सौलमा नेपाल कोरिया मैत्री दिवस भब्यताका साथ सम्पन्न l

राजिव भण्डारी -

नेपाली बिद्दार्थी समाज दक्षिण कोरियाको आयोजनामा नेपाल कोरिया मैत्री दिवस भब्यता पुर्बक सम्पन्न भएको छ।कोरियामा रहेर उच्च शिक्षा हासिल गर्दै गरेका नेपाली बिद्दार्थिहरुको सकृयतामा नेपाली कला संसकृति साथै भेष-भुषाको प्रदर्शन गरेका थिए । कार्यक्रममा कोरियाली डायोस्परामा रहेका नेपाली बिद्दार्थी, श्रमिक, ब्यापारिहरुको उुलेख्य रुपमा उपस्थित रहेको थियो ।



कोरियन लगायत बिदेसीहरुको बाक्लो उपस्थितीलाई मध्यनजर गर्दै फोटो प्रदर्शनि, नेपाली लोक नाच, नेपाली स्वादका परिकार जस्ता बिसुद्द नेपाल झल्काउने बस्तुहरुको स्टल समेत राखिएको थियो । निकै मनोरञ्जनका साथ कोरियनहरु समेत नेपाली गीतमा नाचेर साथ दिएका थिए भने दृष्‍टिबिहिन गायक प्रकाश तिमील्सिनाले बेजोड प्रस्तुती दिएर सबैलाई मन्त्र मुग्ध पारेका थिए ।
नेपाली स्वाद बिशेषतया सेल रोटी निकै मन परेको प्रतिकृया दिएका कोरियनहरुले यस किसिमको मैत्री कार्यक्रमले नेपाल-कोरियाको सम्बन्धमा समेत सकरात्मक प्रभाव पार्ने साथै कला संसकृतिको आदन-प्रदानले दुबै मुलुकलाई नजिक बाट नियाल्ने अबसर पाउन सकिने उपस्थित अतिथिहरुले बताएका थिए ।


सौलको मुटुमा आयोजित उक्त कार्यक्रमलाई नेपाली दुतावास दक्षिण कोरिया, आदिबासी महासंघ, महिलाका लागि महिला लगायतका संस्थाहरुले सह-आयोजनामा सम्पन्न भएको थियो । सोनसिकका अध्यक्ष धुर्ब भट्टको सभापतित्वोमा सम्पन्न नेपाल कोरिया मैत्री दिवसको संयोजन निबर्तमान अध्यक्ष आस्था बिन्दु मल्लले गरेकि थिईन । प्रमुख अतिथी उपनियोग प्रमुख राजाराम बर्तौला,विषेश अतिथीमा सौल महानगरपालिकाका मेयर लगायतको उपस्थिती रहेको पहिलो औपचारिक कार्यक्रमको स्वागत मन्तब्य सनसिकका उपाध्यक्ष अमित कुमार झाले दिएका थिए ।
सनसिकलाई विभिन्न तवर बाट सहयोग गर्ने ब्याक्ती तथा संस्थाहरुलाई सम्मान समेत गरेको जानकारी नेपाली बिद्दार्थी समाज दक्षिण कोरियाका सचिव बिमल सुबेदीले बताए ।कार्यक्रमलाई सम्पन्न गर्नको लागि आशिंक रकम करिव ४० लाख वन सौल महानगरपालिकाले प्रायोजन गरेको थियो ।

Related

korea 5750967033661561326

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item