कोरियामा एक नेपाली मृत अवस्थामा फेला

अशोक मैनाली
आन्सान ,कोरिया-

इपिएस मार्फत २१ महिना अघि दक्षिण कोरिया आएका कास्कीका ईन्द्र बहादूर शेरचन मृत अवस्थामा फेला परेका छन्। दक्षिण कोरियाको आन्सान शहर स्थित सिह्वा औधोगिक क्षेत्रमा रहेको इरे जङ्मिल नामक कम्पनीमा कार्यरत कास्की हाडे बजारका ३४ बर्षिया शेरचन आफू सुतैकै कोठामा मृत अवस्थामा फेला परेका हुन्। उनी संगै काम गर्दै आएका कास्की पोखराका तारा बहादूर छेत्रीका अनुसार उनी मध्यान्ह १२ बजे कोठामा जांदा सकुशल रहेको तर बेलुका ६ बजे नजिकैको कोठामा बस्ने एक भियतनामी नागरिकले मृत अवस्थामा देखे पछी अन्य साथीहरूलाई खवर गरेको र कम्पनी मालिकको सहयोगमा प्रहरीलाई खबर गरिएको थियो।
प्रहरी रिपोर्ट अनुसार उनको मृत्युको कारण हृदय घात भएको बुझिएको छ। अहिले उनको सव सिह्वा स्थित सेन्टर हस्पितलमा रहेको छ। उनका १० बर्षे र ५ बर्षे छोरा रहेको पनी क्षेत्रीले बतएका छन्।

Related

korea 3681347001916017008

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item