बिष सेवन गरेका निर्देशक ज्ञानेन्द्र देउजाको अवस्था गम्भीर


चर्चित चलचित्र निर्देशक ज्ञानेन्द्र  देउजा

चर्चित चलचित्र निर्देशक तथा राष्ट्रवैंकका सहायक निर्देशकसमेत रहेका  ज्ञानेन्द्र  देउजाले जिन्दगीभर कमाएको पैसाले बनाएको घर क्यासिनोमा हारेपछि आत्महत्या प्रयास गरेको खुलेको छ । क्यासिनोमा जुवा खेल्ने लत भएका देउजाले पछिल्ला सातामा करिव एक करोड रुपैयाँ क्यासिनोमा गुमाएका उनका निकटवर्तीहरु बताउँछन् ।क्यासिनोमा सवै सम्पत्ति हारेपछि जीवनबाट हार खाएका देउजाले सोमबार अपरान्ह काठमाण्डौको गोकर्ण जंगलमा पुगेर बिष सेवन गरेका थिए । रेडबुलमा बिष मिसाएर पिएका कपन निवासी देउजालाई अचेत अबस्थामा महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरीले दिउँसो ३ बजे जगडोलको पार्कमा भेटिएका थिए। उनलाई जोरपाटीस्थित नेपाल मेडिकल कलेजको आईसीयुमा भर्ना गरिएको छ । देउजाले आत्महत्या गरेको खवर आएपछि गएराती देखि नै अस्पताल परिसरमा फिल्मकर्मीहरु पुगेका थिए ।
स्रोतका अनुसार उनको अवस्था गम्भीर छ। शरीरभर विष फैलिएको हुँदा  मस्तिष्कमा पनि प्रभाव परेको छ,' स्रोतले भन्यो, 'स्वास्थ्य स्थितिमा कुनै सुधार आएको छैन, केही भन्न सकिँदैन।'

ज्ञानेन्द्रद्वारा निर्देशित फिल्म 'मुनामदन' भर्खरै रिलिज भएको थियो। उनले यसअघि 'रक्षक', 'दागबत्ती', 'लवकुश', 'हिफाजत' लगायत फिल्म निर्देशन गरेका थिए।

Related

enter 4079161530764721088

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item