कोरियामा चलचित्र सायदको भब्य प्रदर्शन l
https://nnkorea.blogspot.com/2012/09/l_4118.html
कास्की परिवार कोरियाले आपतकालिन राहत कोष निर्माणको लागि हिजो आइतवार कोरियाको जोगेसा हलमा नेपाली कथानक चलचित्र सायदको भब्य रुपमा प्रदर्शन गरिएको थियो l नेपालमा राम्रो ब्यबसाय गर्न सफल नेपाली कथानक चलचित्र सायद हिजो चलचित्रका निर्माता सुनील रावलको उपस्थितीमा प्रदर्शन गरिएको थियो l
उक्त चलचित्र सेप्टेम्बर ९ तारिकमा बुसानको यांगसानमा प्रदर्शन गरिने भएको छ ।
अहिलेको नंया युवापुस्तालाइ लक्षित गरेर बनाईएको सायद चलचित्रको कथाबस्तु नेपाली दर्शकले अत्याधिक मन पराएका कारण नेपालमा उक्त फिल्मले राम्रो छाप छोडन सफल भएको थियो । कथाबस्तु र व्यवसायिक दुवै दृष्टिकोणले राम्रो मानिएको चलचित्र सायदका निर्देशक दुर्गेश थापा हुन् l

Post a CommentDefault CommentsFacebook Comments