यस्तो बन्नु छ

 यस्तो बन्नु छ
-कविता

-मञ्जु रेग्मी,कोरिया l 

आगो जस्तै तिमी
डढेलो सारेर गएउ मेरो बस्तीमा
कुन बस्ति छिचोलेर, पुगेउ कुन बस्ति 
रमाएउ कुन बाहारमा उसैबेला 
या बनेउ आफै खरानी या कोइला 
तथापि,
तिमीले छाडेको ज्वालो निभेपछि 
यता, चिरा चिरा फाटेको मेरो बस्ती 
पर्खिरहेछ बर्षद तिर्खाएर 
खनिरहेछ कुलेसो खहरेको मुहान सम्म 
यद्धपि,...
डराउन छोडेकोछ ज्वालासंग 
तर्सिन छोडेकोछ चट्यांग संग 
न कि , 
फेरी जल्नु छैन उसलाई 
फेरी भस्म हुनु छैन 
रित्तिनु छैन 
तिर्खाउनु छैन, बनेर काकाकुल 
अब त , पर्खेर बर्षाद
चिर्नु छ बाँझो, हरियाली ल्याउन 
हास्नु छ, फुल का मुस्कान संगै
उज्यालो बनाउन बाटो 
जीवघातक सुनगाभा बनेर 
अन्त्य गर्नुछ परजिबिको 
हतियार बन्नुछ ,ऐजेरु काट्न बोटका 
हो मेरो बस्तीलाई 
चोट टेकेर उठ्नुछ
धिर बनेर अब ..
आफ्नै हातले लेख्नुछ आफ्नो भाग्य l 




Related

poem 6835700789855404209

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item