कोरियामा बस्नेतलाई अवार्ड, सम्मान र सहयोग l


देबेन्द्र सम्बाहाम्फे 

प्रारम्भिक बाल विकास केन्द्र तथा पुतली घर नेपालकी संस्थापक पुष्पा बस्नेतलाई कोरियाको इल्गा फाउन्डेसनले यस वर्षको इल्गा युवा अवार्ड प्रदान गरेको छ । सोल छुङजङनोस्थित हलमा विशेष कार्यक्रम आयोजना गरी शनिबार फाउन्डेसन निर्देशक किम सामले १ करोड (करिब ७ लाख रुपैयाँ) वन र सम्मान पत्र प्रदान गरेका थिए । बस्नेत यो अवार्ड पाउने पहिलो विदेशी नागरिक र हाल सम्मकै कम उमेरकी पनि हुन् ।



अवार्ड र सम्मान लिँदै संस्थापक बस्नेतले आफ्नो सम्मानलाई नेपाल र सम्पूर्ण नेपालीहरूको सम्मान भएको उल्लेख गरिन् । उनले यो सम्मानको हकदार अझ अपराध बिना जेल सजाय भोग्न बाध्य भएका बालबालिका रहेको बताइन् । इल्गा अवार्ड आफूले पाएको पहिलो अन्तर्राष्ट्रिय स्तरको अवार्ड भएको जनाउँदै यसले आफ्नो आश्रममा रहेका बालबालिकाहरूको भविष्य उज्यालो बनाउन थप जिम्मेवार बनाएको पनि प्रष्ट परेकी थिइन् । उनले हाल प्रारम्भिक बालविकास केन्द्रमा ३८ र सुन्धारास्थित डे केयर सेन्टरमा ४ बालबालिका सहित ४२ बालबालिकालाई आश्रय दिइरहेको पनि जानकारि दिएकी थिइन् ।

यसै सन्दर्भम आइतबार संस्थापक बस्नेतलाई नेपाल कोरियान्युज डटकमको आयोजनामा यहाँ क्रियाशील दर्जनभन्दा बढी संस्थाले एक कार्यक्रम आयोजना गरी संयुक्त रूपमा सम्मान गरेका छन् । सम्मान समारोहमा उनको संस्थालाई विभिन्न व्यवसायमा संलग्न नेपालीहरुले ४० लाख वन (करिब ३ लाख २० हजार रुपैयाँ) पनि संयुक्त रूपमा सहयोग गरेका छन् । सहयोग लिँदै बस्नेतले संस्था स्थापना गर्दा आफू एक्लो भएको जस्तो लागे पनि अहिले आएर देश विदेशमा आफ्ना सहयोगीहरू रहँदा खुसी भएको बताइन् ।

कोरियाबाट सञ्चालित पहिलो अनलाइन खबरले आइतबारै यहाँको नेपाली समाजमा पत्रकारिताको माध्यमबाट उत्कृष्ठ योगदान पुर्‍याएको भन्दै ईकान्तिपुरका कोरिया संवाददाता देवेन्द्र सम्बाहाम्फे र पत्रकार रघु त्रिपाठीलाई पनि सम्मान गरेको छ ।

Related

korea 2519003108456927348

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item