मिस वर्ल्डमा सृष्टि श्रेष्ठले " मल्टिमिडिया अवार्ड" जित्ने सम्भावना l


 मिस नेपाल सृष्टि श्रेष्ठ

 मिस नेपाल सृष्टि श्रेष्ठले चीनमा हुनलागेको  ६२ औं संस्करणको मिस वर्ल्ड अन्तर्गतको मल्टिमिडिया अवार्ड'को जित्ने सम्भावना बढेको छ।   कोरियन समय  अहिले बेलुका  ७:१५ बजे सम्मको भोटिङ अनुसार २६२१९  भोटले उनी मिस वर्ल्डको यस उपाधिमा पहिलो   स्थानमा छिन्। हिजोसम्म   भिएतनामकि होआङ्मी भुले प्रथम स्थानमा थिए l आज बिहानबाट सृष्टि श्रेष्ठ पहिलो स्थान भएकी छिन l

मिस भिएतनाम होआङ्मी भुले  २५२७१ भोट सहित दोस्रो स्थानमा छिन्। मिस फिलिपिन्स क्युरिच रहमान २०९९४ भोट सहित  तेस्रो स्थानमा छिन्। चीनको इनर मंगोलियामा १८ अगस्त २०१२ मा  हुने फाइनलको बिहानसम्म मिस वर्ल्डको आधिकारिक वेबसाइटमा यो अवार्डका लागि भोट हाल्न पाइनेछ।
अवार्ड जितेमा सृष्टि उत्कृष्ट ५० भित्र समावेश हुनेछिन् र फाइनल समारोहमा सहभागी हुन पाउनेछिन्। उनको पक्षमा भोट संकलन गर्न पूर्व मिस नेपाल स्वेता सिंह र माल्भिका सुब्बाले अभियान सुरु गरेकी छिन्।  'टप ५० मा सृष्टि छानिने सम्भावना एकदम छ,'  माल्भिका सुब्बाले भनिन्।  पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठ, मलिना जोशी र सुगारिका केसीले पनि अभियानमा साथ दिएका छन्।  'मिस वर्ल्डमा हाइटले मुख्य भूमिका खेल्छ। त्यसबाहेक विभिन्न क्षेत्रको जानकारी र अध्ययन चाहिन्छ। सृष्टिलाई हाइटले साथ दिएको छ।' विगतमा हाइटकै कारण मिस नेपालहरू पहिलो चरणबाटै बाहिरिने गरेका थिए। यसपटकको कल्चरल डान्स राउन्डको उत्कृष्ट १० मा सृष्टि छनोट भएकी छिन्। उनी अहिले मिस वर्ल्डको आयोजनास्थल पुगिसकेकी छिन्। उनले मिस वर्ल्डको स्टेजमा सर्वप्रथम डान्स प्रस्तुत गर्ने भएकी छिन्।यसपटक मिस वल्डमा सहभागि भएका अधिंकाश प्रतियोगीहरूको लुक राम्रो नभएकाले सबैलाई सृष्टिले उछिन्न सक्ने पूर्व मिस नेपाल स्वेता सिंहले बताइन् l
यसपटक १ सय २० देशका प्रतिनिधिले मिस वर्ल्डमा भाग लिँदैछन्। मल्टिमिडिया अवार्डमा सबै देशका युवतीले सहभागिता जनाएका छन्।




कोरियामा रहनुभएका कोरियाबासी नेपालीहरुले पनि
मिस नेपाल २०१२ सृष्टि श्रेष्ठले यसपालिको मिस वर्ल्ड २०१२ जितोस् भनेर...
यदि तपाई चाहनु हुन्छ भने

यो लिंकमा गएर भोट गर्नुहोस् l

http://www.missworld.com/Contestants/Nepal/




Related

news 2103199946295506423

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item