कामदारको कोटा बढाउने पहल गर्दै छु-राजदूत लामा
https://nnkorea.blogspot.com/2012/08/blog-post_8472.html
देवेन्द्र सम्बाहाम्फे
| नेपाली राजदूतकमानसिंह लामा |
कमानसिंह लामा वि.सं.२००९ मा काभ्रे मादन कुडारी गाउको मध्यमबर्गीय परिवारमा जन्मिएका हुन् । बिद्यार्थीकाल देखि नै राजनीतिमा लागेर सांसद,एमाओवादी केन्द्रीय समिति सदस्य हुदै ताम्सालिङ मुक्तिमोर्चा केन्द्रीय अध्यÔसम्मको कार्यअनुभव हासिल गरेका लामा अहिले कोरियाका लागि द्धितीय नेपाली राजदूत हुन् । राजदूत पदमा नियूक्त भएदेखि नै कोरियाली लगानी नेपाल भित्र्याउने घोषणा गरेका राजदूत लामासंग समसामयीक बिषयमा कान्तिपुर दैनिकका कोरिया संवाददाता देवेन्द्र सम्बाहाम्फेले सोल हुआम्दोङस्थित उहा“को निवास ‘ब्राउन स्टोन’मा गरेको कुराकानीको मुख्य अंशहरु :
१.जिवनमा लामो समय राजनीति गर्नु भयो तर अहिले कुटनीतिक जिम्मेवारी लिएर कोरिया आउनु भएको छ ,कस्तो लागिरहेको छ ?
हो लामो समयसम्म राजनीतिक जिवन पार गरेपछि राष्ट्रले मलाई एउटा गहन जिम्मेवारी दिएको छ । यो जिम्मेवारीलाई मैले एउटा चुनौतिको रुपमा पनि लिएको छु र यसलाई मैले स्वीकार गरेरै आएकाले खासै त्यस्तो अप्ठ्यारो महसुस भएको छैन ।
२.आफ्नो कार्यकालमा के कुरालाई महत्व दिनुहुन्छ ?
नेपाल र कोरियाबिचको सम्बन्धलाई अझ घनिष्ट बनाउने कार्यलाई पहिलो प्रथमिकतामा राखेको छु । साथैहामीलाई अहिले लगानीको आवश्यकता भएकाले कोरियाली लगानीलाई नेपाल भित्र्याउने कामलाई पनि प्रथमिकतामा नै राखेको छु । नेपाली पर्यटनलाई यहा“ अझ राम्ररी प्रबद्र्धन गर्नु पनि छ । साथै कोरियामा रहेका श्रमिक,ब्यापारी, बिद्यार्थी, पत्रकार, समाजसेवी सबैको अभिभावक बन्ने बिषयलाई म भुल्ने छैन ।
३.कोरियाली लागानी नेपाल भित्र्याउने कुरा गर्नु भयो यस्का लागि कस्ता योजनाहरु बनाउनु भएको छ ?
कोरियाली लगानीकर्ताहरुको निम्ति लगानी मैत्री वाताबरण तयार गर्ने पक्षमा छु । हुन त सरकारले आर्थीक कुटनीतिमा जोड गरेकै कारण लगानी बर्ष घोषण गरेर लगानी बोड नै गठन गरिसकेको अवस्था छ । त्यसो भए पनि हामीमा लगानी मैत्री वाताबरणको अभाव छ । कोरियाली लगानीकर्ताहरु नेपालप्रति सकरात्मक पनि छन् । उनीहरु नेपाललाई केही दिन खोजिरहेका छन् । यस्तो अवस्थामा लगानी मैत्री वातावरण तयार गरेर उनीहरुलाई झन्झट र अड्चन बिना उनीहरुले चाहेको क्षेत्रमा लगानीको वाताबरण तयार गरिदिनु पर्दछ । हामीले ढिलासुस्ति गर्यौ भने र उनीहरुको भावना बुझेनौ भने धेरै समय हामीलाई पर्खनेवाला छैनन् । समयको महत्व उनीहरुले हामीभन्दा धेरै बुझेका छन् ।
४ नेपाल र कोरियाको कुटनीतिक सम्बन्ध कस्तो पाउनुभयो त ?
