हलिउडमा जम्दै नेपाली श्वेता लामिछाने l
https://nnkorea.blogspot.com/2012/11/l_6135.html
ललितपुरको पाटन अस्पतालमा २०४१ साल बैशाखमा जन्मिएकी श्वेता लामिछाने अहिले अमेरिकी सिनेमाको केन्द्र हलिउडमा छाइरहेको छ ।सोह्र वर्षको उमेरमा पहिलोचोटि अमेरिकाको फिल्म राजधानी हलिउड घुम्न गएकी श्वेता लामिछानेले अहिले त्यहाँ व्यावसायिक रुपमा अभिनय गर्न थालेकी छिन् l अहिले उनलाई अमेरिकामा बस्ने नेपालीले मात्र होइन, नेपालभित्र पनि धेरैले चिन्छन्।
सन् २००७ मा एमटिभीले निर्माण गरेको 'फ्रिड्म राइटर्स' बाट सुरु भएको श्वेताको फिल्मी यात्रा न्युयोर्क फिल्म एकेडेमीको निर्देशनमा बनेको छोटो चलचित्र 'सुट 'इम अप' हुँदै फैलिने क्रममा छ। उनले हालसम्म छोटोदेखि लामो, ठूलोदेखि डकुमेन्ट्री गरी आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन्। 'फ्रिड्म राइटर्स' मा उनी विद्यार्थीको सानो रोलमा थिइन्। उनले २०११ मा रिलिज भएको 'लिबर्टी रोड'मा १६ वर्षीय मुस्लिम केटी नादियाको सशक्त अभिनय गरेकी थिइन्। यो चलचित्रले अमेरिकाको थुप्रै फिल्म फेस्टिबलमा पुरस्कार जितिसकेको छ। यो चलचित्रपछि उनको अभिनयको पनि तारिफ हुन थालेको छ। लक्ष्य बनाउने अनि त्यसलाई पाउन सक्दो मेहेनत गर्नुपर्छ भन्ने उनी त्यहाँ सफल अभिनेतृका रुपमा स्थापित हुन कम्मर कसेर लागेकी छिन् ।
यी २९ वर्षे युवती सम्भवतः हलिउड फिल्म उद्योगमा प्रवेश गर्न सफल पहिलो नेपाली महिला हुन् ।
उनी पिएचडी गरिरहेका आफ्ना पितासँग २ वर्षकै उमेरमा पहिले अस्ट्रेलिया गएकी थिइन् भने ७ वर्षको उमेरमा उनको परिवार अमेरिकामा बसाइँ सरेको थियो। त्यसयता उनी ५ पल्ट नेपाल आइसकेकी छिन्। केही दिनअघि तिहारको मौका छोपेर नेपाल आएकी श्वेतालाई भाटभटेनीस्थित उनको मामाघर नजिकै उनी भन्दै थिइन्- 'सानैदेखि अमेरिकामा भए पनि किन हो, मलाई नेपालले आकर्षित गर्छ।'
अमेरिकी चलचित्रमा प्रवेशसँगै अहिले उनको परिवारसँग पनि सम्बन्ध प्रगाढ भएको छ। उनी आफ्नो बाबु र आमालाई अमूल्य मान्छिन्। भन्छिन्- 'पहिले उहाँहरूलाई मैले यो फिल्डमा केही गर्छु भन्ने लागेको थिएन। तर, जब मैले फ्रिड्म राइटर्समा अभिनय गरेँ, बुवाले बुझिहाल्नुभयो, मेरो झुकाव कलाकारितामा छ, अहिले पाइलापिच्छे मलाई हौस्याउनुहुन्छ।'
अमेरिकी समाजसँग हिमचिम गर्न त्यताकै रहनसहन अपनाए पनि घरभित्र भने आफ्नो परिवार पूरै नेपाली भएको उनी बताउँछिन्। 'हाम्रो घरमा बिहान पूजापाठ हुन्छ। अझ म मेडिटेसन पनि गर्छु। प्रायः नेपालीमा कुरा गर्ने चलन छ,' उनी भन्छिन्। उनले अमेरिकाको ठूला टेलिभिजन च्यानल एबिसी र एनबिसीमा आउने टेलिभिजन कार्यक्रम इरा, ग्ली, ग्रिक र प्रिटेन्ड वाइफमा समेत काम गरिसकेकी छिन्। भन्छिन्- 'न्युयोर्कमा जम्न निकै गाह्रो छ। डिसीमा केही सहज छ। त्यसैले अहिले म आफ्नो अभिनयमा निखार ल्याउन डकुमेन्ट्री र साना मुभी पनि गरिरहेको छु।'
