कोरियामा वोमेन फोर वोमेनद्वारा निशुल्क स्वास्थ्य शिविर सन्चालन l

-रमेश खावाजु 
२७ जनवरी २०१३ मा दक्षिण कोरियामा रहेका महिलाहरुको साझा संस्था वोमेन फर वोमेनले निशुल्क स्वास्थ्य परिक्षण   सेवा संचालन गरेको छ l 
दोङ्देमुनको नमस्ते रेस्टुराँमा संचालन गरिएको  उक्त निशुल्क स्वास्थ्य  शिबिरमा लगभग  ५५ जना नेपालीहरुले साधारण उपचार गराउनुका साथै विभिन्न स्वास्थ्य सम्बन्धि सल्लाहहरु पनि लिएको संस्थाकी सचिब बिमला श्रेष्ठले बताएकी छिन l 
उक्त स्वास्थ्य शिबिर  कोरियन डाक्टर वी चाङ् ह्वाङ्ग , ४ जना कोरियन  नर्स तथा ९ जना अन्य कोरियनहरुको  सहयोगमा संचालन गरिएको थियो  l उक्त स्वास्थ्य शिबिर दिउसो १ बजे देखि बेलुका ६ बजे सम्म संचालन गरिएको थियो l  
वोमन फोर वोमनले प्रत्येक महिनाको अन्तिम आइतबार निसुल्क रुपमा स्वास्थ्य शिबिर संचालन गर्ने  सो संस्थाकी उपाध्यक्ष मल्लिका थकालीले बताएकी छिन साथ साथै सो  स्वास्थ्य सिबिरमा  आफुलाइ लागेको रोगको उपचार तथा सल्लाह लिनको लागि  कोरियावासी नेपालीहरुमा आमन्त्रण गर्नुभएको छ l 

Related

korea 7750517252262746641

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item