नेपाल र कोरियाको सम्बन्ध ४३ बर्षे पुरानो र घनिष्ट छ । यो अवधीमा हामीबिच कहिल्यै मनमुटाव भएन । हामी भौगोलिक, सामाजिक ,सांस्कृतिक र धार्मीकरुपले अत्यन्त नजिक छौं । हाम्रो सम्बन्ध अझ घनिष्ट,सौहार्द र समुधुररुपले बिकास भईरहेको छ । दुवै राष्ट्रको सार्वभौमसत्ता,अखण्डता,शान्ति र समृद्धिमा साझेदार बन्न हामी उत्तिकै तयार छौं ।
५.ओहदाको प्रमाण पत्र पेश गर्दा राष्ट्रपति ली म्यङ बाकलार्इ ‘स्टेट भिजिट’ को लागि निम्तो दिनुभएको हो ?
मैले ‘स्टेट भिजीट’को निम्तो नै दिएको चाहि भन्न नमिल्ला किनभने म त्यो स्तरको होइन अथवा म उहा“को समकक्षी परिन । एउटा कुरा के हो भने कुटनीतिक सम्बन्धमा ‘हाई लेभल भिजिट’ भनेको साह्रै महत्वपूर्ण इन्स्ट्रुमेन्ट (औजार) हो । हामीबिच यति लामो कुटनीतिक सम्बन्ध हुदाहुदै पनि त्यो औजार कम भएको प्रसंग उहा“लाई अवगत गराएको हु“ ।
६.उहाको प्रतिकृया कस्तो रह्यो त ?
उहा“ले पनि दुई देशबिचको पुरानो सम्बन्धबारे प्रसंग उठाउनु भएको थियो । साथै निकट भविष्यमा समय मिलाएर गर्नुपर्छ भन्नुभएको हो ।
७ यसको लागि आफ्नो तर्फबाट कुनै पहल गरिरहनु भएको छ ?
प्रमुख रुपमा यहि बिषयलाई लिएर म केहि दिनअघि नेपाल गएको थिए“ । मैले यो बिषयमा गम्भिरताका साथ हाम्रा प्रधानमन्त्री,परराराष्ट्रमन्त्री,अर्थमन्त्री,संस्कृतिमन्त्रीसंग वार्ता गरेको छु । उहा“हरुलाई यसको लागि गम्भिर भएर सोच्न र बजेट बिनियोजन गर्न अनुरोध पनि गरेको छु । त्यतिमात्र नभएर नेपालका लागि कोरियाली राजदूतसंग पनि यो कुरालाई अघि बढाएको छु । उहा“ पनि सकरात्मक नै हुनुहुन्छ । दुई देशबिचको स्टेट भिजिटको वातावरण निर्माण गर्ने मैले आफनो जिम्मेवारी पनि सम्झेको छु । म सकेसम्म पहल गरिरहने छु ।
८. कोरियामा नेपालीहरुको स्थिति चाहि कस्तो पाउनु भयो त ?