सन् २००७ मा एमटिभीले निर्माण गरेको 'फ्रिड्म राइटर्स' बाट सुरु भएको श्वेताको फिल्मी यात्रा न्युयोर्क फिल्म एकेडेमीको निर्देशनमा बनेको छोटो चलचित्र 'सुट 'इम अप' हुँदै फैलिने क्रममा छ। उनले हालसम्म छोटोदेखि लामो, ठूलोदेखि डकुमेन्ट्री गरी आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेकी छिन्। 'फ्रिड्म राइटर्स' मा उनी विद्यार्थीको सानो रोलमा थिइन्। उनले २०११ मा रिलिज भएको 'लिबर्टी रोड'मा १६ वर्षीय मुस्लिम केटी नादियाको सशक्त अभिनय गरेकी थिइन्। यो चलचित्रले अमेरिकाको थुप्रै फिल्म फेस्टिबलमा पुरस्कार जितिसकेको छ। यो चलचित्रपछि उनको अभिनयको पनि तारिफ हुन थालेको छ। लक्ष्य बनाउने अनि त्यसलाई पाउन सक्दो मेहेनत गर्नुपर्छ भन्ने उनी त्यहाँ सफल अभिनेतृका रुपमा स्थापित हुन कम्मर कसेर लागेकी छिन् ।
यी २९ वर्षे युवती सम्भवतः हलिउड फिल्म उद्योगमा प्रवेश गर्न सफल पहिलो नेपाली महिला हुन् ।
नौ वर्षअघि श्वेता लामिछाने र उनका पिएचडी पिता चिन्तामणिबीच लामै बहसले जन्म लियो। श्वेता बच्चैदेखिको सोख पूरा गर्न 'एक्टर' बन्न चाहन्थिन्। तर, उनका पिता छोरी पनि आफूजस्तै डाक्टर वा इन्जिनियर बनोस् भन्ने चाहन्थे। परिवारसँग यही असमञ्जको स्थितिमा एक दिन उनले ठूलै निर्णय लिइन्, अमेरिकाको वासिङ्टन डिसीस्थित पिताको घर छाड्ने। त्यतिबेला श्वेताको उमेर थियो, २० वर्ष। यही उमेरमा उनले आफ्नो सोख पूरा गर्न परिवारका सबै सदस्यसँग नाता तोडेर अमेरिकी आर्मीको मरिन क्रप्स 'ज्वइन' गरिन्। श्वेताको बाल्यकालदेखिकै सपना थियो हलिउड । त्यसलाई साकार पार्न उनले अमेरिकी सेनाको मरिन कोर (नौसेना) को आफ्नो करिअर पनि छोडिदिइन् । अब उनको अर्को सपना छ-चलचित्र जगतमा संसारकै सर्वोत्कृष्ट मानिएको ओस्कार पुरस्कार जित्ने । 'अभिनयका लागि मैले धेरै संघर्ष गर्नु परेन । म खालि आफ्नो सपना पछ्याउँदै छु । यसो गर्दा मलाई आनन्द मिल्छ,' उनी भन्छिन् । हलिउड प्रवेशबाहेक उनको पोल्टामा अर्को रेकर्ड पनि छ, अमेरिकी नौसेनामा प्रवेश गर्ने प्रथम नेपाली महिला हुन् उनी ।
अमेरिकामा 'मेरो अनुहार देखेर मान्छेहरु झुक्किन्छन् । नाम सुनेपछि तिमी के हौ भनेर सोध्छन्,' , 'म नेपाली हुँ भन्छु' । सबैजना छक्क पर्छन् ।' इआरको सुटिङका बेला एक दिन ग्रीक मूलका अमेरिकी नायक स्टेमसले श्वेता नेपाली हुन् भन्ने थाहा पाएपछि 'तिमी नै मैले भेटेको पहिलो नेपाली हौ' भनेका रहेछन् । यस्ता थुप्रै 'पहिलो अनुभव' छन् उनीसित ।
नेपाली मन अनि समाजसेवा उनी पिएचडी गरिरहेका आफ्ना पितासँग २ वर्षकै उमेरमा पहिले अस्ट्रेलिया गएकी थिइन् भने ७ वर्षको उमेरमा उनको परिवार अमेरिकामा बसाइँ सरेको थियो। त्यसयता उनी ५ पल्ट नेपाल आइसकेकी छिन्। केही दिनअघि तिहारको मौका छोपेर नेपाल आएकी श्वेतालाई भाटभटेनीस्थित उनको मामाघर नजिकै उनी भन्दै थिइन्- 'सानैदेखि अमेरिकामा भए पनि किन हो, मलाई नेपालले आकर्षित गर्छ।'
