म्याग्दी समाज समितिले म्याग्दी रनिङ कप २०१३ को आयोजना गर्ने
https://nnkorea.blogspot.com/2013/02/blog-post_904.html
म्याग्दी समाज समिति दक्षिण कोरियाले आगामी २०१३ जुन २ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेलको आयोजना गर्ने भएको छ । गत २७ तारिख आईतबार बसेको म्याग्दी समाज नवौं कार्य समितिको एघारौं बैठकले २०१३ जुन २ तारिख आईतबारको दिन प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कपको आयोजना गर्ने निर्णय गरेको हो । बिगत १० बर्ष देखि लगातार आयोजना गर्दै आई रहेको प्रतिष्प्रर्धात्मक भलिबल खेल म्याग्दी रनिङ कपलाई मिनी म्याग्दी महोत्स्वबमा बिकास गर्दै लैजाने लक्ष अनुसार यस बर्ष अझ भब्य रुपमा तयारी गर्ने निर्णय समेत भएको छ । । उक्त दिन कुनै पनि कार्यक्रम नजुधाई सहयोग गरि दिनु हुन कोरियामा रहेका संघ संस्थाहरुलाई म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक अनुरोध गर्दछ ।

Post a CommentDefault CommentsFacebook Comments