नेपाल योंग स्टार ग्रुपद्वारा चिठ्ठा कार्यक्रमको सम्पूर्ण आर्थिक बिवरण सार्वजानिक l


प्रवासको यो बिरानो संसारमा श्रमिकका रूपमा जम्मा भएका केही उत्साही र जागरूक युवाहरूको प्रयासमा सन् २०११ को शुरूवात संगै स्थापित "नेपाल योंग स्टार ग्रुप" ले स्थापनाकाल देखि नै कोरियामा सामाजिक सेवाका कामहरूमा अग्रसरता देखाउंदै आईरहेको कुरा सवैलाई सर्वबिदितै छ । 

कोरियामा रहेका नेपाली युवाहरुको एकताको प्रतिकको रुपमा चिनिने योंग स्टार ग्रुपले प्रवासमा रहंदा दु:खमा परेका नेपालीहरूलाई सहयोग गर्ने र आफूले गरेको आम्दानीको केही अंश भोलीका राष्ट्रका कर्णधार, गरिव तथा जेहेन्दार विद्यार्थीको निम्ती उपलब्ध गराउने प्रयास स्वरूप परोपकार कल्याणकारी अक्षय कोष निर्माणार्थ आयोजित "भाग्यशाली चिठ्ठा कार्यक्रम" लाई सफल बनाइदिनु हुने कोरियावासी सम्पूर्ण नेपाली दाजुभाई,दिदीबहिनी,श्रमिक,समाजसेवी,बुद्धिजिवी,खेलाडी,पत्रकार,शिक्षाबिद्ध, ब्यापारी, विद्यार्थी तथा नेपाली समुदायका सम्पूर्ण संघसंस्थाहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ। चिठ्ठा कार्यक्रमबाट संकलित रकम साथै कोरियामा रहनु भएका बिभिन्न ब्यवसायायीहरुबाट आर्थिक सहयोग गरी १,१७,३५,०००/-( एक करोड सत्र लाख पैतिस हजार कोरियन वन जम्मा बचत भएको जानकारी गराउदछौं !
हामी सदैब यहाँहरूको सल्लाह,सुझाब,र सहयोगको अपेक्षा राख्दछौ। अक्षय कोषको बारेमा हामी कोरियामा रहनुभएका सम्पूर्ण नेपालीहरुकाे उपयुक्त राय सरसल्लाह अनुरुपनै अगाडी बढिरहेका छौं ।
हामी जागरूक नेपाली युवा हौं यो परोपकारी अभियानमा सयौ पौरखी नेपाली युवाहरू सामेल भैसकेका छन अहिलेसम्म सामेल नभएको भए, तपाईं पनि सामेल भै हामी सबैको आत्मबल बढाइदिनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं ।
नेपालमा कानूनी प्रकि्या पुरा गरेर दर्ता गरी नेपाल योंग स्टार अक्ष़य कोष स्थापना गरि समाजिक कार्यमा निरन्तर रचनात्मक कार्य गर्दै अघि बढ्नेछ!
पुर्व घोषित अनुरूप प्रतेक बर्ष नेपालमा एउता जिल्लामा एउता दुर्गम ठाॅउको बिध्यालयमा अध्यनरत अनाथ असाह्य गरीब तथा जेहेन्दार बिध्यार्थीहरू लाई सक्दो सहयोग गरीनेछ!
यस सहयोग कार्यक्रम आउदो बर्ष बाट सुरूवात गरीनेछ!नीकट भबिष्यमा अन्तरकि्या कार्यक्रम आयोजना गरी यस अक्षय कोष र सहयोग बितरणको बारेमा छलफल गर्नेछौ!समयमा नै बितरित चिठ्ठा र प्रायोजकबाट सहयोग रकम संकलित नभएको हुंदा हिसाब बिबरण सार्वजानीक ढिला हुन गएकोमा क्षमा प्रार्थी छौ!
आउदा दिनहरूमा पनि सबैको यस्तै माया,साथ,सल्लाह सुझाब र सहयोगको लागी अपेक्षा गर्दछौ!

Related

korea 1702102584697634311

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item