"दिपक बज्राचार्य लाइभ कन्सर्ट इन सउल " को तयारी पुरा
https://nnkorea.blogspot.com/2012/11/blog-post_4.html
रमेश खावाजु
नेपाल सरकारद्वारा राष्ट्रिय सम्बतको रुपमा घोषित नेपाल सम्बतलाइ ११ नोभेम्बर २०१२ मा दक्षिण कोरियामा नेवा पुचःले भब्य रुपमा मनाउने तयारी गरेका छन् l यस कार्यक्रमका आयोजक नेवा पुचः ,सह-आयोजक नेपाली राजदुताबास ,सउल तथा नेपाल आदिबासी जनजाती महासंघ दक्षिण कोरिया हुन् l सो कार्यक्रमको समप्तिपश्चात सांस्कृतिक कार्यक्रमको रुपमा नेपाल सम्बत ११३३ को उपलक्ष्यमा नेपालका ख्यातिप्राप्त गायक दिपक बज्राचार्यको "Dipak Bajracharya Live Corncert In Seoul " तथा विभिन्न नेपाली प्रतिभाशाली स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिको कार्यक्रम हुनेछ l साथ साथै यस कार्यक्रममा दक्षिण कोरियामा पहिलो पटक नेपालको प्राचिन तथा ऐतिहासिक लाखे नाच तथा कुमारी खतको जात्रा पनि प्रदर्शन हुनेछ l
कोरियाको राजधानी सउलस्थीत वोल्गोकको जिन्गाक हलमा आयोजना हुने सो कार्यक्रममा गायक दिपक बज्राचार्यले नंया तथा पुरानो गरि १ दर्जन गीत गाउनु हुनेछ l उहाँ यहीँ ९ नोभेम्बर २०१२ मा कोरिया आउनुहुनेछ l उक्त कार्यक्रममा स्थानीय नेपाली कलाकार भरत गुरुङ ,स्विटी तामाङ,बिसौनी समूह ,डान्स ग्रुप (सतिश गुरुङ) ,अशोक राइ ,सन्ध्या बज्राचार्य ,अरुण श्रेष्ठ ,चन्द्रमान बाराही ,निर्मल महर्जन , रघुनाथ महर्जन ,रमेश श्रेष्ठ ,अनिमा सिं,सुनिल डंगोल ,र रिता राइले आ-आफ्नो प्रतिभा प्रस्तुत गर्नेछ l
" विदेशमा पनि हाम्रो कला र संस्कृति बचाउँ l " भन्ने नारा सहित सन् २००२ मा नेवा पुचः दक्षिण कोरियाको स्थापना भएको थियो l नेवा पुचः दक्षिण कोरियाले निकै सक्रियता साथ् सुरुवात देखि हाल सम्म निरन्तर रुपमा कोरियामा नेपाल चिनाउने कार्यक्रम ,"बुद्ध नेपाल मा जन्मेका हुन् " प्रचार प्रसार कार्यक्रम , नेवारी तथा नेपाली कला संस्कृति जगेर्ना गर्ने कार्यक्रमहरु गर्दै आइरहेकाछन् l
यसपालि पनि नेपालको राष्ट्रिय सम्बत घोषित नेपाल सम्बत ११३३ को उपलक्ष्यमा हुन् लागेको " दिपक बज्राचार्य लाइभ कन्सर्ट इन सउल "कार्यक्रमको तयारी पुरा भएको जानकारी नेवा पुचःका अध्यक्ष नबिन बज्राचार्यले बताउनु भयो l यस कार्यक्रम सांस्कृतिक र मनोरन्जनात्मक रुप सफल हुनेछ र यसको मुनाफाबाट हामीले राहत कोष बनाउनेछौं उहाँले फेरी भन्नु भयो र कार्यक्रममा सहभागी हुन् कोरियामा रहेका सम्पूर्ण कोरियाबासी नेपाली साथीहरुमा अनुरोध पनि गर्नु भएको छ l


Post a CommentDefault CommentsFacebook Comments