लुम्बिनीबाट ‘अखण्ड द्धीप’ कोरिया ल्याइने l
https://nnkorea.blogspot.com/2013/01/l_10.html
सोलस्थित नेपाली राजदूताबास र दोसन्सा गुम्बाको संयूक्त आयोजनामा लुम्बिनीबाट ‘अखण्ड द्धीप’ कोरिया ल्याइने भएको छ । यसका लागि कोरियाका लागि नेपाली राजदूत कमानसिंह लामा र गुरु सन्मुख हे जा बिच आइतबार दुई पक्षीय सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।
उक्त गुम्बामा स्थायीरुपमा रहने गरी हेलीकप्टरबाट ‘अखण्ड द्धीप’ आगामी मार्च २८ मा कोरिया ल्याइने दूताबासले जनाएको छ । सो द्धीप बुद्ध जयन्तिको अवसर पारेर मे ११ मा मनाइने ‘लोटस लाल्टीन फेस्टिभल’मा घुमाउनका साथै यहाका १०८ बिहारहरुमा समेत वितरण गरिनेछ । नेपालको पर्यटन प्रर्बद्धन तथा दुईदेश बिच प्रचीनकालदेखि रहन्दै आएको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउदै जन स्तरसम्म पुर्याउने लक्ष आयोजकले लिएका छन् |
साभार: कान्तिपुर
.jpg)
Post a CommentDefault CommentsFacebook Comments