समग्रमा यहा“ रहेका नेपालीहरुको स्थिति मैलै राम्रै पाएको छु । बिशेष गरेर श्रमिक दाजुभाई,दीदिबहिनीहरु काम गर्दा केहि गाह्रोसाह्रो भए पनि कमाईको हिसाबले मलेसिया र मध्यपूर्वका देशहरुभन्दा निक्कै राम्रो छ । कम्तिमा हजार डलर अधिकांश कामदारले बचाएका छन् । फेरि बर्षेनी थोरै भए पनि तलव बढेकै छ । यस हिसाबले कामदारको लागि राम्रै मान्नुपर्छ । भने नेपाली रेष्टुरेन्टहरुमा ८० प्रतिशत ग्राहक कोरियाली नागरिक छन् । अझ दिनानुदिन जनस्तरमा नेपाली संस्कार संस्कृतिप्रति उनीहरुको चासो बढीरहेको छ । यस हिसाबले यहा रहेका ब्यापारीहरुको स्थिति र भबिष्य पनि मैले राम्रै देखेको छु । यहा“बाट उत्पादन भएका बिद्यार्थी पनि कोहि बेरोजगार छैनन् त्यसैले कोरियामा रहेका नेपालीहरुको स्थिति निक्कै स्तरीय छ ।
९. बैवाहिक सम्बन्धमा कोरिया आएका अधिकांश नेपाली महिलाहरु घरेलु हिंसामा छन् । उनीहरुको उद्धारमा दूताबासको भूमिका कस्तो छ त ?
सबैभन्दा पहिलो कुरा त जो दलाल वा म्यारिज ब्यूरो छन् तिनीहरुलाई सरकारले तत्काल बन्द गर्नु पर्दछ । किनभने यीनीहरुबाटै समस्या र बिकृति शुरु भएको हुन्छ । उनीहरुको अनेक प्रलोभनमा सिधा साधा नेपाली महिलाहरु भड्खालोमा परेका हुन्छन् । त्यसैले यस्ता दलालहरुलाई निरुत्साहित गर्नै पर्छ । कोरियन पुरुषसंग बिवाह गरेपछि कानुनी हिसाबले कोरियन नागरिक सरह हुन्छन् । उनीहरु घरेलु हिंसामा रहे पनि कानुनी रुपमा उद्धार गर्ने हामीसंग कुनै अधिकार हुदैन । हामी केवल माइतीको हैसियतमात्र रहन्छौं । त्यसैले उहाहरुलाई हामी सहानुभुतिपूर्वक ब्यबहारिक सहयोग मात्र गर्नसक्छौ ।
१० एकचोटी कामदार पठाउने प्रकृया गलत छ भन्नु भएको थियो नी के भन्न खोज्नु भएको हो ?
मैले प्रकृया गलत छ भनेर त्यसरी ठाडै चाहि भनेको होइन । सकेसम्म नेपाली कामदार धेरै कोरिया आउन पाउन भन्ने मेरो चाहाना हो यति हुदाहुदै पनि भाषाकै आधारमा मात्र कामदार छनौट गर्दा यहा“ आएपछि समस्याहरु सिर्जना हुने गरेका छन् । यहा डर्टी,डेन्जर र डिफिकल्ट काम गर्नु पर्दछ । त्यसैले शारीरिक तन्दुरुस्तिलाई पनि ध्यान दिनुपर्ने हो कि भन्ने आशयमात्र हो मेरो । साथै सरकारले अदक्ष कामदार मात्र नभएर अर्ददक्ष कामदार जस्तै नर्स,इन्जिनीयरलाई पनि यहा“ पठाउने पहल गरे अझ राम्रो हुने थियो ।
११ .इपीएसमा नेपालको लागि कोटा बढाउने प्रयास गर्नु भएको छ की छैन ?
नेपाली कामदारहरु मिहेनतको कारणले कोरियन उद्योगपतिहरु हामीप्रति सकरात्मक छन् । त्यसैले अन्य देशको तुलनामा नेपाली कामदारहरुको माग बढ्दो छ । अझ धेरै नेपालीहरुले कोरिया आउन पाउन भन्ने उद्धेश्यले कोटा बढाउन एचआरडी कार्यलयमा र यहा“का श्रम तथा रोजगारमन्त्री ली छे फिलसंग पनि प्रस्ताव गरेको छु । कोटाकै बिषयलाई लिएर पुन मन्त्री फिललाई छिट्टै भेट्दै छु ।
१२ अबैधानिक कामदारलाई पनि बैधानिक बनाउन सकिन्छ भन्नु भाथ्यो यो कसरि सम्भव हुन्छ त ?