अमेरिकी चलचित्रमा प्रवेशसँगै अहिले उनको परिवारसँग पनि सम्बन्ध प्रगाढ भएको छ। उनी आफ्नो बाबु र आमालाई अमूल्य मान्छिन्। भन्छिन्- 'पहिले उहाँहरूलाई मैले यो फिल्डमा केही गर्छु भन्ने लागेको थिएन। तर, जब मैले फ्रिड्म राइटर्समा अभिनय गरेँ, बुवाले बुझिहाल्नुभयो, मेरो झुकाव कलाकारितामा छ, अहिले पाइलापिच्छे मलाई हौस्याउनुहुन्छ।'
अमेरिकी समाजसँग हिमचिम गर्न त्यताकै रहनसहन अपनाए पनि घरभित्र भने आफ्नो परिवार पूरै नेपाली भएको उनी बताउँछिन्। 'हाम्रो घरमा बिहान पूजापाठ हुन्छ। अझ म मेडिटेसन पनि गर्छु। प्रायः नेपालीमा कुरा गर्ने चलन छ,' उनी भन्छिन्। उनले अमेरिकाको ठूला टेलिभिजन च्यानल एबिसी र एनबिसीमा आउने टेलिभिजन कार्यक्रम इरा, ग्ली, ग्रिक र प्रिटेन्ड वाइफमा समेत काम गरिसकेकी छिन्। भन्छिन्- 'न्युयोर्कमा जम्न निकै गाह्रो छ। डिसीमा केही सहज छ। त्यसैले अहिले म आफ्नो अभिनयमा निखार ल्याउन डकुमेन्ट्री र साना मुभी पनि गरिरहेको छु।'
श्वेता केही वर्षदेखि समाजसेवामा पनि सक्रिय छिन्। नेपालको विकट मानिने जुम्लालाई विश्वमा चिनाउने अभियानअर्न्तगत उनले अमेरिकामा 'केयर फर कर्णाली' अभियान चलाएकी छिन्। यसको उद्देश्य एउटै मात्र छ, कर्णालीका केटाकेटीलाई शिक्षाका माध्ययमले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय रूपमै जोड्ने। यसपालि उनी यही अभियानलाई अघि बढाउन नेपाल आएकी थिइन्। आउँदो साता अमेरिका फर्किने तयारीमा रहेकी श्वेताले भनिन्- '२ वर्षअघि समाजसेवाको काम सुरु गर्दा सोचेको थिएँ, केही गर्न नसके पनि एक जना बालकलाई पढाउन सक्छु होला। तर, यतिबेला अमेरिकामा विस्तारै हाम्रो अभियानमा सबै जोडिँदै छन्। अहिले जुम्लाको एउटा स्कुलबाट अभियान सुरु गरेका छौं। पछि पूरै कर्णालीमा विस्तार गर्ने योजना छ।'
उनले अमेरिकाबाट सुरु गरेको समाजसेवाको अभियान डिसीमा खुब रुचाइएको बताइन्। समाजसेवाकै कारण उनलाई २०११ मा वासिङ्टन डिसीमा 'ह्युमन भ्याल्यु अवार्ड' प्रदान गरिएको थियो। उनी डिसीमा नेपालीको बसोबास बाक्लो भएको बताउँछिन्। तर, नेपालको सामाजिक क्षेत्रमा सहयोग गर्नेको जमात निकै कम रहेको गुनासो छ उनको। 'मलाई अचम्म लाग्छ, डिसीमा बस्ने धेरै नेपालीले मेरो कामको तारिफ त गर्छन। तर, फन्डको लागि भन्यो भने पन्छिन खोज्छन्। केही नेपाली भने आफै प्रेरित भएर आउ"छन्,' उनी भन्छिन्। कलाकार भएका कारण फन्ड संकलन गर्न सहज भएको उनको ठम्याइ छ। २९ वर्षको उमेरमा पनि अविवाहित श्वेताको इच्छा छ, अमेरिकामै बसे पनि नेपालका लागि काम गर्ने। उनी अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई सहयोग गर्ने हलिउड कलाकार ओरलान्डो बुम र लियोनार्दो डि क्याप्रियोको निकै प्रशंसा गर्छिन्। एक वर्षपछि यही अभियानका लागि पुनः नेपाल फर्किने योजनामा रहेकी श्वेताले छुट्टिने बेला उल्टै प्रश्न गरिन्- 'सबै नेपाली अमेरिका जान किन यत्ति मरिहत्ते गर्छन्? म सबैथोक त यहीं देख्छु!'

Post a CommentDefault CommentsFacebook Comments