नेपालको रेल्वे विकासमा कोरियाले सहयोग गर्ने


देबेन्द्र सम्बाहाम्फे 




भौतिक योजना, निर्माण तथा यातायात मन्त्री हृदयेश त्रिपाठी र कोरियाली भूमि, यातायात तथा समुन्द्री मन्त्री क्वन दो योपबीच मंगलबार नेपालको आर्थिक, भौतिक संरचना तथा रेल्वे विकाससम्बन्धी द्वपक्षीय वार्ता सम्पन्न भएको छ ।

सोलमा आयोजना गरिएको विशेष कार्यक्रममा बोल्दै कोरियाली भूमि, यातायात तथा समुन्द्री  मन्त्री क्वन दो योपले नेपालको भौतिक संरचना तथा रेल्वे विकासका लागि कोरियाली सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । मन्त्री योपले कोरियाले नेपालसँग आपसी समझदारीको आधारमा एमओयूमा हस्ताक्षर गरेर  दीर्घकालीन रूपमा सहकार्य गर्न चाहेको बताउँदै नेपालको रेल्वे विकासमा कोरियाले सहयोग गर्न तयार रहेको बताए ।

त्यस अवसरमा भौतिक योजना, निर्माण तथा यातायात मन्त्री हृदयेश त्रिपाठीले नेपालका लागि कोरियाको सहयोग महत्वपूर्ण रहने बताउँदै भौतिक संरचना, रेल्वे र टनेल निर्माणमा नेपाली प्राविधिकहरूको आवश्यकता रहेकाले इपीएस मार्फत रोजगारी गर्न कोरिया आएका नेपाली कामदारलाई यससँग सम्बन्धित क्षेत्रमा काम दिलाउन आग्रह गरेका थिए । मन्त्री त्रिपाठीको आग्रहलाई सम्बोधन गर्दै मन्त्री योपले यस क्षेत्रको सबै काम निजी क्षेत्रबाट हुने भएकाले नेपालबाट प्राविधिक झिकाई यहाँ आबश्यक सीप दिलाउन सकिने बताएका थिए ।

कार्यक्रम समापनपछि ई-कान्तिपुरसँग बोल्दै भौतिक योजना, निर्माण तथा यातायात मन्त्री त्रिपाठीले वार्ता अत्यन्त सफल र महत्वपूर्ण रहेको बताए । मन्त्री त्रिपाठीले वार्तालाई ठोस रूप दिनका निम्ति छिट्टै दुई देशबीच कार्यालयस्तरमा गृह कार्य हुने खुलासा पनि गरे ।

वार्तामा नेपालको तर्फबाट नेपाली राजदूत कमानसिंह लामा, भौतिक योजना सचिव तुलसी सिटौला, निर्माण महाशाखा प्रमुख हरिओम श्रीवास्तव, रेल्वे विभागका महानिर्देशक रामकुमार लम्साल, कानुन शाखा र योजना शाखाका उपसचिव द्वय राजेन्द्र नेपाल र राजेश उप्रेती रहेका थिए भने कोरियाको तर्फबाट कोरियाली रेल परियोजनाका निर्देशक ओछे ओक, उपनिर्देशक गी सेङ कोङ तथा इन्जिनियर किम यङ जुन रहेका थिए ।

नेपाली टोलीले आजै यहाँको रेल सेवासम्बन्धी ट्राफिक नियमको जानकारी लिँदै नियन्त्रण कक्ष अवलोकन गरेको थियो । टोलीले बुधबार कोरिया रेल सेवाका प्रमुख छङ चाङ योङसँग पनि भेट गर्ने छ ।

Related

korea 5137569815080571390

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item