छुसकमा "नेवाः भोज २०१२ "सफलताका साथ सम्पन्न तथा गायक दिपक बज्राचार्य लाइभ कन्सर्टको निमन्त्रणा
https://nnkorea.blogspot.com/2012/10/blog-post.html
निर्मल महर्जन
नेवाः पुचः दक्षिण कोरियाद्वारा मिति २०१२ सेप्टेम्बर ३० तारिखमा कोरियाको ठुलो चांड छुसकको अबसरमा गरिएको नेवाः भोज २०१२ भव्यताका साथ सम्पन्न भयो I करिब ७० जनाको उपस्थितिमा सम्पन्न भएको सो भोज कार्यक्रम नेवारी ड्रेस पहिरेका तिन महिला सदस्यद्वारा उद्घाटन गरेर सुरु भएको थियो र सोहि कार्यक्रममा गुरुज्यु नबिन बज्राचार्य तथा यस संस्थाका संस्थापक अध्यक्ष मणि राज जोशीज्युले संयुक्त रुपमा नेवाः पुचः को आपतकालीन राहत कोष तथा नेपाल सम्बत ११३३ उपलक्ष्यमा ख्याति प्राप्त गायक दीपक बज्राचार्य लाईभ इन कन्सर्टको टिकट एक एक प्रति आदान प्रदान गरेर शुभारम्भ गरेका थिए I
मिठा मिठा नेवाः परिकारहरुको साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले भरिएको सो मनोरन्जनात्मक कार्यक्रममा नेवाः ड्रेस लगाएका सदस्यहरुले प्रबासी भुमिमा नेवारी संस्कृतिको संरक्षण गर्नको निमित्त प्रयत्नशिल रहेको पाईयो I साथै सो संस्थाले ख्यातिप्राप्त गायक दिपक बज्राचार्यज्युले आफ्ना मिठा मिठा गीतहरु लिएर छिट्टै कोरिया आउनु हुने भएको र सो कार्यक्रमका सिटहरु सिमित भएकाले सम्पूर्ण कोरियावासी नेपालीहरुलाई चांडो भन्दा चांडो सम्बन्धित व्यक्तिलाई सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न अनुरोध पनि गरेको छ I
थप फोटोहरु




Post a CommentDefault CommentsFacebook Comments