जनताको अधिकार विरुद्द षडयन्त्र : लिम्बुवान अध्यक्ष लिङदेन
https://nnkorea.blogspot.com/2013/01/blog-post_9862.html
अशोक मैनाली ,
सौल ,कोरिया।
संघिय लोकतान्त्रिक मन्च सम्बद्द संघिय लिम्बुवान राज्य परिषका अध्यक्ष कुमार लिङ्देनले लिम्बुवान स्वायत्त प्रदेशको लागी आफू जस्तो सुकै त्याग गर्न तयार रहेको बताएका छन्। परिषद अन्तर्गत कोरिया प्रवाश कमिटीले ‘नेपालमा संघियता बिषयक एक दिने अन्त्रक्रिया कार्यक्रममा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले लिम्बुवानी जनताको अधिकार विरुद्द पहिले देखि नै षड्यन्त्र भईरहेको भन्दै अब पनी त्यस्तो गल्ति नगर्न चेतावनी दिएका छन ।
नेपाली काङ्रग्रेस र एमाले बिरुद्द निकै आक्रोशित देखिएका उनले भने ‘काङ्रग्रेस र एमालेले गर्दा जनजातिहरू अन्यायमा परेका छन्। उनीहरूले संधै नै जनजातीहरूको अधिकारमाथी धावा बोलिरहेकाछन् र हामिहरूलाई बिखन्डनकारीको आरोप लगाईरहेका छन । उनले झोक्किंदै भने ‘बिखण्डनकारी त तीनीहरू हुन ।जसले जनताको अधिकार दिन कंन्जुसाई गदै सत्तामा आफ्नो हैकम चलाईरहन्छ।उनले प्रश्न गरे ‘काङ्रेस र एमालेका साथीहरूलाई जनजाति र दलितले मिठो खाएको र उनीहरूको मुख उज्यालो भएको किन मन पर्दैन? ए माओवादी प्रती पनी शंका व्यक्त गर्दै उनले प्रचण्डले संघियताको बिषमा स्पष्ट धारणा नल्याएको र सहिदको भावनालाई कुल्चदै ‘प्रतिक्रियावादी ‘हरुको लहैलहैमा लागेर जनताको अधिकार स्थापित गर्न चुक्दै गएको आरोप लगाएका थिए।
उक्त कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष लिङ्देनले करिव ४५ मिनेट बोलेका थिए। आफ्नो मन्तव्यको क्रममा उनले नेपालको वर्तमान राजनिती र लिम्बुवान आन्दोलनका बिबिध पक्षका बारेमा धारणा राखेका थिए।
सोही कार्यक्रममा बोल्दै कोरियाका लागी नेपाली राजदूत कमान सिंङ लामाले जनताको अधिकार जनतालाई दिंदा देश नटुक्रने भन्दै बरु भेदभाव भए समस्या पैदा हुने बताए। राजदूत लामाले राज्यले सबैलाई समान ब्यबहार गर्नुपर्नेमा जोड दिए। साथै उनले यस्ता संघियताको कार्यक्रम नेपालमा नै कमी भएको भन्दै प्रवाशमा भन्दा नेपालमा जोड दिन आयोजकलाई आग्रह गरेका थिए। कार्यक्रममा वामपन्थी राजनैतिक बिश्लेषक तथा पत्रकार भवानी बारालले संघियताको आधार तयार भैसकेको दावी गर्दै अब नेपालको संघियताको आधार पहिचान नै हुने ठोकुवा गरे। बरालले अब लिम्बुवान काठ्माण्डौको अधिनस्त हुन नसक्ने भन्दै यदि लिम्बुवानी जनताको भावनाको कदर नगरे काठमाण्डौका शाषकलाई जनताले बांकी नराख्ने चेतावनी दिए ।
कार्यक्रमका आकर्षक बनेका उनले संघियताको बिषयमा भ्रम चिर्न आफू लागिरहेको भन्दै कोरियाबासी नेपालीलाई पनी सहयोग गर्न आग्रह गरेका थिए। संघियताको कुरा गौतम बुद्दले उठाएको भन्दै उनले बुद्दका विचारलाई लत्याउने बौद्द धर्मालम्वी हुन नसक्ने दावी गरे । उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष खेम कार्की, आदिवासी जनजाती महासंघका कावा अध्यक्ष भक्त शेरचन, जन अधिकार मञ्च दक्षिणकोरियाका अध्यक्ष दिपक पुन, जनसम्पर्क समिति दक्षिण कोरिया,क्षेत्री समाज, लोकतान्त्रिक मञ्च लगायत केही संघ संस्थाका प्रतिनिधिहरुले आफनो धारणा राखेका थिए पनि कार्यक्रमको दोश्रो चरणमा भएकोअन्तरक्रियाका क्रममा सोधिएका जिज्ञासको समाधान नेपालबाट आएका अथिति वरिष्ठ पत्रकार भवानी बराल र लिम्बुवानका अध्यक्ष कुमार लिङदेलले समाधान गरेका थिए ।
.jpg)
Post a CommentDefault CommentsFacebook Comments