कोरियामा नेपालीद्वारा आत्महत्या


देवेन्द्र सम्बाहाम्फे

सोल (दक्षिण कोरिया) , श्रावण १० - छनान फेक्सकदोङमा रहेको ‘सामा सिजन’ नामक कम्पनीमा कार्यरत एक नेपाली कामदारले मंगलबार बिहान झुण्डिएर आत्महत्या गरेका छन् ।
ईपीएस मार्फत ढेड वर्षअघि कोरिया आएका प्यूठान स्याउलीबाङ ५ का ओमप्रसाद शेरचनले कम्पनीकै शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।
सो कम्पनीमा कार्यरत पर्वतका लक्षु शर्माले दिएको जानकारी अनुसार मंगलबार बिहान साढे आठ बजे दाँत दुखेकाले कम्पनी ब्यबस्थापकसँग अस्पताल जान शेरचनले अनुमति लिएका थिए तर ११.३५ बजेतिर उनी शौचालयमा झुण्डिएर मृत अवस्थामा भियातनामकी एक महिला कामदारले फेला पारेकी थिइन् ।
शेरचनले आत्महत्या गर्नुको कारण हालसम्म पनि खुल्न सकेको छैन । एउटै शाखामा सँगै काम गरिरहेका शर्माका अनुसार मृतक शेरचन मादक पदार्थ  सेवन गर्दैनथे र कम्पनी ब्यवस्थापनसँगको सम्बन्ध पनि राम्रै थियो । शव हाल छनानकै एक अस्पतालमा राखिएको छ । मृतकको परिवारमा आमा, बुबा र दुई भाइ छन् ।
अविवाहित २३ बर्षीय शेरचन तीन महिनाअघि मात्र कम्पनी परिवर्तन गरी त्यहाँ गएका थिए । बिद्युतीय सामान उत्पादन गर्ने उक्त कम्पनीमा हाल ११ नेपाली कार्यरत छन् । गतबर्ष पनि सो कम्पनीमा पाल्पाका मानबहादुर दर्लामीले भर्‍याङमा झुण्डिएर नै आत्महत्या गरेका थिए ।
स्थानीय छुबुक प्रहरीले घटनाको प्रारम्भिक प्रतिवेदन मंगलबार नै सोलस्थित नेपाली राजदूतावासलाई बुझाइसकेको छ । दूतावासका एक अधिकारीले दिएको जानकारी अनुसार प्रहरीको प्रतिवेदनको आधारमा परराष्ट्र मन्त्रालय र बैदेशिक बोडमा पत्र पठाइसकिएकोछ । घटनास्थलमा  नेपाली दूतावासका प्रतिनिधि बुधबारसम्म पनि नपुगेको सोही कम्पनीमा कार्यरत एक नेपालीले बताए ।
                             ( साभार: कान्तिपुर )                      
                   

Related

korea 5445648294088770070

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item