कोरियाली प्रहरीको सल्लाहकार समीति प्रमुखमा नेपाली नियुक्त
https://nnkorea.blogspot.com/2012/09/blog-post_11.html
देवेन्द्र सम्बाहाम्फे
सोल महानगरपालिका प्रहरी ब्यूरो परराष्ट्र बिभागको सल्लाहकार समीति प्रमुखमा नेपाली ब्यबसयी गंगा राई नियुक्त भएका छन् | सोल महानगरीय प्रहरी प्रमुख कीम योङ पानले राइलाई यसै हप्ता १६ देशको तर्फ प्रमुख सल्लाहकारमा नियुक्त गरेका हुन् |
प्रमुख पानले आफ्नै कार्यकक्षमा बिशेष समारोह बिच राईको अध्यक्षतामा अमेरिका,रसिया,जापान,चीन लगायत १५ देशका सदस्य रहने गरि सो समिति गठन गरेका हुन् | सो अवसरमा सल्लाहकार प्रमुख राई सहित अन्य सदश्यहरुलाई उनले नियुक्ति पत्र दिएका थिए | यसअघि राईले दुइ वर्षसम्म सो विभागको सल्लाहकार समितिको सदस्यका रुपमा काम गरेका थिए | कोरियाको प्रहरी ब्युरोमा प्रमुख सल्लाहकारको रुपमा नियुक्त हुने राई प्रथम नेपाली हुन् l
Post a CommentDefault CommentsFacebook Comments