ईन्छनको मुनहाक स्टेडियममा मान्नाम फेस्टिवल सम्पन्न
https://nnkorea.blogspot.com/2012/09/blog-post_4.html
रमेश युदिप
कोरियाली स्वंयमसेवी संस्था मान्नाम(भेटघाट)द्धारा गत सेप्टेम्बर २ तारिखमा आयोजित ईन्टरनेशनल कल्चर फेस्टीभल कार्यक्रम ईन्छनको मुनहाक स्टेडियममा भब्य रुपमा सम्पन्न भएको छ l
शान्तिपूर्ण समाजको निर्माण गर्न एक हौ भन्ने नाराका साथ आयोजित उक्त कार्यक्रममा विभिन्न राष्ट्रको स्टलहरु राखेर खेलकुद, पोशाक, विभिन्न परिकारको व्यवस्था गरिनुका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो l
सो कार्यक्रममा नेपाल,पाकिस्तान ,जापान ,अमेरिका, कोरिया लगायत अन्य विभिन्न राष्ट्रका १२ हजार भन्दा बढी विदेशीहरुको सहभागिता रहेको थियो l नेपालीहरु पनि करिब ३ सय जनाको उपस्थिती रहेको जानकारी मान्नामका नेपाली संयोजक राज शर्माले दिनुभयो l
।
आगामी सेप्टेम्बर १६ तारिखमा मान्नामले सौलमा भव्यताका साथ कार्यक्रम गर्ने भएको छ ।
Post a CommentDefault CommentsFacebook Comments