यो सोचे जस्तो सजिलो प्रकृया भने होइन । सकेसम्म प्रयास गर्ने भनेको हो । केहि हप्ताअघि मात्र एउटा सम्मेलनमा इपीएसबाट यहा“ कामदार आपूर्ति गर्ने पन्ध्रै देशका राजदूतहरुले पनि संयूक्तरुपमा यो कुरा राखेका थियौं । कोरियाको परिवर्तित नया“ श्रम नियमानुसार कम्पनी परिवर्तन नगर्ने कामदारहरुको कार्यअवधी बढेर ९ बर्ष ८ महिना भएको छ । यो नियमले पनि अबैधानिक हुने क्रमलाई रोक्दछ ।
१३.भनिन्छ , राजदूत नियूक्ति पार्टीमा लागानी वापतको ब्याज हो , तपाईलाई कस्तो लाग्छ ?
एक प्रकारले हेर्ने हो भने, यो हो जस्तो पनि देखिन्छ तर मैले यो राजदूत पदलाई त्यसरी ब्याज कै रुपमा भने हेरेको छैन बरु पार्टीले कार्यक्षमता मूल्याङकन गरेर दिएको जिम्मेवारी ठानेको छु ।
१४.कोरियाका लागि भारतीय राजदूत बिष्णु प्रकाशले त सगरमाथा भारतमा पर्छ भनि दिए नि र त्यसको खण्डन पनि गरेनन् ?
उसको अन्र्तवार्ता आएकै दिन फोन गरेर ‘के भनेको ?’ भनेर आपत्ति जनाएको थिए“ । उसलाई त्यसै पत्रिकामार्फत गल्ति सच्याउन प्रतिकृया लेख्न पनि भनेको थिए“ । उनले हुन्छ पनि भनेका थिए तर लेखेनन् । भारतको हेपाहा प्रवृति त छदैछ नी । फोनमा भने म संग आफ्नो आशय त्यस्तो नरहेको भन्दै ‘सरी’ भनेको थियो ।
१५ दूताबासमा भाषा जान्ने कर्मचारि निकालिएका छन् । जो नियूक्त भएका छन् तीनले नेपाली र अंग्रजी राम्रो बोल्दैनन् । यस बारेमा सार्वजानिक रुपमा नै गुनासा र आवाजहरु उठेका छन यो के गर्न खोज्नु भएको हो?
यो, मैले गरेको काम होइन । म आउनुभन्दा पहिला अवकाश र नियूक्त भएका हुन् । यस्ता गुनासाहरु मैले पनि बिभिन्न सार्वजनि कार्यक्रमहरुमा सुन्ने गरेको छु ।
१६ दूताबासका समस्याहरु चाहि के के छन् नी ?
कोरियामा दिनदिनै नेपाली कामदारहरुको संख्या बढिरहेको छ । कामदारको संख्यामात्र होइन समस्याहरु पनि बढीरहेका छन् । दूतावासमा जनशक्ति र श्रोतको त्यतिकै अभाव छ । मुख्य रुपमा बजेटकै समस्या रहेको छ । छ बर्षअघि दूताबास स्थापना हुदा जति रकम आउथ्यो आज पनि त्यति नै मात्र आउछ । त्यो भन्दा बढी सरकारले थपेको छैन । अहिले स्टाफ पनि थपिएका छन् भने महङगी उस्तै बढेको छ । त्यसमा पनि सरकारले लगानी बर्ष, लुम्बीनी भ्रमण बर्षर पर्यटन प्रर्बद्धन सम्बन्धी बिभिन्न कार्यक्रमहरु तर्जुमा गरेको छ । कार्यक्रम राख्ने, बजेट नराख्ने सरकारी नीतिले हामीले सोचेजति चाहेर पनि काम गर्न सकेका छैनौ ।
(कमानसिंह लामा दक्षिण कोरियाका लागि नेपाली राजदूत )
( साभार : कान्तिपुर )
Post a CommentDefault CommentsFacebook Comments