नेपाल योंग स्टार ग्रुपद्वारा सम्पूर्ण नेपालीहरुलाई परोपकारी हितको लागी भोट गर्न आग्रह l


लाइनमा घण्टौं उभिएर देशका नेताहरुलाई धेरै भोट हालियो। फेसबुक चलाएको बेला एक मिनेट खर्च र एउटा क्लिक गर्दा कमसेकम ३०/४० वटा ससाना स्कूल भवन र पुस्तकालय बन्ने निश्चित हुंदाहुंदै पनि धेरै नेपालीहरुले अझै किन त्यति गरिरहनु भएको छैन, हामीले  बुझ्न सकेको छैन।हामीलाई थाहा छ, कति साथीहरूलाई बारम्बार यस्तो सन्देश प्रेषीत गर्दा झिंजो लागेको हुनसक्छ तर तपाईहरुले एकपटक ती गाउंका विपन्न बालबालिकालाई संझिएर ह्वारह्वार्ति भोट दिनुभयो भने यो सन्देश धेरैपटक प्रेषीत गरिरहनै पर्दैन।

फेसबुक चलाउने अधिकांश नेपालीहरु गाउंगाउंबाटै आएका हुन्। शहरकाहरूलाई पनि गाउंको स्थिति कस्तो छ भन्ने राम्रै थाहा छ। तैपनि एक क्लिकबाट गाउंका लागि दुई करोड रूपैयांभन्दा बढी प्राप्त हुने निश्चित जस्तै देखिंदादेखिंदै १० हजार भोट पनि नपुग्दा सार्है मन दुखेको छ। कृपया भोट गरिदिनोस् र यो सन्देस  सेयर गरिदिनोस्।


यस्तै भयो भने अबको छ दिनमा हाम्रो निकटतम प्रतिद्वन्दी एउटा अमेरिकी संस्थाले सो रकम प्राप्त गर्नेछ।
हालै क्रिकेटमा नेपालले जितोस् भनेर सिंगो राष्ट्रका रूपमा हामी एक भयौं। फूटबलका हकमा पनि हामीले त्यसै गर्ने गरेका छौं। अब फेरी एकपल्ट, कक्षा कोठा नहुदा खुला चौरमा बसेर पढ्न, कम्प्युटर देख्दा आश्चर्यचकीत भएर टोलाउन र सिटामोल खान पाउंदा सन्जिवनि बुटी नै पाएजसरी खुशी हुन बाध्य गाउंगाउंका हाम्रा ती विपन्न र निर्दोश नेपालीहरुका लागि सारा नेपाली एक हुनुपरेको छ।हो, हामी देशै बदल्न सक्दैनौं तर केही  नेपालीको मुहारमा अलिकति भए पनि मुस्कान छर्छौं भनेर लागि परेका छौं र त्यो प्रयासको सकारात्मक तरंगले समाजका अन्य पक्षमा पनि रूपान्तरणकारी असर पार्छ भन्ने हामीले विश्वास लिएका छौं।

 परोपकारी हितको लागि हेल्प नेपाल नेटवर्कद्वारा गरिएको यो प्रयासलाई तपाईं हामी सबै मिलेर साथ दिउँ l          परोपकारी हितको लागी सिर्फ एक मिनेट र एक भोट चाहिएको छ।



भोट गर्ने तरिका यस्तो छ:

1. आफ्नो फेसबुक खोल्नुहोस्

2.https://apps.facebook.com/chasecommunitygiving/charity/view/ein/51-0496452?ref=6a47449e94 मा जानोस्

3. Vote बटनमा क्लिक गर्नोस्। संगै देखापर्ने Allow Applications मा क्लिक गर्नोस् अनि नयां पेज खुल्छ। त्यसमा Log in with facebook मा क्लिक गर्नोस्, कहिलेकाहिं page refresh गर्नुपर्छ नत्र Vote बटनमा क्लिक गरेपछि तपाईंको भोट प्राप्त हुन्छ।



हामीलाई  आज गोपाल योञ्जनको एउटा गीत याद आइरहेको छ l

नेपाली, नेपालको मायां छ कि छैन?
धेरै खेल्यौ नेपालको तिमी छाति माथि
तिम्रो छाति माथि पनि नेपाल छ कि छैन?
नेपाली, नेपालको मायां छ कि छैन ?

Related

korea 1530392557811443444

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item