वोमेन फर वोमेनको देउसी भैलो कार्यक्रम सम्पन्न l


रमेश खावाजु -
दक्षिण कोरियाको नेपाली महिलाहरुको साझा संस्था वोमेन फर वोमेनले १७ नोभेम्बर ,सनिबारका दिन  तिहारको अवसरमा नेपाली महिलाहरुको  देउसीभैलो कार्यक्रम सफलताका साथ सम्पन्न गरे l
सो कार्यक्रम  कोरियामा रहेका आपत बिपत परेका  नेपाली महिलाहरुलाइ उद्धार तथा सहयोग उदेश्यले गरिएको हो l देउसीभैलो कार्यक्रमका महिला  टोलिहरु   बेलुकी ८  देखि राति ३ बजे सम्म दोङ्देमुनका धेरै जसो  नेपाली पसल तथा   रेष्टुरेण्टहरुमा पुगेका थिए l उक्त कार्यक्रममा १७ जना वोमेन फर वोमेनका महिला दीदि- बहिनिहरुको टोलीले  देउसीभैलो गीतसंगै लोकभाकाका गीतहरु पनि गाएका  थिए l प्रबासी भुमि कोरियामा पनि आफ्नो देशको महान चाड तिहारको देउसीभैलो  खेल्न पाउँदा सहभागी दिदिबहिनीहरु निकै रमाएका थिए l यस कार्यक्रमबाट संकलित रकम समस्यामा परेका महिलाहरूको गास र बासको लागी प्रयोग गरिने जानकारी वोमेन फर वोमेनका अध्यक्ष जुनु गुरुङले दिनुभयो l कोरियामा रहेका नेपाली दिदीबहिनिको समस्याहरुको समाधान गर्न तथा कोरियामा पनि नेपालको कला ,संस्कृतिको संरक्षण गर्न आफु निरन्तर लागिरहने कुरा  अध्यक्ष गुरुङले पुन बताइन l 

Related

korea 4188679106302058962

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item