कोरियाबासी नेपालीहरुमा नेपाल योंग स्टार ग्रुपको अपिल



नेपाल योंग स्टार ग्रुपको अक्षय कोष निमानार्थ आयोजित यस चिठ्ठा कार्यक्रमलाइ भब्य रुपमा सफल बनाइदिन हुन कोरियामा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ,दिदीबहिनी,समाजसेवी,बुद्दिजिबी,पत्रकार,सिक्षाबिदतथा नेपाली समुदायको संघ संस्थाहरु समक्ष हार्दिक अनुरोध गर्दछौ!


चिठ्ठा कार्यक्रमबाट आर्जित मुनाफा ,योंग स्टार ग्रुपका सदस्यहरु बाट अनिवार्य रुपमा आर्थिक संकलन गरेर र स्वेक्षिक सहयोग संकलन गरेर कम्तिमा २ करोड ५० लाख वन को अक्षय कोष निर्माणमा जुत्दैछौ!कोरियामा गासेको सुमधुर सम्बन्ध, एकता ,सहकार्य र बिस्वास लाइ पछि सम्म दिर्घकालिन रुपमा कायम राखी निस्वार्थ ,निस्पक्ष,पारदर्शी र उदार भावनाले समाजसेवाको बाटोलाई निरन्तरता दिनको निम्ति र मानबिय भावनाले गरिब ,दुखि ,अशाह्य ,अनाथ ,बिप्पन्न दीनदुखी हरुलाई सानै भए पनि राहत वा शिक्षा को ज्योति प्रदान गर्न यस कोषले महत्वपुर्ण भूमिका खेल्नेछ!


युवा जोस जगारलाई उजागर बनाउदै अथक र लगनसिल भएर यस ग्रुपले नेपालीको हित र समृद्द सम्मुनत राष्ट्र बनाउन थोरै भएपनि रचनात्मक उदाहरनिय काम गर्दै एकताको प्रतीकको रुपमा अगाडी बढ्नेछ!
हामी सदैब यहाहरुको सल्लाह ,सुझाब,हौसला ,माया र सहयोगको अपेक्षा राख्दछौ!अक्षय कोष को बारेमा हामी कोरियामा रहनुहुने समाजसेवी, ब्यापारी,शिक्षाविद,बुद्दिजीवी,पत्रकार, संघ संस्था तथा बैदेसिक रोजगारको शिलसिलामा पाल्नुहुने सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु संग छलफल गर्दै सबैको उपयुक्त राय सरसल्लाह अनुरुपनै कार्यनीतिहरु अगाडी बढाउनेछौ!
हामीले अक्षय कोष बाट आर्जित ब्याजबाट देशको ७५ वटै जिल्लाको दुर्गम तथा बिकट क्षेत्रको प्रत्येक जिल्लाको एउटा बिद्यालयमा पनि पुन अक्षय कोष बनाउन सहयोग गर्ने सम्भव भए हामीले सहयोग गरेजतिको रकम सोहि बिद्यालय बाट पनि उपलब्ध गराउन अनुरोध गर्ने र यसरि बनेको अक्षय कोष अथवा छात्रबिती कोष मर्न नदिन बचत गर्न लगाई सो बाट आउने ब्याजबाट अनाथ ,अशाह्य ,गरिब,तथा बिपन्न बर्गलाई छात्रवृति र जेहेन्दार बिद्यार्थीलाइ हौसला प्रदान गर्न पुरस्कार प्रदान गर्ने ब्यबस्था मिलाउने योजना रहेको छ!
हाम्रो सानो जमर्को र राम्रो कामको सुरुवातलाई तपाइँहरुको साथ र सहयोगको जरुरत छ!हामी पारदर्शी र इमान्दारी पुर्वक सबैको सहयोग सहि ठाउमा पुर्याउनेछौ र सबैकोलागि समान पढ्न पाउने अवसरको सृजना गर्नेछौ!यो भाग्यसाली चिठ्ठाले कोरियामा केहि व्यक्तिको त भाग्य अवस्यनै बन्छ तर नेपालको धेरै बालबालिकाको पनि उज्ज्वल भबिष्य बनाउन मदत पुग्नेछ !नेपाल योंग स्टार ग्रुप कुनै विभेद र भेदभाव नगरी सदैब नेपाली एकताको र राष्ट्रिय पहिचानको निम्ति लागि पर्नेछ!
एक मानवले अर्को मानवलाई परेको आपत बिपत र सुख दुखमा हातेमालो र सहकार्य गर्दै सुख दुख को चौतारीको रुपमा नेपाल योंग स्टार ग्रुप रहिरहनेछ चिठ्ठा बिक्रि वितरणमा व्यापक बनाउन नेपाल योंग स्टार ग्रुपका सक्रिय सदस्यहरु तथा सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरु प्रति हार्दिक अपिल पनि गर्दछौ!
यहाहरुको कोरिया बसाई शुभ र सफल रहोस्!
सबैले बिक्रि गर्न पाउनु भए जति चिठ्ठा सबै बिक्रि गरेर सहयोग गरि चिठ्ठा खुल्ने दिन अक्टोबर १ भित्र बुझाइ दिन हुन हार्दिक बिनम्र अनुरोध गर्दछु र चिठ्ठा नपाउनु भएको मित्रहरुले खोजि खोजि भए पनि चिठ्ठा खरिद गरिदिनु भइ हाम्रो अभियान सफल बनाइदिन सहयोग गर्नु होला भन्ने अनुरोध पनि गर्दछु
!धन्यबाद !!!

नेपाल योंग स्टार ग्रुप
 साउथ कोरिया 

Related

korea 6966115373597458532

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item