ल्यापटप किन जाँदा थाहा पाउनु पर्ने कुराहरु l

यदि तपाईं लुगाफाटो किन जाँदा  विना तयारी बजार गएपनि ठिकै होला तर यदि तपाइँ ल्यापटप वा अन्य कुनै ग्याजेट किन्न जाँदै हुनुहुन्छ भने यस्तो चालाले पक्कै पनि फाइदा गर्दैन ।
हरेक दिन नयाँ नयाँ प्रविधि तथा फिचर्स भएका ग्याजेटहरु बजारमा आएका हुन्छन् । त्यसैले तपाइँले यस्ता ग्याजेट खरीद गर्न जाँदा यसबारेमा पूर्व जानकारी लिनैपर्ने हुन्छ । बिना तयारी वा विना जानकारी बजारमा गएर यस्ता ग्याजेट खरिद गर्नु सजिलो त पक्कै हुन्न, खरीद गरिहालेमा पनि त्यो फाइदाजनक नहुनसक्छ । यदि तपाइँले नयाँ ल्यापटप किन्ने सोँच बनाउनुभएको छ भने तपाइँले केही जानकारी लिनैपर्ने हुन्छ र तयारी गर्नैपर्ने हुन्छ । यदि त्यसो गर्नुभयो भने तपाइँले आफ्नो आवश्यकता तथा बजेट अनुसारको उत्तम ल्यापटप खरीद गर्न सक्नुहुन्छ ।
विद्यार्थीमा भन्दा बिजनेसम्यान र फिल्डमा काम गर्ने मानिसहरुका लागि ल्यापटपको फिचर्सले ठूलो अर्थ राख्छ । त्यसैले ल्यापटप खरिद गर्नुअघि उनीहरुको मनमा यो सवाल अवश्य पनि उठ्छ की आफ्नो आवश्यकता अनुसार कुन ल्यापटप ठीक हुन्छ – कोही कम रकमको ल्यापटप किन्न चाहन्छन् त कोही केवल गेम खेल्नकै लागि वा इन्टरनेट चलाउने लगायतका सामान्य काम गर्नका लागि समेत ल्यापटप किन्दछन् ।
कति मुल्य सम्मको ल्यापटप किन्ने – भन्ने कुराको अड्कल पहिल्यै गर्नुपर्छ । जुनसुकै मोडेलको ल्यापटप छानेपछि टिकाउ तथा मजबुतीमा कुनै सम्झौता नगर्नुहोस् । साथै ल्यापटप खरीद गर्दा त्यसका सेवा केन्द्र कति छन् – भन्ने कुरामा पनि ध्यान दिनुहोस्, ता कि भोलि ल्यापटप बिग्रिहालेमा वा समस्या आएमा सजिलै बनाउन सकियोस् । कम र्सर्भिस सेन्टर भएका ब्राण्डका ल्यापटप किन्दा भविष्यमा समस्या आउनसक्छ ।
ल्यापटपको ब्याट्री ब्याकअप, वारेन्टी तथा अन्य क्षमताको विषयमा पनि पूरै जानकारी लिएर मात्र खरीद गर्नुहोस् । बढी वारेन्टीको लोभ देखाइएका कमसल ल्यापटप खरीद नगर्नुहोस् । ल्यापटप खरीद गर्दा त्यसमा लोड गरिएको सफ्टवेयरले सही काम गर्छ गर्दैन जाँच्नुहोस् । सामान्यतया कम्पनीले सुरुमा केही ट्रायल सफ्टवयर लोड गरेका हुन्छन् जो केही समयपछि एक्स्पायर हुन्छ वा त्यसलाई अनिवार्य रुपमा आफै हटाउनु पर्ने पनि हुनसक्छ । यसो गर्दा अरु सफ्टवेयर डिलिट हुने खतरा पनि हुनसक्छ । त्यसैले त्यस्ता ट्रायल सफ्टवेयरका बारेमा पर्ूण्ा जानकारी लिएर त्यस्ता सफ्टवेयर सुरुमै हटाएर मात्र ल्यापटप खरीद गर्नुहोस् ।
चाहे बिजनेसम्यानका लागि होस् वा विद्यार्थीका लागि ल्यापटपमा पर्याप्ट मेमोरी हुनुयदि तपाईं लुगाफाटो किन जाँदा  विना तयारी बजार गएपनि ठिकै होला तर यदि तपाइँ ल्यापटप वा अन्य कुनै ग्याजेट किन्न जाँदै हुनुहुन्छ भने यस्तो चालाले पक्कै पनि फाइदा गर्दैन ।
हरेक दिन नयाँ नयाँ प्रविधि तथा फिचर्स भएका ग्याजेटहरु बजारमा आएका हुन्छन् । त्यसैले तपाइँले यस्ता ग्याजेट खरीद गर्न जाँदा यसबारेमा पूर्व जानकारी लिनैपर्ने हुन्छ । बिना तयारी वा विना जानकारी बजारमा गएर यस्ता ग्याजेट खरिद गर्नु सजिलो त पक्कै हुन्न, खरीद गरिहालेमा पनि त्यो फाइदाजनक नहुनसक्छ । यदि तपाइँले नयाँ ल्यापटप किन्ने सोँच बनाउनुभएको छ भने तपाइँले केही जानकारी लिनैपर्ने हुन्छ र तयारी गर्नैपर्ने हुन्छ । यदि त्यसो गर्नुभयो भने तपाइँले आफ्नो आवश्यकता तथा बजेट अनुसारको उत्तम ल्यापटप खरीद गर्न सक्नुहुन्छ ।
