नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको साधारण सभा फ्रेबुअरी ९ मा हुने
https://nnkorea.blogspot.com/2013/02/blog-post_1.html
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको साधारण सभा फ्रेबुअरी ९ तारिख शनिवार नेपाल हाउसमा हुने भएकोछ । संस्थाले एक सूचना जारी गरी संस्थाको कार्यकारीणी सभा तथा वार्षिक साधारण सभामा उपस्थित हुन कोरियामा रहेका सम्पूर्ण महासंघका सदस्य पत्रकारहरुलाई जानकारी गराएको छ ।
नेपाल पत्रकार महासंघ दक्षिण कोरियाकोसाधारण सभा बारे जरुरी सूचना
दक्षिण कोरियामा रहेका पत्रकारहरुको साझा संगठन नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको वार्षिक साधारण सभा २०१३ फ्रबुअरी ९ तारिख शनिवार नेपाल हासउमा हुने भएको जानकारी गराउदछौं । पत्रकार महासंघको विधान तथा वैदेशिक शाखा सम्बन्धि नियमावली बमोजिम हुने यो कार्यकारिणी सभा मा अनिवार्य उपस्थित हुन कोरिया शाखा कोरियामा रहनुभएका पत्रकारहरुलाईआग्रह गर्दछ ।
दक्षिण कोरियाका कडा परिश्रमको विचमा नेपालीहरुको समस्याहरुको लागि आवाज बुलन्द गर्ने आफ्नो दायित्वलाई वहन गर्दै साझा संघठन महासंग कोरिया शाखालाईअझ सांगठिन , व्यवस्थित र जुझारु ढंगले अगाडि बढाउन पुराना र नया पत्रकारहरु समेत अफ एकताबद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता महशुस गर्दै संस्थाले नया कार्ययोजना तयार गर्ने योजना बनाएको छ ।
यसमा दक्षिण कोरियामा रहेका पत्रकारहरुले सक्रिय सहभागिताले महासंघलाईअझ सुदृढ बनाउने छ भन्ने हामीले विश्वास लिएका छौं । एन आर एनको नेपाल हाउसमा गरिने साधारण सभा एन आर एनको सांस्कृतिक कार्यक्रम हलबाट नजिकै रहेका पनि जानकारी गराउदछौं ।
कार्यक्रम मिति २०१३ फ्रेबुअरी ९ तारिख शनिवार
स्थान : एन आर एन नेपाल हाउस
समयः साझ ५ बजे
कार्यक्रम हुने स्थानको ठेगाना
स्थान: नेपाल हाउस ( 서울특별시 종로구 원남동 89-3, 3층)
Address ; 3F, 89-3,Wonnam dong, Jongno-gu, Seoul, Korea
बाटो : सब-वे लाईन नं ३/५/१ जोङरो ३गा स्टेशनको 9 नम्बरको गेटबाट
अध्यक्ष सचिव
खेम कार्की , अशोक मैनाली
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा
कार्यकारीणी सभा ले गर्ने कामहरु
१. समितिले गरेका कामहरुको मुल्यांकन गर्ने ।
२. महासंघलाई प्रभावकारी बनाउने र विधानको उदेश्य अनुसार काम भए नभएकोबारेमा छलफल गर्ने।
३. महासंघका समस्या पहिचान गरी समाधानको उपाय पहिल्याउने ।
४. महासंघको गतिविधिको मूल्यांकन गरी आगामी कार्ययोजना तयार गर्ने ।
५. समितिको रणनीति , नीति तथा कार्यक्रममा समयअनुकुल सुधार परिवर्तन तथा परिमार्जन गर्ने ।
६. संस्थाको तर्फभएबाट भएका वार्षिक प्रतिवेदन पेश गर्ने तथा विभिन्न सदस्यहरुहरुबाट आएका प्रस्ताव र विवरण अध्ययन गरी लागु गर्ने ।
नया सदस्यता वितरण तथा रिनो गर्ने
