नेपाली संपर्क समितीको प्रेष विज्ञप्ती l



नेपाल आदिवासी जनजाती महासंघको कार्यक्रममा कास्की परिवारले कार्यक्रम जुधाएको सम्बन्धमा
नेपाली संपर्क समिती दक्षिण कोरियाले स्थापना मिती १९९३ देखी यस मुलुकमा छाता सस्था को रुपमा नेपाली समुदायमा परेको विविध सुख दु:खमा निरन्तररुपमा साथ दिदै आएको र कालन्तर सम्म तपाईं सम्पूर्ण आदर्णीय दाजु-भाई तथा दिदी-बहिनी हरुमा हातेमालो गर्दै आफ्नो सेवा को क्षेत्रमा लागीरहने छ|

नेपाली संपर्क समिती को मातहतमा रही कोरियाको नयाँ बर्षको अवसर पारी नेपाल बाट ख्याती प्राप्त कलाकार झिकाई गर्न लागिएको सास्कृतिक कार्यक्रम कोरियामा समाज सेवामा निरन्तर लागिराख्नु भएका समाजसेवी तथा बुद्धीजिवीको निर्णयबाट २ वटा सस्थाले कार्यक्रम गर्ने पाउने गरी गरिएको निर्णयलाई कोरियामा रहेका बिभिन्न संघ सस्थाका प्रतिनिधि तथा सस्था प्रमुखले स्वागत योग्य रहेको भनाई आउँदा आउँदै केही समय अगाडि मात्र सास्कृतिक कार्यक्रम गरेको कास्की परिवारले नेपाली संपर्क समितीमा कार्यक्रमको लागि निवेदन सम्म नहाली आफ्नो मनोमानी कार्यक्रमको घोषणा गरेकोले उक्त कार्यक्रम लाई पूर्णरुपमा असहयोग गरी दिनुहुन समुदायमा अनुरोध गरिन्छ। यस्तो मनोमानी बाट नेपाली समुदायको अपमान भएको ठहर गर्दै आजको मिती बाट नै यस्तो कार्यक्रम लाई पूर्णरुप मा असफल बनाउदै आगामी दिनमा फेरी यस्तो समस्या नआओस भन्नाका निमित्त यो प्रेष विज्ञप्ती नेपाली संपर्क समितीले निकाल्न वाध्य भएको छ। नेपाली संपर्क समितीले समस्या तपाईं आदर्णीय दाजु भाई तथा दिदी बहिनी बिचमा देखाएको छ यस्लाई कसरी असफल बनाउने भन्ने कुरामा तपाईं एक एक जना बाट सुरु गर्दै सम्पूर्ण समुदाय मा छाउने छ भन्ने कुरामा हामीलाई विश्वाश छ |द. कोरियामा रहेका सम्पूर्ण संघ सस्थालाई यसरी हुने कुनै पनि कार्यक्रमले समाजमा सकारात्मक भूमिका नखेलन्ने भएकोले कास्की परिवारलाई आफ्नो कार्यक्रमलाई पछाडि सारेर गर्न गरिदिन नेपाली संपर्क समिती अनुरोध गर्दछ। 
अन्त्यमा सल्नाल २०१३ मा कार्यक्रम पाउने एन आर एन कोरिया र आदिवासी जनजाती महासंघ कोरिया साथै चिट्ठा तर्फ नमस्ते पाल्पा परिवार र नेपाल कोरिया न्युज ड्ट कम को कार्यक्रमलाई सफल बनाइदिनुहुन आदर्णीय तपाईं सम्पूर्ण कोरियावासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नेपाली संपर्क समिती हार्दिक अनुरोध गर्दछ।

Related

korea 8276594150926566327

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item