कोरियाको बन्दी गृहमा नेपाली कुक l
https://nnkorea.blogspot.com/2012/11/l_2279.html
देवेन्द्र सम्बाहाम्फे
सउल ,दक्षिण कोरिया
भैरहवाका सन्दीप सुनार दुई महिनादेखि कोरियाको ख्यङगीदो ह्वासङ बन्दी गृहमा छन् । त्यस क्षेत्रमा रहेको आल्मुनियमसँग सम्बन्धित कम्पनीमा अवैधानिक रूपले काम गर्दागर्दै उनी अध्यागमन विभागका कर्मचारीबाट दुई महिनाअघि पक्राउ परेका हुन् ।
मंगलबार फोनमा दिएको जानकारी अनुसार उनलाई थेगु सहरमा रेस्टुरेन्ट सञ्चालन गरेर बसेका भैरहवाकै प्रकाश सुनारले ४ लाख १० हजार रुपैयाँ लिएर २०१० को फेब्रुअरी महिनामा कुक भिसामा यहाँ ल्याएका थिए । छाङवन, थेगु र बुसानका आफ्ना रेस्टुरेन्टहरूमा प्रकाशले काम लगाएको भए पनि ६ महिनाको तलब भत्ता नदिएपछि र भिसा नवीकरण नगरेपछि २०११ को फेब्रुअरीमा रेस्टुरेन्ट छोडेर अवैधानिक हुन बाध्य भएका थिए । अवैधानिक भएपछि कहिले साथीहरूसँग र कहिले मोटेलमा बस्दै आएका सुनार साथीको सम्पर्कबाट गत मार्च महिनाबाट उक्त कम्पनीमा पुगेका थिए । सँगै पक्राउ परेका कपिलवस्तुका रवीन्द्र चौधरी भने पक्राउ परेको एक हप्तामै नेपाल फर्किसकेका छन् । सन्दीप भने रेस्टुरेन्ट सञ्चालक प्रकाश सुनारबाट आफ्नो पाउदार करिब ५ लाख १० हजार रुपैयाँ लिएर मात्र घर जाने भन्दै बन्दीगृहमा दैनिकी बिताइरहेका हुन् । रेस्टुरेन्ट सञ्चालक प्रकाश भने पीडित सुनारलाई आफूले दिनुपर्ने रकम बाँकी नभएको भन्दै प्लेन टिकटसम्म लिइदिने कुरा गरेका छन् । साइनोमा प्रकाश र सन्दीपको मावली दाइ हुन् ।
विगत एक हप्तादेखि आफू बिरामी रहेको समेत बताएका २५ वर्षीय सुनारले कोरिया आउँदा लागेको खर्च अझै २ लाख रुपैयाँ तिर्न बाँकी रहेको बताए । उनले बाँकी रहेको आफ्नो पारिश्रमिक उठाइदिन सोलस्थित नेपाली राजदूतावास र नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसीसँग पटक(पटक अनुरोध गरेको पनि बताए । अध्यक्ष केसीले रेस्टुरेन्ट सञ्चालकहरूले कुकबाट त्यसरी अनुचित रकम लिनु कानुनविपरीत रहेको बताउँदै पीडित सुनारको रकम फिर्ता गराउन आफूले पहल गरिरहेको बताए । यसै विषयलाई लिएर नेपाली दूतावासका उपनियोग प्रमुख राजाराम बर्तौलाले पटक(पटक सम्पर्क फोन गरे पनि प्रकाश सम्पर्कमा नआएको बताए । यसअघि सहचारी तुलसी कोइराला प्रकाशलाई भेट्न थेगुसम्म पुगे पनि उनले भेट दिएका थिएनन् ।
रेस्टुरेन्ट सञ्चालक प्रकाशको नेपालमा श्रीमती र दुई छोरा छन् भने कोरियामा पनि ली हाना नामकी कोरियन केटीसँग विवाह गरेर एक छोरी रहेका छन् । ती सबै रेस्टुरेन्ट कोरियन श्रीमतीको नाममा रहेको छ । उनले सन्दीपलाई मात्र होइन अरू दुई नेपालीलाई पनि यसरी नै ठगी गरेको खुल्न आएको छ । जसअनुसार रामेछापका हरिबहादुर (टहल० थापा मगर र नुवाकोटका दिल तामाङलाई पनि यसरी ठगिएका हुन् । ती रेस्टुरेन्टहरूमा १५ महिना काम गरेपछि आमाको स्वास्थ्यका कारण नेपाल फर्केका थापा मगरले प्रकाशसँग ९६२ लाख वन० करिब ४ लाख ३५ आफ्नो पाउदार रहेको बताए । हाल रामेछापमा रहेका थापामगरले मंगलबार कान्तिपुरसंग फोनमा बोल्दै कुक भिसा मिलाई दिएबापत प्रकाशले आफूसँग ३ लाख ५० हजार रुपैयाँ लिएको पनि बताए । आफूले बाँकी पारिश्रमिक पाउनका लागि कानुनी कागजसमेत गुल्मीका सञ्जय अर्यालमार्फत कोरिया पठाए पनि प्रकाशबाट कुनै सुनुवाइ नभएको बताए । प्रकाशले नुवाकोटका दिल तामाङबाट समेत कुक भिसा बनाइदिएबापत ३ लाख लिएका थिए । प्रकाशले राहदानी र परिचयपत्र खोसी दिएपछि तामाङ अवैधानिक हुन बाध्य भएका थिए l
साभार : कान्तिपुर्
Post a CommentDefault CommentsFacebook Comments