२०१२ डिसेम्बर २५ मा नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले वितरण गरेको सदस्यता कार्डको पुन दर्ता गर्नुपर्ने भएको हुदा सम्पूर्ण सदस्यहरुलाई पुन दर्ता गराउन जानकारी गराईन्छ ।
यसैगरी सम्पूर्ण पत्रकारहरुको कम्प्युटराईज्ड अभिलेख तथा डिजिटर कार्ड बनाउने तयारी रहेको हुदा सम्पूण सदस्यहरुलाई विधान बमोजिमको आवश्यक कागजात पेश गर्न जानकारी गराईन्छ ।
यसैगरी नया सदस्यताको लागि आवेदन दिएका आवेदकहरुले पनि पुरा कागजात पेश गर्न जानकारी गराईन्छ ।
नेपाल पत्रकार महासंघ
वैदेशिक शाखा सम्बन्धि नियमावली २०६७
४.सदस्यकोयोग्यता
बैधानिक रुपमा विदेशमा रही पत्रकारिता क्षेत्रमा क्रियाशिल निम्न बमाजिमको योग्यता पुगेका व्यक्तिलाई महासंभको सदस्यता प्रदान गरिने छ ।
क) पत्रकारिता वा अरु कुनै विषयमा स्नातक उतीर्ण गरी एक वर्षदेखि पत्रकारितामा लागेका व्यक्ति वा पत्रकारिता वा अरु विषयमा प्रमाणपत्र तह वा सो सरह उतीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति वा प्रवेशिका परीक्षा उत्तीर्ण गरी तीन वर्षदेखि पत्रकारिता पेशामा लागेका व्यक्ति ।
ख) यो नियमावली लागू हुनुभन्दा अगाडि महासंघको कुनै पनि शाखामा सदस्य रहेका व्यक्ति ,
ग) विदेशमा वैधानिक बसोवास गरिरहेका व्यक्ति
घ) स्वदेशी र सम्वद्ध देशको कानुन बमोजिम गैर कानुनी हैसियत नभएको व्यक्ति ।
ङ ) नेपाल पत्रकार महासंभको मौजुदा विधानले सदस्यतासम्बन्धि योग्यता निर्धारण गरेअनुसारको व्यक्ति ।
च) महासंघकोसदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ ।
५. सदस्यता प्राप्त गर्ने कार्यविधि
क) महासंघको सदस्यता लिन चाहने पत्रकारले आफू क्रियाशील रहेको देशमा रहेको महासंघको वैदेशिक शाखामा
क) शैक्षिक प्रमाणपत्र
ख) नेपाली नागरिकताको प्रतिलिपि
ग) सम्बन्धित मुलुकमा आवासिय भिसा लागेको नेपाली राहदानको प्रतिलिपि
घ) पत्रकारितामा निरन्तरता र क्रियाशिलताको प्रमाण,
ङ ) वैधानिक रुपमा विदेशमा रहन प्राप्त अनुमति पत्र र आफू कार्यरत सञ्चार संस्थाको नियुक्तिपत्र वा सिफारिसपत्र प्रस्तुत गर्नुपर्नेछ ।
ख) आवेदन प्राप्त भएपछि शाखाले छानविन गरी योग्इता पुगेका आवेदकको सदस्यता स्वीकृतिको लागि केन्द्रीय समितिमा सिफारिस गर्नुपर्नेछ ।
ग) सदस्यको अवधि १ वर्षको हुनेछ । हरेक चैत्र मसान्त सम्ममा सम्बन्धित शाखामा नविकरण गराउनुपर्नेछ ।
घ) सदस्यता स्थानान्तरण ः महासंघको सदस्यहरुले आफ्नो कार्यक्षेत्र परिवर्तन भए अनुसार सदस्यता स्थानान्तरण गर्न सक्नेछन । वैदेशिक शाखाको हकमा सदस्इता स्थानान्तरणको कारण खुलाई शाखाले महासंघ केन्द्रमा सिफरिस र स्थानान्तरण हुन चाहेको शाखाको सहमतिपत्र अनिवार्य पेश गर्नुपर्नेछ । यसरी स्थानान्तरण गर्ने सदस्इहरु विदेशमा रहेका वैदेशिक शाखा वा नेपालमा क्रियाशिल रहनुपर्ने अवस्थामा आफूलाईपायक पर्ने शाखामा आवद्द हुन सक्नेछन । तर यसरी नेपालमा सदस्यता स्थानान्तरण गर्न चाहनेले नोपलमा क्रियाशीलताको प्रमाण पेश गर्नुपर्नेछ ।
६.
