कोरिया अब मार्चदेखि, भाषा परीक्षा यसै वर्ष हुने l


काठमाण्डौ । 

कोरिया जान भाषा परीक्षा पास गरेर बसेका कामदार मार्चसम्म कुर्नुपर्ने भएको छ। जनवरीको अन्तिम हप्ताबाट श्रम सम्झौता आउने र मार्चबाट जान सुरु हुने (रोजगार अनुमति प्रणाली) इपिएस नेपालले जनाएको छ।
इपिएस नेपालका संयोजक ज्ञाननाथ ढकालले गत वर्ष भाषा परीक्षामा पास भएका सबै कामदार कोरिया जान पाएका थिएनन्। कोरियाले गत वर्ष १५ हजार ५ सय नेपाली लिने घोषणा गरेको थियो। सुरुमा ७ हजारमात्रै कामदार लिने घोषणा गरेको कोरियाले दोब्बर बनाएको थियो। ‘गत वर्ष पास भएका सबै कामदार पठाउने प्रयास गर्नेछां उनले भने, ‘यसका लागि कोरिया पनि सकारात्मक छ।ु

गत वर्ष भाषा परीक्षामा पास भएकामध्ये ९ हजार ३ सय ७८ जना जान पाएका थिएनन्। पास भएका सबै नेपालीले फेरि दर्ता र मेडिकल जाँच गर्नुपरेको थियो। एक वर्षअघिको मेडिकल रिर्पोटको मिति सकिएपछि स्वचालित रुपमा कम्प्युटरले रोस्टरमा दर्ता भएको उनीहरुको नाम हटाएको थियो। पास भएकामध्ये ६ हजार ३ सयभन्दा बढीको श्रम सम्झौता आएकामा ५ हजार ६ सय कोरिया गइसकेका छन्। कोरियन जब सेन्टरले भाषा परीक्षा पास गरेका नेपालीको रोस्टर बनाउँछ।
रोस्टरमा भाषा परीक्षामा पास गर्ने व्यक्तिको आवेदन, इपिएस आइडी नम्बर, मेडिकल रिर्पोट, शैक्षिक प्रमाणपत्र, सवारी अनुमतिपत्र लगायत सबै विवरण कम्प्युटरमा राखिन्छ। निजी कम्पनीले कामदारको माग गर्नेबित्तिकै रोस्टरबाट जब सेन्टरले कामदारको सम्पूर्ण विवरण कम्पनीलाई दिन्छ। रोस्टरबाट कामदार छान्ने काम कम्प्युटरले गर्छ। कम्पनीले तीनजना कामदार मागे जब सेन्टरले ६ जनाको सूची पठाउँछ। कम्पनीले ६ जनाबाट तीनजना रोजेर बाँकीलाई पुनः रोस्टरमा राख्छ।

यसै वर्षभाषा परिक्षा हुने
कोरियाले यसै वर्ष भाषा परीक्षा लिन नेपाललाई आग्रह गर्दैै पत्र पठाएको छ। केही दिनअघि पठाएको पत्रमा सन् २०१३ मै भाषा परीक्षा लिन उसले आग्रह गरेको हो। स्रोतका अनुसार भाषा परीक्षाको तयारी यही महिनाबाट सुरु हुनेछ। नेपाल भने गत वर्ष पास भएकालाई पठाएरमात्रै परीक्षा लिने पक्षमा छ।
‘गत वर्ष पास भएका सबै कामदार नगएसम्म परीक्षा लिए समस्या हुन्छ,ु स्रोतले भन्यो। कोरिया भने यो वर्ष कममात्रै कामदार लिने मनस्थितिमा छ। गत वर्ष भनेअनुसार दोब्बर कामदार समयमै लिन नसकेकाले यो वर्ष कम कामदार लिने मनस्थिति बनाएको हो। ‘कम तर राम्रालाई स्किल टेस्ट समेत गरेर लिन लागिएको हो,ु स्रोतले भन्यो। सन् २००८बाट इपिएस प्रणाली लागु भएयता हालसम्म १५ हजारभन्दा बढी नेपाली कोरिया गएका छन्। कम पैसा खर्च गरेर गए पनि राम्रो कमाइ हुने भएकाले कोरियामा नेपालीको आकर्षण बढी छ। झन्डै ७० हजार खर्च गएर गएका नेपालीले मासिक एक लाख रुपैयाँसम्म कमाउँछन ।
नागरिक

Related

news 6443356824021374481

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item