कोरियामा रहेका नेपालीहरुमा नेपाली सम्पर्क समिति, बुसान शाखाको अनुरोध l
https://nnkorea.blogspot.com/2012/09/l_18.html
आदणीय कोरियावासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरु,
बिभिन्न सिलसिलामा ठुला ठुला सपना बुनेर हालका दिनमा नेपालीहरुको कोरिया आगमन दिन प्रति दिन बढिरहेको छ। जती धेरै मानिस उती धेरै समस्या भने झै बिगतका दिनमा भन्दा कोरियामामा जुनकुनै भिषामा आएपनी समस्याको खाडल दिन प्रति दिन बढ्दै छ ।
हालका दिनमा ठुला समस्याहरु बैवाहिक भिषा र इपिएस मार्फत कोरिया आउने नेपालीहरुको रहेको छ। नेपालमा बिभिन्न मानब तस्कर र दलालहरुको प्रलोभनमा परेर कोरिया आएका हाम्रा धेरै नेपाली चेलीले कोरियामा नरकीय जीवन बिताउन बाध्य छन र त्यस बिपत बाट छुट्कारा पाउने कुनै उपाए नभएकोले जति दु:ख सहेर पनि कोरियनको दासी भएर बस्न बाध्य हुनुपरेको छ ।
त्यस्तै समस्या इपिएस लगायतका भिषामा आउने नेपालीहरुमा पनि रहेको छ। धेरै खतरा काम ,सुरक्षाको न्युनतम सामाग्री पनि प्रयोग नगरने ,गाली गर्ने , कुट्पिट गर्ने, समयमा तलब नदिने, पशुको जस्तो व्यवहार गर्ने जस्ता कम्पनीहरु धेरै भएकोले यो समस्या बाट बच्ने उपाय भनेको नेपाल फर्कनु या भिषा छोडेर लुकेर अन्यत्र गएर काम गर्नु बाहेक अर्को विकल्प छैन ।
यस्ता आपत बिपत धेरैले व्यहोरिरहेका छन् र यो समस्या पछी पनि यो भन्दा पनि अझ बढीलाई पर्नेछ । यदि यस्तो समस्या पर्दा तपाईं हामीले कम्पनी वा बैबाहिक भिषाका चेलीले घर छाडेको खण्डमा कहाँ जाने, भोको पेट त २-४ दिन बाचिएला तर बास त बस्नु पर्यो त्यस को लागि हाल सम्म तपाईं हामीलाई ७० प्रतिशत बिभिन्न धार्मिक सस्थाले हेर्दै आएको कुरा तपाईं हामी सबैमा अवगत छ। हामीलाई सहयोग गर्ने त्यस्ता सँघ सस्था प्रती हामी आभार ब्यक्त गर्छौ ।
मुख्य कुरा के हो भने यो हामीलाई पर्ने समस्या भनेको २-४ दिनको र २-४ बर्ष को नभएर तपाईं हामी जहिलेसम्म यो कोरियन भुमीमा आउने छौ। त्यो बेला सम्मको भएकोले तपाईं हामी पुर्खाको नाम मात्र जपेर वीर गोर्खाली,कसैसंग झुकेर खान नजाने जात, आफ्नै पौरखमा रमाउने मानिस भनी बस्ने कि आफ्नो समस्या को समाधान आँफैबाट खोज्ने । एक पटक तपाइँ हामी सबैले गम्भीर भएर सोचौं त ?
तपाईं हामी जो कोरियामा बसिरहेका छौ । हाम्रो देशमा धेरै समस्या छ सब ठाउँ भत्किएको छ, तपाईं हाम्रो कर्तब्य हो देशको चिन्ता गर्नु र सोच्नु तर समस्या तपाईं हाम्रो आफ्नै घरमा छ।
पहिले तपाईं हामीले आफ्नो घर बनाउ त्यसपछी टोल ,वडा,जिल्ला गर्दै पुरा देश बनाउनु पर्छ। त्यसैले पहिले हामी कोरियामा भएकोले कोरियामा तपाईं हामीलाई परेको समस्याको समाधान गरौँ त्यस पछी तपाईं हामी एकजुट भएमा देशको लागी पनि धेरै गर्न सकिन्छ ।
त्यही कोरियामा आपत बिपत परेका सम्पूर्ण नेपालीको हीतलाई मध्ये नजर गर्दै कोरियाको दोस्रो ठुलो शहर बुसानमा रहेको नेपाली सम्पर्क समितीको शाखा कार्यालयले एउटा साकारात्मक सोचका साथ हिमालय छिङ्गु छिब नामक एउटा आश्रयस्थल समस्यामा परेका सम्पूर्ण नेपाली जुनसुकै पेसाका र महिलाहरुको लागि पनि हुने गरी निर्माण गर्ने सोचका साथ अगाडि बढिरहेका छौं।
यसै कार्यको लागि हामीले भाग्यशाली चिठ्ठा कार्यक्रमको आयोजना गरेका छौ। सो चिठ्ठा यहि सेप्टेम्बर २९ मा सौलमा हुने भोजपुर परिवार,दक्षिण कोरियाको सांस्कृतिक कार्यक्रममा खोलिने भएको छ।
त्यसैले तपाईं हाम्रो सानो सहयोगले गर्दा यस कार्यले मुर्त रुप लिने हुनाले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरिदिनु हुन नेपाली सम्पर्क समिति,दक्षिण कोरिया,बुसान शाखा सहृदय अनुरोध गर्दछ ।
धन्यवाद !
नेपाली सम्पर्क समिति,दक्षिण कोरिया
बुसान शाखा


Post a CommentDefault CommentsFacebook Comments