जोंगाक सबवे ट्रेन स्टेशनमा "नेपाल लुम्बिनी" शिर्षक फोटो प्रदर्शनी


 कृष्ण मुश्यान
 दक्षिण कोरिया l


फोटो सौजन्य :­ निर्मल महर्जन
 २०१२ जुलाई २२ तारिखका दिन लुम्बिनी भ्रमण वर्ष २०१२ कोरिया उपसमितिले सार्वजनिक स्थल जोंगाक स्टेशनमा "नेपाल लुम्बिनी" शिर्षक फोटो प्रदर्शनी आयोजना गर्‍यो । यस अघि ४ ठाँउमा फोटो प्रदर्शनी गरिएको थियो ति सबै ठाँउका दर्शकहरुको प्रतिक्रिया राम्रो भएको र यस्तो किसिमको कार्यक्रमले नेपाल र नेपालीलाई पहिचान दिलाउने हुँदा कोरिया भरि यस्ता किसिमका कार्यक्रम गर्नु पर्छ भन्ने सुझाब अनुसार यसपाली सार्वजनिक स्थल सौलको मुटु भएर चल्ने ट्रेन लाईन नं १ को जोंगाक स्टेशनमा फोटो प्रदर्शन गरिएको जानकारी लुम्बिनी भ्रमण वर्ष कोरिया उपसमितिका सल्लाहकार श्री रमेश श्रेष्ठले दिनु भयो ।


फोटो प्रदर्शनीका धेरै दर्शकहरुले फोटोहरुको अबलोकन गर्दै विभिन्न प्रतिक्रियाहरु दिएका थिए । फोटो प्रदर्शनीका एक अवलोकनकर्ताले नेपाल केवल हिमालयको देश भनेर मात्र थाहा पाएको थिएँ तर यहाँ देखाईएको फोटोहरु हेर्दा शान्तिका अग्रदूत भगवान बुद्धको पनि जन्मभुमि नेपाल रहेको पाएँ र यसले मेरो ज्ञानमा अभिबृद्धि भएको पाएँ भने । त्यस्तै दर्शक मध्य एकजना अमेरिकन बिद्यार्थीले आफु ज्योग्राफीको विधार्थी भएकोले प्राकृतिक सौन्दर्यता प्रति सदा आकर्षण रह्यो र आफुले साथीहरुबाट प्राकृतिक रुपमा नेपाल अत्यन्त सुन्दर देश भनेर जानकारी पाएको भएता पनि यस बारे बिस्तृत रुपमा जानकारी लिन पाएको थिएन तर आज स्टेशन भित्र गरिएको यस फोटो प्रदर्शनीले आफु लाभान्वित भएको र समय मिलेको खण्डमा यस वर्ष मै नेपाल भ्रमणमा जाने कुरा ब्यक्त गर्नु भयो ।




यस्तै अर्का दर्शकले आफुलाई भिक्षुहरुले इन्डिया भन्दा नेपाल अत्यन्त सुन्दर र बुद्ध जन्मेको देश हो एकपटक जानु पर्छ भन्नु हुन्थ्यो, समयको अभाव र विभिन्न कारणले त्यता तिर ध्यान नगएको तर आज यहाँ फोटो हेर्दा खेरी साँच्चै एकपटक नगई नहुने देश रहेछ भन्ने आफुलाई अनुभव भएको बताए । प्रदर्शनी करिब ३ घण्टाको थियो र यस अबधिमा ट्रेनका यात्रुहरु करिब २५० जनाले फोटोहरु अवलोकन गरे । कार्यक्रमको अन्तमा नेपाल राजदूताबासका महामहिम राजदुत श्री कमान सिंह लामाज्युले उपनियोगप्रमुख श्री राजाराम बर्तौलाज्यु तथा लुम्बिनी भ्रमण वर्ष कोरिया उपसमितिका संयोजक गुरुजु नबिन बज्राचार्यज्युको उपस्थितिमा जोंगाक स्टेशनका मेनेजर किम योंग ग्वानज्युलाई फोटो प्रदर्शनी गर्ने ठाँउ उपलब्ध गराई दिनु भएकोमा सम्झना स्वरुप सगरमाथाको फोटो हस्तान्तरण गर्नु भएको थियो ।


सो "नेपाल तथा लुम्बिनी" फोटो प्रदर्शनीमा मेदम राजदूत, लुम्बिनी भ्रमण वर्षका सल्लाहकारहरु श्री रमेश श्रेष्ठ, श्री प्रकाश लामा, श्री मदन केसी लगायत लुम्बिनी भ्रमण वर्षका सदस्यहरु श्रीमती रेश्ना बज्राचार्य, श्री कृष्ण मुश्यान, श्री निर्मल महर्जन, श्री राज देशार, श्री अर्जुन व्यञ्जनकार, श्री अमिन शाक्यले आफ्नो बिदाको उपयोग गर्दै निस्वार्थ रुपमा देश प्रेमको भावले नेपाल र लुम्बिनीको प्रचारार्थ ब्रोसर जोंगाक स्टेशन भरी कोरियनहरुलाई बाँधेका थिए ।



Related

korea 1531609436333375035

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item