प्रख्यात गायक दिपक बज्राचार्यलाई कोरियामा स्वागत गरिदै l


नबिन बज्राचार्य ,दक्षिण कोरिया - आइतबार नेपाल संवतको उपलक्ष्यमा हुन गईरहेको नेवाः पुचः दक्षिण कोरियाको दिपक बज्राचार्य लाईभ इन कन्सर्टलाई सफलता प्रदान गर्न प्रख्यात गायक दिपक बज्राचार्य नोभेम्बर ०९ तारिक २०१२ मा कोरियन एयरबाट कोरियामा आईपुग्नु भयो।

उहाँलाई स्वागत गर्नका लागि नेवाः पुचः का अध्यक्ष गुरुज्यु श्री नबिन बज्राचार्य, उपाध्यक्ष श्री रमेश श्रेष्ठ, सचिव श्री निर्मल महर्जन, सल्लाहकार श्री सानु प्रजापति, नेपाल बौद्ध परिवारका अध्यक्ष श्री इश्वर गुरुङ तथा सदस्य श्री अमिन शाक्यज्युहरु एयरपोर्ट पुग्नु भएको थियो। ओ अमिरा, प्रिय तिमी आऊ, काली काली हिस्सी परेकि, जानी जानी, जुजुनाना लगायत दर्जनौं सुमधुर तथा पपुलर गीतका गायक श्री दिपक बज्राचार्य ज्युले नेपाल संवतका आयोजकलाई धन्यबाद दिनुहुँदै आफुले यसपालीको कन्सर्टका दर्शकहरुको लागि बिशेष रुपमा अलि पृथक, रोमान्चक र मनोरन्जनात्मक ढंगले आफ्ना नयाँ तथा पुराना गीतहरु पस्कने र भरपुर मनोरंजन दिने हुँदा सम्पूर्ण कोरिया वासी नेपालीहरुलाई त्यस दिन उपस्थितिको लागि हार्दिक आग्रह गर्नु भयो।

दिपक बज्राचार्यका गीतहरुसंगै स्थानीय कलाकारहरु तथा नेवाः संस्कृतिले भरिपुर्ण तथा नेपालको एतिहासिक महत्त्व बोकेका नेपाल याद दिलाउने जात्राको प्रदर्शन अनि तिहार दिपावलीको अबसरमा देउसी इत्यादिको कार्यक्रम पनि रहने कुरा नेवाः पुचः दक्षिण कोरियाले जानकारी दिएको छ भने सो कार्यक्रममा सम्पूर्ण संघ संस्थाहरु, समाजसेवीहरु, पत्रकारहरु, बिद्यार्थीहरु लगायत सम्पूर्ण कोरिया वासी नेपालीहरुलाई उपस्थित भएर नेपाल संवत कार्यक्रम तथा दिपक बज्राचार्य लाईभ कन्सर्ट इन सउल कार्यक्रमलाई अत्यधिक रुपमा सफल बनाईदिनु हुन सो संस्थाले हार्दिक अनुरोध गरेको छ।

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item