क) सदस्यता शुल्क वार्षिक रु २००० (अक्षरेपी दुई हजार हुनेछ । तर, नया सदस्यलाई प्रवेश शुल्क रु ३००० (अक्षरेपी तीन हजार ) थप लाग्नेछ ।
( दक्षिण कोरियाको लागि तेश्रो महाधिवेश मा कोरियन वनमा तोकिएको शुल्क नया को लागि ८०,००० वन तथा नवीकरणको लागि ३५००० वन रहेको छ ।
ख) हरेक वर्ष सदस्यता नवीकरण गर्नुपर्नेछ । तर दुईवर्ष भित्र शतप्रतिशत विलम्ब शुल्क लिई सदस्यता नवीकरण गर्न सकिनेछ । लगातार दुई वर्षसम्म नवीकरण नगर्ने सदस्यको सदस्यता स्वतः खारेज हुनेछ । यसरी सदस्यता खारेज भएका पत्रकारले पुनः सदस्य बन्न चाहेमा नयाँ प्रक्रिया सुरु गर्नुपर्नेछ ।
ग) प्रत्येक नयाँ सदस्यता प्राप्ती तथा नवीकरणका लागि केन्द्रीय कार्यलयमा चैत्र मसान्तभित्र पठाउनुपर्नेछ ।
(पुनश्च दक्षिण कोरियाको हकमा यस वर्ष गत डिसेम्बरमा भएको अधिवेशनको आधारमा डिसेम्बर सम्मको समय सिमा दिएर पटक पटक सार्वजनिक सूचना दिएको जानकारी गराईन्छ । यसैगरी आवश्यक कागजात समेत दिनको लागि जनवरी ७ सम्मको सार्वजनिक सूचना तथा समाचार प्रकाशित गरिएको थियो । बाकी रहेका सदस्यहरुले आवश्यक कागजात साधारण सभामा अनिवार्य पेश गर्न जानकारी गराईन्छ । नवीकरण गर्नेले दरखास्त, फोटो, क्रियाशिलताको प्रमाणपत्र र अध्ययन र नया केही प्रमाण पत्र भए पेश गर्नुपर्नेछ । आवश्यक प्रकृया पुरा गरेर सदस्यता कार्ड नपाएका सदस्यहरुले शाखामा सम्पर्क गर्नुहोला । नियम अनुसार नभएकोलाई केन्द्रीय कार्यलयबाट सदस्यता कार्ड नपठाइने व्यहोरा पनि जानकारी गराइन्छ । यसैगरी साधारण सभा सम्म रिनो नगर्ने सदस्यहरुले वैदेशिक विनियमावली बमोजिमकोविलम्ब शुल्क तिर्नुपर्ने जानकारी गराईन्छ । साथै हरेक वर्षको चैत्र मसान्त भित्रमा नवीकरण गर्नुपर्ने व्यहोरा आफैले सम्झिएर शाखामा नवीकरणको लागि सम्पर्क गर्न जानकारी गराईन्छ )
रकम पठाउने बैंक खाता
३५१ ०१७७७ ८८११३
NH Bank
Karki khem
More Detail
सम्पर्क नं. ०१० ९९१४ ३०५०
०१० ३३३६ २६७४ http://fnjkorea.blog.com/

Post a CommentDefault CommentsFacebook Comments