विद्यार्थीमा भन्दा बिजनेसम्यान र फिल्डमा काम गर्ने मानिसहरुका लागि ल्यापटपको फिचर्सले ठूलो अर्थ राख्छ । त्यसैले ल्यापटप खरिद गर्नुअघि उनीहरुको मनमा यो सवाल अवश्य पनि उठ्छ की आफ्नो आवश्यकता अनुसार कुन ल्यापटप ठीक हुन्छ – कोही कम रकमको ल्यापटप किन्न चाहन्छन् त कोही केवल गेम खेल्नकै लागि वा इन्टरनेट चलाउने लगायतका सामान्य काम गर्नका लागि समेत ल्यापटप किन्दछन् ।
कति मुल्य सम्मको ल्यापटप किन्ने – भन्ने कुराको अड्कल पहिल्यै गर्नुपर्छ । जुनसुकै मोडेलको ल्यापटप छानेपछि टिकाउ तथा मजबुतीमा कुनै सम्झौता नगर्नुहोस् । साथै ल्यापटप खरीद गर्दा त्यसका सेवा केन्द्र कति छन् – भन्ने कुरामा पनि ध्यान दिनुहोस्, ता कि भोलि ल्यापटप बिग्रिहालेमा वा समस्या आएमा सजिलै बनाउन सकियोस् । कम र्सर्भिस सेन्टर भएका ब्राण्डका ल्यापटप किन्दा भविष्यमा समस्या आउनसक्छ ।
ल्यापटपको ब्याट्री ब्याकअप, वारेन्टी तथा अन्य क्षमताको विषयमा पनि पूरै जानकारी लिएर मात्र खरीद गर्नुहोस् । बढी वारेन्टीको लोभ देखाइएका कमसल ल्यापटप खरीद नगर्नुहोस् । ल्यापटप खरीद गर्दा त्यसमा लोड गरिएको सफ्टवेयरले सही काम गर्छ गर्दैन जाँच्नुहोस् । सामान्यतया कम्पनीले सुरुमा केही ट्रायल सफ्टवयर लोड गरेका हुन्छन् जो केही समयपछि एक्स्पायर हुन्छ वा त्यसलाई अनिवार्य रुपमा आफै हटाउनु पर्ने पनि हुनसक्छ । यसो गर्दा अरु सफ्टवेयर डिलिट हुने खतरा पनि हुनसक्छ । त्यसैले त्यस्ता ट्रायल सफ्टवेयरका बारेमा पूर्ण जानकारी लिएर त्यस्ता सफ्टवेयर सुरुमै हटाएर मात्र ल्यापटप खरीद गर्नुहोस् ।
चाहे बिजनेसम्यानका लागि होस् वा विद्यार्थीका लागि ल्यापटपमा पर्याप्ट मेमोरी हुनु महत्वपूर्ण  हुन्छ । यद्यपि आजभोलि ल्यापटपमा मेमोरी पछि बढाउन सकिने एक्स्पान्डेबल मेमोरीको सुविधा पनि प्राप्त हुन्छ । त्यसैले ल्यापटप खरीद गर्दा एक्स्पाण्डेबल मेमोरी स्पेस बढि भएको ल्यापटपमा जोड दिनुहोस् ता की तपाइँले ल्यापटप चलाउँदा तेज गतिमा काम गर्न सक्नुका साथै बढि सामाग्री समेत अटाउन सक्नुहुन्छ । यदि तपाइँ गेमिङका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने राम्रो स्क्रिन  रिजोलुसन तथा ठूलो स्क्रिनका साथै राम्रो ग्राफिक सपोर्ट भएको ल्यापटप खरीद गर्नुहोस् ।
गेमिङ ल्यापटप खरीद गर्दा पकेट केही बढि नै गरम पार्नुपर्छ । किनकी बिजनेस तथा स्टुडेन्ट ल्यापटप भन्दा गेमिङ ल्यापटपमा बढि फिचर्स तथा कन्पिmगेरेसन हुने भएकाले महंगो पर्छ । त्यसैले ल्यापटप खरीद गर्दा उल्लेखित कुरामा विचार पूराउनुभयो भने तपाइँले आफ्नो आवश्यकता र औकात अनुसारको असल ल्यापटप भित्राउन सक्नुहुन्छ । हुन्छ । यद्यपि आजभोलि ल्यापटपमा मेमोरी पछि बढाउन सकिने एक्स्पान्डेबल मेमोरीको सुविधा पनि प्राप्त हुन्छ । त्यसैले ल्यापटप खरीद गर्दा एक्स्पाण्डेबल मेमोरी स्पेस बढि भएको ल्यापटपमा जोड दिनुहोस् ता की तपाइँले ल्यापटप चलाउँदा तेज गतिमा काम गर्न सक्नुका साथै बढि सामाग्री समेत अटाउन सक्नुहुन्छ । यदि तपाइँ गेमिङका लागि ल्यापटप किन्दै हुनुहुन्छ भने राम्रो स्क्रिन रिजोलुसन तथा ठूलो स्क्रिनका साथै राम्रो ग्राफिक सपोर्ट भएको ल्यापटप खरीद गर्नुहोस् ।
गेमिङ ल्यापटप खरीद गर्दा पकेट केही बढि नै गरम पार्नुपर्छ । किनकी बिजनेस तथा स्टुडेन्ट ल्यापटप भन्दा गेमिङ ल्यापटपमा बढि फिचर्स तथा कन्पिmगेरेसन हुने भएकाले महंगो पर्छ । त्यसैले ल्यापटप खरीद गर्दा उल्लेखित कुरामा विचार पूराउनुभयो भने तपाइँले आफ्नो आवश्यकता र औकात अनुसारको असल ल्यापटप भित्राउन सक्नुहुन्छ ।

Related

news 14140544468956213

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item