नेपाली कामदारमाथि दुर्ब्र्यबहार गर्ने कम्पनी कालो सूचिमा l



देबेन्द्र सम्बाहाम्फे -
सोल (दक्षिण कोरिया), - सोलस्थित नेपाली राजदूताबासले मोक्फो क्षेत्रमा रहेको उनगाङ नामक कम्पनीलाई कालो सूचिमा राख्न त्यस क्षेत्रको रोजगार केन्द्र र श्रम तथा रोजगार मन्त्रालय, काठमाडौंलाई पत्राचार गरेको छ ।
११४२ उद्योग दर्ता नं भएको सो कम्पनीका संचालक ओ छाङ मीनले त्यहा कार्यरत तीन नेपाली कामदारलाई पटकपटक कुटपिट गर्नुका साथै मानसिक यातना समेत दिएपछि दूतावासले सो पत्राचार गरेको हो । संचालक मीनले ती नेपाली कामदारहरुलाई श्रम सम्झौता अनुसारको खान बस्न पनि दिइएका थिएनन् । बरु उल्टै बत्ती र ग्यासको पैसा लिन गरेका थिए भने कम्पनीको कारणले काम नभएको अवस्थामा पनि इपीएसको नियम बिपरित न्यूनतम तलव कटौति गर्दै आएका थिए ।
नेपाली कामदारहरुलाई पटक पटक दुव्याबहार गरेपछि कालो सूचीमा राख्न सिफारिस गर्न दूताबास बाध्य भएको नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार सो सिफरिस पत्र एचआरडी कोरिया र सम्बन्धित कम्पनीलाई पनि पठाइएको छ । यहाको एचआरडीले पनि कालो सूचिमा राखे उक्त कम्पनीले अन्य मुलुकका कामदार समेत पाउने छैन ।
नेपालमा श्रम तथा रोजगार मन्त्रालयले ईपीएस शाखालाई सो को जानकारी गराएपछि उक्त कम्पनीले पुन नेपाली कामदार माग गरे पनि पाउने छैन । फलामसंग सम्बन्धित सो कम्पनीमा तीन नेपाली कार्यरत थिए भने त्यसअघि साहु मीन कै पिटाईले एक नेपाली कामदारको हात भाचिएको थियो ।
कम्पनी संचालक मीनले नेपाली कामदारमाथि पटक पटक हातपात गरे पनि उचित प्रमाण्ँको अभावका कारण दूतावासले समयमै कार्वाहि गर्न सकेको थिएन । दुतावासकै सल्लाहमा पीडित कामदारहरुले आफुमाथि हुने दुव्र्यवहारको भिडियो छायाङकन गरेर बुझाएपछि दूतावासले कालो सूचिको कार्वाही प्रकृया अघि बढाएको हो । कोरियामा नेपाली कामदार माथी दुर्वव्यबहार भएको घटना धेरै भए पनि दुव्र्यबहार गर्ने कम्पनीलाई कालो सुचीमा राख्न सिफारिस गरिएको यो पहिलो घटना हो ।

Related

korea 7931586247129887394

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item