हाम्रो नेपाल / भक्तपुर


                                     भक्तपुर 

                                                                                                  

  
 रमेश खावाजु (युदिप )
   दक्षिण कोरिया


  नेपालको मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल ,भक्तपुर जिल्ला अवस्थित एक प्राचिन सहर भक्तपुर (भादगाँउ वा ख्वःप,खोप्रिंग  ) काठमाडौं उपत्यकाको ३ किलोमिटर पूर्वी भागमा पर्दछ।  भक्तपुर जिल्लाको  पूर्वमा काभ्रेपलाञ्चोक, पश्चिम र उत्मा काठमाडौं र दक्षिणमा ललितपुर जिल्ला पर्दछ।११९ बर्ग कि.मि क्षेत्रफलमा फैलिएको भक्तपुर  नेपालको सबैभन्दा सानो जिल्ला हो l   यस जिल्लामा भक्तपुर नगरपालिका र  मध्यपुर (थिमी) नगरपालिका गरि २ वटा नगरपालिकाहरु र १६ गाविसहरु छन् l यस  जिल्ला भादगाँउले टोपी र जुजु धौ (King  Curd )लागि प्रशिद्ध छ। यस जिल्लामा  नेवार, बाहुन, क्षेत्री, तामाङ, आदि बसोबास गर्छन  भने बढी बोलिने भाषामा नेवारी र नेपाली हुन् l 
    भक्तपुर जिल्लाको  सरदर उचाई समुन्द्र सतहबाट १,३३१ मिटर उचाइमा रहेको छ भने अग्लो भूभाग नगरकोट हाइटलाई मानिन्छ जस्को उचाई २१९१ मिटर छ।यस जिल्लाको पूर्व पश्चिम लम्वाई १.६ किलोमिटर र उत्तर दक्षिण चौडाई ११.२ किलोमिटर छ l


 भक्तपुर जिल्लाका१६ गाविसहरु 

छालिंग,झौखेल ,ताथली,दधिकोट  
 कटुञ्जे,गुण्डु ,चाँगुनारायण,चित्तपोल, 
दुवाकोट , नंखेल  ,नगरकोट ,बागेश्वरी
बालकोट ,सिपाडोल ,सिरुटार ,सुडाल  

    





भक्तपुर जिल्लामा रहेका ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थलहरु


                         १)भक्तपुर नगर                      

  ५५ झ्याल दरवार 


भक्तपुर ऐतिहासिक दृष्टिकोणवाट मात्र होइन साँस्कृतिक प्राचिन शिल्पकला एवं हस्तकलाको लागि समेत महत्वपूर्ण स्थल रहेको छ ।भक्तपुरको विभिन्न परम्परा, जात्रा, पर्व लोक नृत्य र संगीतको लागि प्रसिद्ध छ l प्राचिन कालमा मल्ल राजाहरु वसोवास गर्ने गरेको यो क्षेत्रमा नवदुर्गा मन्दिर दतात्रय मन्दिर ,मयुर झ्याल ,५ तल्ले मन्दिर ,५५ झ्याले दरवार, भुपतिन्द्र मल्लको सालिक, भगवती मन्दिर, ठूलो घण्टा, तुलजा भवानीको तलेजु मन्दिर, सुनको ढोका आदि प्राचिन तथा एतिहासिक दृष्टिकोणवाट अत्यन्त महत्वपूर्ण कला कृतिहरुको विशाल एवं अनौठो भण्डार विद्यमान रहेको पाइन्छ । युनेस्कोको विश्व सम्पदा सूचीमा परेको भक्तपुर वास्तवमा खुल्ला संग्रालयहरुको रुपमा रहेको छ ।


                       २ ) मध्यपूर नगर ( ठिमी)


 बोडेको जिब्रो छेड्ने जात्रा 
मध्यपूर नगर काठमाण्डौबाट १० कि.मी. पूर्व र भक्तपुर नगरबाट ३ कि.मी. पश्चिममा अवस्थित  प्राचिन सहर हो । प्राचिन साँस्कृतिक सम्पदा र परम्परगत कला कौशलको धनी नगर ठिमी किराँत कालमा निर्माण गरिएको हो । मध्यपुर नगरको पनि  आफ्नै विशिष्टिकृत परम्परा, जात्रा, पर्व लोक नृत्य र संगीतको लागि प्रसिद्ध छ । त्यसै गरी सेरामिक्स, टेराकोटा र हस्तकला एवं उपत्यकाकै तरकारी उत्पादनको केन्द्रको रुपमा पनि ठिमीको प्रसिद्धी रहेको छ ।




