दूतावासलाई सुनाउनै गाह्रो कोरियामा नेपाली श्रमिकका गुनासा l
https://nnkorea.blogspot.com/2012/11/l_30.html
मीनप्रकाश उप्रेती
सउल-
कोरिया आएको छ महिना भयो, साहुले समयमा तलब पनि दिँदैन, सँगै काम गर्ने कोरियनले दुई पटक पिटिसक्यो, निहुँ केही चाहिँदैन, एक्कासि छिटो कामगर भन्दै मुक्का हान्छ,गरेको काम पनि झनै बिग्रने डर । एक मनले त घर फर्कौकी भनेर सोँच्छु तर छोरो कोरिया गएको छ अब त केही गर्छ होला भन्ने परिवारको सपना सम्झेर थचक्क हुन्छु ।”ललितपुर भट्टेडाँडा २ का राम दुलाल आफ्नो दुखेसो यसरि सुनाउँछन । दुलाल आफू कोरियामा साह्रै पीडित भएको र आफ्ना कुरा सुन्ने निकाय नहुँदा मानसिक तनावमा रहनु पेरको बताउँछन ।नेपाली दूतावास कोरियामा सम्पर्क गर्दा कोरियन मात्र बोल्ने मानिस भएकोले त्यस निकायबाट सहयोगको आशा मरेको दुलालको भनाई छ । हप्तामा एकदिन आइतबार बिदा मिल्छ त्यो दिन दूतावास बन्द हुन्छ अनि कसरि आफ्ना समस्या सुनाउने ? दुलाल गुनासो गर्छन् ।

झापा जलथलका राम सुब्बाको पिडा उस्तै छ । फलाम कम्पनीमा १० महिनाअघि रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया आएका सुब्बा न्यूनतम तलबबाट पनि बन्चित छन् । किन हामीलाई बेसिक तलब पनि नदिएको भन्दा तँलाई नेपाल फर्कन मन छ भन्दै हप्काउने गरेको सुब्बा बताउँछन । दूतावासमा उपनियोग प्रमुख राजाराम वर्तौलालाई सम्पर्क गर्दा कुनै सुनवाई नभएको उनको तितो अनुभव छ । “मैले वर्तौला सरलाई तीन पटक सम्पर्क गरेँ, अन्तिम पटकमा उनले भने- हामी अरुनै काममा व्यस्त छौ तपाईँ आफ्ना कुरा यही आएर टिपाउनु होस ।’ सुब्बाले सुनाए-आइतबार मात्र हाम्रो बिदा हुन्छ अनि त्यो दिन दूतावास बन्द हुन्छ नि भन्दा त्यो तपाईँको समस्या हो भन्ने जवाफ दिए ।’
दुलाल र सुब्बा मात्र होइन कोरियामा कम्पनी साहुबाट पीडित नेपालीहरूले आफ्ना समस्या कोरियास्थित नेपाली दूतावासमा खुलेर राख्न सक्ने अवस्था छैन । पूर्व राजदूत कमलप्रसादकोइरालाका पालामा राखिएका भाषा अनुवादक दावा शेर्पाले उपनियोग प्रमुख राजाराम वर्तौलाको चर्को दबाब र तानाशाहि प्रबृत्तिले काम गर्न नसकेको सार्वजनिक अभिव्यक्तिसहित राजीनामा दिएपछि अहिले उक्त स्थान खालि रहेको छ । जसको पद पुर्तिका लागि खुतावासले कुनै पहल गरेको छैन भने यसको प्रत्क्षय मार भने नेपाली श्रमिकलाई पर्न गएको छ । कोरियाका नेपाली श्रमिकहरुले खुलेर समस्या राख्ने र दुख पोख्ने ठाउँ नहुँदा मानसिक तनावमा बस्नु परेको पिडितहरुले बताएका छन् ।
यसैगरी कोरियामा रहेका नेपालीहरूले आइतबार दूतावास खुला राखिदिन अनुरोध गरेका छन् । कोरियाको श्रमनीति कडा भएकाले अन्य दिन कम्पनी छोडेर कतै जान नपनईने हुँदा आफ्ना समस्या राख्न कठिन भएको पिडितहरुले बताउँदै आए पनि दूतावास भने हालसम्म मौन छ । कोरियामा रहेका अन्य देशका दुतावासहरुले आफ्ना श्रमिकका समस्या सुन्नका लागि आइतबार पनि कार्यलय खुल्ला राख्दै आएका छन् भने नेपाली दूतावास बन्द रहन्छ ।
Post a CommentDefault CommentsFacebook Comments