मत् ढल्न आटे उठाउन आऊ साथी-- ( गजल )
https://nnkorea.blogspot.com/2012/09/blog-post_19.html
मञ्जु रेग्मी
पोछन, कोरिया l
मत् ढल्न आटे उठाउन आऊ साथी
सारा शक्ति हाम्रो जुटाउन आऊ साथी
यो भाइ भाइमा हुने लडाई ,
कति हेरौ अब त छुटाउन आऊ साथी
फैलदो छ झन् झन् जात रंग को भेद
कता छ यो विषको जरा चुटाउन आऊ साथी
भाई भाईमा मतभेद हटाइ
विश्व बन्धुत्वको साइनो खुटाउन आऊ साथी l
Post a CommentDefault CommentsFacebook Comments