षित गन्तव्यको रुपमा रहेको तथा अन्य मुलुकको तुलनामा उनीहरूले त्यहाँ आकर्षक पारिश्रमिक र सुविधा प्राप्त गर्दै आएकाले कोरिया  जान चाहने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।

गत वर्ष लिइएको कोरियाली भाषा परीक्षामा उत्तीर्ण भएका झण्डै नौ हजार नेपाली कोरिया जाने तयारीमा छन् भने  चालु आर्थिक वर्षको अन्त्यमा पुनः भाषा परीक्षा सञ्चालन हुनेछ l रासस 

Related

news 8496957979495782551

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item