                       ३ )सूर्यविनायक मन्दिर

सुर्यविनायक गणेश मन्दिर 

भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गा.विस.मा पर्ने सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ । यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखरशैलीमा निर्माण भएको पाइन्छ । काठमाण्डौ, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरु हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ ।   हरियाली रमणिय डाँडा रहेको कारणले यो क्षेत्र पर्यटकिय एवं पिकनिक स्थलको रुपमा पनि प्रख्यात छ ।

               ४ )नगरकोट

नगरकोट


नगरकोट भक्तपुर नगरवाट २० कि.मी. पूर्वमा रहेको प्राकृतिक दृष्यावलोकनको लागि उपयुक्त केन्द्र भएकोले रमणीय पर्यटकिय क्षेत्रको रुपमा विकसित भएको पाइन्छ । नगरकोटवाट असंख्य मनमोहक हिमालयका चुचुराहरुका साथै विश्वको सर्वोच्च शिखर सगरमाथा पनि देखिन्छ । यहाँवाट देखिने अन्य हिमाल चुचुराहरुमा मनांस्लु, गणेश हिमाल, लामटाङ्ग हिमाल, गौरी शंखर, चावु, ल्होत्से, मकालु नेम्वुल इत्यादि छन् । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृष्यावलोकन र रिसोर्ट व्यवसायका लागि पनि प्रसिद्ध छ ।

                 ५ )चाँगुनारायण मन्दिर

 चाँगुनारायण मन्दिर 

उपत्यकामा रहेको प्राचिन मन्दिरमा सबभन्दा पुरानो मानिएको लिच्छ्बीकालिन राजा मानदेवद्द्वारा निर्मित  चाँगुनारायण मन्दिर नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र  प्राचिन  पुरातात्विक शिलास्तभ समेत रहेको  भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकिय क्षेत्रको रुपमा पनि  महत्वपूर्ण रहेको पाईन्छ । काठमाण्डौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो ।   तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो नगरकोटको ट्रेकिङ गर्न तथा काठमाण्डौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ ।


                 ६ ) कैलाशनाथ महादेव मन्दिर 

 कैलाशनाथ महादेव मन्दिर 

 विश्वकै सबभन्दा अग्लो महादेवको मुर्तिको रुपमा दावी गरिएको कैलाशनाथ महादेव मन्दिर भक्तपुर चित्तपोल गाविस र काभ्रेपलाञ्चोक जिल्लाको साँगा गाबिसको सिमानामा अबस्थित  महादेवको मुर्ति १४३ फिट अग्लो छ । उक्त मुर्ति  भाटभटेनीमा बस्दै आएका भारतीय नागरिक कमल जैनले एकल लगानीमा मूर्ति बनाएका हुन ।  मूर्ति निर्माणका लागि विगत ६ वर्षदेखि १०० जना नेपाली र भारतका कालिगढ खटिएका थिए । गिट्टी बालुवा सिमेन्ट डन्डी प्रयोग गरिएको सो मूर्तिलाई घाम र पानीबाट बचाउन जिङक कोटेड गरेर तामालाई स्प्रे गरिएको छ । त्यसको लागि ६ हजार किलोग्राम तामा र जिङ्क लागेको बताइन्छ । ७५ रोपनीभन्दा बढी क्षेत्रफलमा निर्माण भएको यस मन्दिर क्षेत्रमा मारकाट मदिरा र धुम्रपान निषेध गरिएको छ ।

                ७ )डोलेश्वर महादेव(भगवान केदारनाथको शिर)

डोलेश्वर मन्दिर
डोलेश्वर मन्दिर सुर्यविनायक देखि ३.५  कि. मि पूर्वमा अबस्थित सिपाडोल गाबिसमा पर्छ l यो करिब ४००० वर्ष पुरानो मन्दिर  हो l  केदारनाथको शिर भाग नेपालमा नै रहेको भन्ने कुरा शिवपुराण आदि पौराणिक ग्रन्थमै उल्लेख भएता पनि प्रचार प्रसारको कमिले गर्दा धेरै समयसम्म कसैको जानकारीमा थिएन l बि .सं. २०६६ भाद्र ६ गते डोलेश्वर महादेव मन्दिर परिसरमा केदारनाथ धामकै पिठाधिश्वर भिमाशङ्कर लिड्ढ शिवाचार्यले डोलेश्वर महादेव नै केदारनाथको शिर भाग हो भनी प्रमाणित नै गरिदिनुभएको थियो l


Related

poem 5382922589563941562

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item