जनसम्पर्क समिति कोरियाद्वारा सुभकामना आदान प्रदान तथा बिदाई कार्यक्रम सम्पन्न


सुर्य क्षेत्री
 द. कोरिया l
आउँदो फेब्रुअरी ११ मा बृहत अन्तरक्रिया तथा प्रसिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय
अंग्रेजी नया वर्ष २०१३ जनवरी १ का दिन जनसम्पर्क समितिको सभापति श्रीमती गंगा थापा श्रेष्ठको अधक्षतामा सुभकामना आदान -प्रदान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ l उक्त कार्यक्रममा उपस्थित सदस्यहरुलाई समितिको तर्फबाट केन्द्रिय प्रबक्ता अर्जुन पौड्यलले स्वागत तथा सुभकामना मन्तब्य दिनुभएको थियो भने अन्य सदस्यहरुले एक आपसमा सुभकामना आदान प्रदान गरेका थिए l सो कार्यक्रममा सुभकामना दिंदै सभापति थापाले हामीहरु फुटेर होइन जुटेर आ-आफ्नो जिम्बेवारिताको बोध ग्रहण गर्दै इमान्दारिताका साथ संगठनलाई मजबुत बनाउदै जानुपर्नेमा जोड दिनुभएको थियो l यसरी दक्षिण कोरियाको लामो बसाई पछाडी नेपाल फर्कन लाग्नुभएका क्रियासिल सदस्य तथा पूर्व महाधिबेसन पर्तिनिधी कमल आचर्यलाई सभापति थापाद्वारा दोसल्ला ओढाई स-सम्मान बिदाई गरिएको थियो l
उक्त कार्यक्रमको समापन संगै जनसम्पर्क समितिको नियमित बैठक अन्तर्गत बसेको कार्यसमितिको बैठकले बिभन्न बिसयमा महत्वपुर्ण निर्णयहरु गरेको छ बिगत केहि समयदेखि रिक्त केन्द्रिय सदस्यमा आस्था मल्ल ठकुरीलाई सर्बसहमतिबाट मनोनित गरिएको महामन्त्री प्रकाश खनालले जानकारी दिनुभयो l महामन्त्री खनालका अनुसार यही आउदो फेब्रुअरी ११ मा देसको बिद्धमान समसामयिक राजनीतिक मुलत:संघियताको बिसयमा नेपाली कांग्रेसको धारणा लगायत अन्य बिबिध बिसयमा नेपाल बाट आमन्त्रित कांग्रेस केन्द्रिय सदस्य तथा संघीय मामिला बिभाग प्रमुख गगन थापाको प्रमुख अतिथ्यमा बृहत अन्तरक्रिया तथा प्रसिक्ष्ण कार्यक्रमको आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ l उक्त कार्यक्रमलई ब्यबस्थित र मर्यादित तवरले सम्पन्न गर्नको लागि सभापति तथा महामन्त्रीको अनुगमनमा रहने गरि केन्द्रिय सदस्य गिरिराज कुँवरको संयोजकत्वमा राजेश लामा,प्रकाश वली, आस्था मल्ल ठकुरी, कैलाश राई सहितको पाँच सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ l समितिले उक्त कार्यक्रमलाई भब्यताका साथ सफलपार्न नेपाली कांग्रेस आबद्ध सम्पूर्ण लोकतन्त्रप्रेमी महानुभाब हरुलाई आ-आफ्नो स्थानबाट सहयोग गर्नुहुन सबैमा अनुरोध गरेको छ l

Related

korea 3109284048639747421

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item