इन्छनमा लभ ईन नेपालको तेस्रो साधारण सभा सम्पन्न
https://nnkorea.blogspot.com/2012/09/blog-post_6172.html
दक्षिण कोरियाको ईन्छन नाम्दोङ स्थित विदेशी सहयोग केन्द्रमा गत सेप्टेम्बर २ तारिखमा लभ ईन नेपालको तेस्रो साधारण सभा सम्पन्न भएको छ ।सो साधारण सभाले कैलास कार्कीको अध्यक्षतामा नयां कार्यसमितिको चयन गरिएको छ ।पूर्व अध्यक्ष कुमार न्यौपाने सभापतित्वमा भएको उक्त साधारण सभामा अध्यक्षमा कैलाश कार्की, उपाध्यक्षमा राज शर्मा र पदम पाण्डे,सचिवमा मित्र कंडेल,सह-सचिवमा अशोक राणभाट, कोषाध्यक्षमा सागर पाण्डे, सह-कोषाध्यक्षमा जीपी घिमिरे र सदस्यहरुमा आर्यन पौडेल, राम पौडेल,रिता पाण्डे,गंगा पाण्डे,निशु पाण्डे, विष्णु पाण्डे आदीलाई सर्वसम्मतीले चयन गरेको छl
त्यस्तै सल्लाहकारमा खगेन्द्र सुब्बा,कुमार न्यौपाने र बरिष्ठ सल्लाहकारमा राजु कार्कीलाई मनोनित गरिएको छ । बरिष्ठ सल्लाहकार राजु कार्कीले लभ ईन नेपाललाई स्थापनाकाल देखि नै ठुलो सहयोग गर्दे आएकोमा हार्दिक धन्यबाद ज्ञापन गरेको छ ।
कोरियाका बसेका नेपाली युवाहरुले आफ्नो प्यारो मातृभूमिको मायालाइ संगालेर 'मेची-काली, तराई, पहाड ,हिमाल हाम्रो प्यारो मातृभुमी नेपाल' भन्ने नाराका साथमा सन् २००९ सालमा "लभ ईन नेपाल" संस्थाको स्थापना गरेका थिए l सो संस्थाले कोरियामा आफ्नो प्यारो मातृभूमिलाइ माया गर्दै देशको कला ,संस्कृति जगेर्ना गर्ने उदेश्यले नेपाल डे लगायत विभिन्न कार्यक्रमहरु गरिसकेका छन् l

Post a CommentDefault CommentsFacebook Comments