मिस नेपाल सृष्टि श्रेष्ठ 'बिच ब्युटी'को उत्कृष्ट ४० मा

 मिस नेपाल सृष्टि श्रेष्ठले मिस वर्ल्डको 'बिच ब्युटी'को उत्कृष्ट ४० मा आफूलाई पारेकी छिन्। बिहीबार मिस वर्ल्डले सार्वजनिक गरेको सूचीमा उनको नाम समेटिएको छ।
भारत, थाइल्यान्ड, कोरिया, पेरु,  र मेक्सिको लगायतका 'सुन्दरी'हरू उत्कृष्ट ४० मा समावेश छन्।
 मिस नेपाल सृष्टि श्रेष्ठ


  चार समूहमा विभाजित बिच ब्युटी अन्तर्गत् सृष्टि तेस्रो समूहमा पहिलो भएकी थिइन्। उनको समूहमा मंगोलिया, पोचुगल, केन्या र चीनसहित १२ देशका युवती थिए। यसपटक मिस वर्ल्डले सम्पूर्ण प्रतियोगीको व्यक्तिगत फेसबुक अकाउन्ट र ट्वीटर बनाइदिएको छ।
'मिस वर्ल्ड अन्तर्गतको बिच ब्युटीको टप ४० मा समेटिएकी छु। एकदम खुसी छ,' सृष्टिले ट्वीटरमा लेखिन्। त्यस्तै सामाजिक सञ्जालका लागि दिइने 'मल्टि मिडिया'मा उनी दोस्रो स्थानमा छिन्। बिच ब्युटीको प्रतिस्पर्धा सोमबार इनर मंगोलियाको सियाङसावान सिनिक एसियामा भएको थियो। भदौ २ मा मिस वर्ल्डको फाइनल हुँदैछ।


स्विमसुटमा सजिएका प्रतियोगीहरूको फिगर, आत्मविश्वास, सुन्दरता र स्टाइलको आधारमा बिच ब्युटीको सूची तयार गरिएको हो। विगतमा नेपालको तर्फबाट कुनै पनि सहभागी बिच ब्युटीमा छनोट भएकी थिइनन्। सृष्टिको फिगर राम्रो भएकोले उनले निर्णायकहरुको मन जित्न सफल भइन्,' हिडन ट्रेजरका गोपालसुन्दरलाल कक्षपतिले भने।

पूर्व मिस नेपाल सदीक्षा श्रेष्ठले समेत बिच ब्युटीको प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। 'सबैलाई निर्णायकहरुका अगाडि हिँड्न लगाइन्छ। त्यही बेला आत्मविश्वास, फिगर र स्टाइल हेर्ने गर्छन्। छनोट भएका टप ४० लाई अर्को राउन्डमा छुट्टै फोटो सुट गराइन्छ। म त्यसमा छानिन सकिनँ,' सदीक्षाले भनिन्।



यसपालिको मिस वर्ल्ड २०१२ मिस नेपाल  सृष्टि श्रेष्ठले जितोस् भनेर...
यदि तपाई चाहनु हुन्छ भनेकोरियामा रहनुभएका कोरियाबासी नेपालीहरुले पनि

यो लिंकमा गएर भोट गर्नुहोस् l


http://www.missworld.com/Contestants/Nepal/

Related

news 2871650383396512063

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item