कम्पनी मालिकको अनावश्यक दवाबका कारण शेरचनको मृत्यु भएको खुलासा (भिडियो )
https://nnkorea.blogspot.com/2012/11/blog-post.html
अशोक मैनाली,
आन्सान,कोरिया-
भिडियो
आन्सान,कोरिया-
सोमबार आफू सुतकै कोठामा मृत अवस्थामा फेला परेका ईन्द्र बहादूर शेरचनको मृत्युको कारण कम्पनी मालिकको अनावश्यक दवाब रहेको खुलासा भएको छ। २१ महिना अघी उनी संगै कोरिया आई संगै काम गर्दै आएका पर्वतका तारा बहादूर क्षेत्रीले नेपालकोरियाटाइम्स संग कुराकानीको क्रममा यस्तो खुलासा गरेका हुन्। उनका अनुसार कम्पनी मालिकले तलवमा गढबढ गर्ने ,अनावश्यक रुपमा गाली गलौज गर्ने गरेको र उनले कम्पनी सर्न अनेक पटक प्रयास गरेको तर कम्पनी मालिकको असहयोगका कारण त्यो सम्भव नभएकोले गर्दा पछिल्ला दिनमा उनी तनावमा रहेका थिए। उनले कुराकानीको क्रममा भने ‘त्यही मानिसक तनावका कारण हृदयघात भएको मेरो अनुमान छ ।’
भिडियो

Post a CommentDefault CommentsFacebook Comments