कोरियामा फेरी एक नेपालीद्वारा आत्महत्या l


विरेन्द्र सुनार

इपिएस मार्फत दक्षिण कोरिया आएका तनहुका राजकुमार गुरुङ मृत अवस्थमा फेला परेका छन । दक्षिण कोरिया स्थित थेगु क्षेत्रको गाडिको पार्टपुर्जा बनाउने युसन हाईटेक कम्पनीमा कार्यरत गुरुङले बुधबार राती साढे ११ बजे मृत अवस्थामा फेला परेका हुन ।
तनहु जिल्लाको भानु गाविस वडा नं ५ नेपाल घर भएका गुरुंगले कम्पनीबाट केही दुरीमा रहेको पोहान्ग ,योङछन एरियाको अन्यांगमा रहेको कम्पनीको क्वाटर स्थित बाथरुममा उनको झुण्डिएको अवस्थामा पाइएकोबताइएको छ ।
गुरुंग गत अप्रिल २३ तारिख दक्षिण कोरिया आएका हुन । कोरिया आएको ५ महिना नपुग्दैभएकोरहस्यमय मृत्युको कारण भने खुल्न सकेको छैन ।
बुधबार बेलुका सकुशल अवस्थामा भोली भेटौला भनेर छुट्टिएको साथी अकस्मात आत्महत्या गरयो भन्ने खबर सुनेकोले वास्तविक कारण थाहा हुन नसकेको संगै कार्यरत इटहरीका पुष्प गुरुंगले जानकारी दिएका छन ।
उनले भने “कम्पनीमा त्यस्तो केही भएको जस्तो लाग्दैन , गएको शनिबार आफ्नो छोरी भएको बताएको थियो , घरायसी केही कारण पो थियो कि ? ”
मृतक गुरुङको शव पोहाङ क्षेत्रको हस्पिटलमा राखिएको छ । घटनास्थलबाट कोरिया प्रहरीले लाश पोष्टमार्टमको लागि लगेको भए पनि पोष्टमार्टमको रिपोर्ट आउन बाकी छ ।

Related

korea 9029114945832466286

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item