कोरियाको बाटोमा वेवारिसे भेटिए नेपाली
https://nnkorea.blogspot.com/2013/01/blog-post_5188.html
अशोक मैनाली ,
आन्सान ,कोरिया।
दक्षिण कोरियाको आन्सान शहरमा बेवारिसे अवस्थामा एक नेपाली भेटिएका छन्। आन्सान शहरको आन्सान स्टेशन नजिकै हिंउमा भिजेकोले गर्दा हात ,गोडा र मुख सुन्निएको अवस्थामा उनलाई भेटिएको नवराज भट्रराईले बताएका छन्।
भट्रराईका अनुसार ती बेवारिसे अवस्थामा भेटिएका पुरुष रसुवा लहरेपौवा गाबिसका तिर्थराज आचार्य रहेको र उनी करिव ३ महिना अघि कोरिया आएको खुलेको छ। उनको पासपोर्ट(५३१०४४१) अनुसार उनको पिताको नाम रिखेश्वर आचार्य रहेको खुल्न आएको छ।
केही समय अघि देखी आफूले काम गर्दै आएको कम्पनीबाट भागेर आएका उनी एक दिन आन्सान स्थित एनुरी चर्चमा बसेको र उक्त चर्चबाट पनी केही दिन अघि देखी भागेको पुष्प पाण्डेले बताए। पाण्डेका अनुसार बिभिन्न माध्याम प्रयोग गरी उनी बारे बुझ्दा उनको मानसिक सन्तुलन गुमेको र नेपालमा पनी मानसिक उपचार गरेको खुल्न आएको छ।
भट्रराइले उनका नेपालमा रहेकी दिदि अस्मिता आचार्यलाई संपर्क गर्दा यस अघि पनी भाईको मानसिक उपचार गरेको र ठीक भएर कोरियामा पठाएको बताएकी थिईन्। उनको दिदि अस्मिताले भाइलाई नेपाल पठाइदिन आग्रह गरेको तर उनको भाई (तिर्थराज आचार्य)ले नेपाल जान नमानेको पनी भट्रराईले बताएका छन् |उनले यस बिषयमा सौल स्थित नेपाली दूतावासलाई जानकारी गराईसकेको पनी बताएका छन्। अहिले उनलाई आन्सान स्थित एनुरी चर्चमा राखिएको छ।
नेपालकोरियाटाइम्स
Post a CommentDefault CommentsFacebook Comments