वोमेन फर वोमेनको सामुहिक भाइटिका कार्यक्रम सम्पन्न

रमेश खावाजु-
दक्षिण कोरियाको नेपाली महिलाहरुको साझा संस्था वोमेन फर वोमेनले २५ नोभेम्बर आइतबारका  दिन सउलको एमटियु हलमा दिपावली रमझम तथा सामुहिक भाइटिका कार्यक्रम सफलताका साथ सम्पन्न गरे l 
कोरियामा नेपाली कला , संस्कृतिको  संरक्षण गर्ने  उदेश्यले गरिएको भाइटिका कार्यक्रम वोमेन फर वोमेनका अध्यक्ष जुनु गुरुङको सभापतित्वमा सम्पन्न भएको होl सो कार्यक्रममा  प्रमुख अतिथि राजदुत कमानसिंह लामाले सबै धर्मलाई आफुले उत्तिकै श्रद्धा र सम्मान गर्ने बताउनुहुँदै नेपालको दोस्रो ठूलो चाड भाइटिका कोरियामा मनाउन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।सो कार्यक्रममा विभिन्न संस्थाहरुका अतिथिहरुमा एनआरएन कोरियाका अध्यक्ष केपि सिटौला, आदिवासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन,नेपाल पत्रकार महासंघ कोरियाका सचिव अशोक मैनाली, एनसिसिका उपाध्यक्ष नरेन्द्र ढकाल,वोमेन फर वोमेनका संस्थाकी सल्लाहकार गंगा श्रेष्ठ तथा  लमजुङ परिवारका अध्यक्ष जंग बहादुर गुरुङ सहभागी भएका थिए l उक्त कार्यक्रमको स्वागत मन्तब्य संस्थाकी उपाध्यक्ष मल्लिका थकालीले राखेकी  थिइन्  भने कार्यक्रम सन्चालन संस्थाकी सहसचिब हिमानी गुरुङले गरेकी थिइन l


विभिन्न चार चरणमा विभाजित सो कार्यक्रमको पहिलो औपचारिक कार्यक्रमको समाप्तिपश्चात दोश्रो कार्यक्रममा सामुहिक भाइटिकाका कार्यक्रम गरेका थिए l प्रबासी भुमि कोरियाको यो पहिलो सामुहिक भाइटिका कार्यक्रममा दिदीबहिनीहरुले निकै उत्साहित भएर दाजुभाईहरुलाइ शिरमा नेपाली ढाकाको टोपी अनि निधारमा टिका लगाइदिएका थिए l दाजुभाईहरुलाइ फुल तथा फलफुलहरु सहितको प्रसाद दिनुका  साथ् साथै दहि पनि खुवाएका थिए l   अनि दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाइ दक्षिणा पनि दिएका थिए l 
 कार्यक्रमको तेस्रो चरणमा भोजनको कार्यक्रमको समप्तिपस्चात चौथौं चरणमा सास्कृतिक कार्यक्रम गरेका थिए lउक्त कार्यक्रममा गायक प्रकाश तिमिल्सीनाले आफ्नो बेजोड साँगितिक प्रस्तुति दिएर भरपुर मनोरन्जन दिलाएका थिए भने वोमेन फर वोमेनका दिदिबहिनीहरुले पनि विभिन्न प्रतिभाहरु प्रस्तुति गरेका थिए l   सो कार्यक्रममा लमजुङ परिवारले वोमेन फर वोमेनका  अध्यक्ष जुनु गुरुङलाइ पछ्यौरा तथा खाता ओढाई सम्मान गरेका थिए l ढिलै भए पनि उपयुक्त समय मिलाएर गरिएको उक्त कार्यक्रम सांस्कृतिक तथा  मनोरंजनात्मक रुपमा निकै सफल रहेको जानकारी सो संस्थाकी अध्यक्ष जुनु गुरुङले बताउनुभयो l

Related

korea 6150264766240854118

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item