कोरियावासी नेपालीहरुले नेपाल सम्बत मनाए l


निर्मल महर्जन - 

मिति २०१२, नोभेम्बर ११ तारिक आईतबार, नेपाल राजदूतावास, नेपाल आदिवासी महासंघ तथा नेवाः पुचः दक्षिण कोरियाको संयुक्त आयोजनामा नेपाल सम्बत शुभकामना कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । दुई चरणमा बाँधिएको सो कार्यक्रममा पहिलो चरणलाई नेपाल सम्बत शुभकामना कार्यक्रम नामकरण गरिएको थियो भने दोस्रो चरणलाई दिपक बज्राचार्य लाईभ कन्सर्ट इन सउल नामकरण गरिएको थियो ।

पहिलो चरणको कार्यक्रममा नेपालको एतिहासिक जात्रा-इन्द्रजात्रामा मात्र देखाईने कुमारीको खत यात्रा र मजिपा लाखे नाचको साथमा नेपाल सम्बतको बिषयमा चर्चा परिचर्चा तथा शुभकामना आदानप्रदान गरिएको थियो। दर्शकहरुले एउटा नौलो प्रस्तुति भन्दै तारिफ गर्दै हेरिरहेका थिए।  दोश्रो चरणमा नेपाल सम्बतको उपलक्ष्यमा नेवाः पुचः द्वारा आयोजित दिपक बज्राचार्य लाईभ कन्सर्ट इन सउल कार्यक्रममा दिपक बज्राचार्यले ओ अमिरा, ऋतु, काली काली हिस्सी परेकी, कति बस्छु माईति घरमा लगायत थुप्रै मिठास पूर्ण तथा जाँगर जगाउने गीतहरु दर्शकहरु माझ प्रस्तुत गरेका थिए । र उनका प्रत्यक गीतमा दर्शकहरुले गुन्गुनाउन्दै साथ साथ नाचेका थिए ।

एक्कासी परेको पानी र बढेको जाडोलाई वास्ता नगर्दै कार्यक्रम स्थल पुगेका सम्पूर्ण दर्शकहरुलाई दिपक बज्राचार्यलाई भरपुर मनोरंजन दिएका थिए ।विशेषतः अन्तिम गीत "ओ अमिरा"मा त धेरै जसो दर्शकहरु स्टेज अगाडी नै गई दिपक संग नाचेका थिए । यस कार्यक्रममा प्रकाश तिमल्सिनाको साथमा स्थानीय कलाकारहरु रमेश श्रेष्ठ. भरत गुरुङ, अशोक राई, स्विटी तामांग, सन्ध्या बुद्धाचार्य, अरुण श्रेष्ठ, निर्मल महर्जन, रघु नाथ महर्जन, सतिश गुरुङको डान्स ग्रुपको सहभागिताले सुनमा सुगन्ध थपेका थिए ।


कोरियामा सक्रिय थुप्रै संघ संस्थाका अध्यक्षज्युहरु लगायत प्रतिनिधिहरु तथा कोरियावासी धेरै नेपालीहरुको उपस्थिति रहेको सो कार्यक्रममा कोरियन बुद्धिस्ट फेडेरेशन तथा ख्वानम बौद्ध सम्प्रदायका अध्यक्ष श्रद्धय भिक्षु हुंग्फा तथा कोरियन जिन्गाक बौद्ध सम्प्रदाय अन्तर्गत अन्तरास्ट्रिय बौद्ध अध्ययन बिभागका प्रमुख श्रद्धय गुरु ढक जंगज्यु तथा लुम्बिनी बिकाश कोषका उपाध्यक्ष आचार्य कर्मा सांग्पो लामाज्यु पनि उपस्थिति रहेको थियो ।

स्मरणीय छ यस कार्यक्रम भन्दा एक दिन अगाडी नेवाः पुचःले आफ्ना सदस्यहरु संगै २०१२ नोभेम्बर १० तारिक बेलुका सुस्वास्थ्य र दिर्घायुको लागि म्हः पुजा गरेका थिए । करिब ४5 जनाको सहभागितामा भएको सो म्हः पुजालाई गुरुज्यु नबिन वज्राचार्यले नेवाः बौद्धिक संस्कार तथा विधिअनुसार गराएका थिए । संस्कृति, संस्कार, इतिहास र पहिचानलाई प्रवासमा पनि निरन्तरता र यसलाई बिश्वब्यपिकरण गर्ने नेवाः पुचः दक्षिण कोरियाको प्रयासलाई उल्लेखनीय नै मान्नु पर्दछ ।

Related

korea 7760272404214399545

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item