नमस्ते पाल्पाद्वारा मृतकका परिवार लाई आर्थिक सहयोगको अपिल

शिशिर घिमिरे,  सउल दक्षिण कोरिया l
आठ वर्ष अघि मुनड्रप्स ओभरसिजबाट प्रशिक्षार्थी भिषामा कोरिया आई हाल प्यन्थेक क्षेत्रको आलमुनियम कम्पनीमा काम गरिरहेका बहादुर पुर-७ पाल्पा स्थायी घर भई  बुटवल सुख्खा नगरमा बसोवास गर्दै आईरहेका वर्ष ४१ का खेम बहादुर ढेङ्गा मगरको फेब्रअरी १२ तारिख मङ्गलवारको दिन  ओईरन आङसाङ् अस्पतालमा हृदयघातका कारण मृत्यु भएको थियो ! उहाको परिवार मा १ श्रीमती २ छोरि र १ छोरा रहनु भएको छ !उहाको परिवार लाई केहि मात्र भए पनि सहयोग दिने उदेश्य ले नमस्ते पाल्पा परिवार द्वारा आर्थिक संकलन गर्नगइ रहेको हुदा  कोरियाका क्रियाशिल संघ/संस्था,कोरियाबासी नेपाली दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण पाल्पा मित्र हरुलाई सहयोगको लागि  हार्दिक अनुरोध गरिन्छ !

त्यस्तै१९७६ फेब्रुअरी १९ का दिन पाल्पा भैरवस्थानमा जन्मी हाल रुपन्देही भैरहवामा बस्दै आउनु भएका सोम कुमार गैरे दक्षिण कोरियामा २०१२ अक्टुबर २३ मा रोजगारीका लागि टुरिष्ट भिसामा प्रवेश गरेका थिए । उनले दक्षिण कोरियामा काम गर्न शुरु गरेको करिब ४ महिना पनि नबित्दै हृदयघातका कारण
उनको अल्पायु मैं मृत्यु भएको थियो ।उनका २ छोरी र १ छोरा गरी ३ जना सन्तान छन् । १ जना छोरी १५ बर्षकी छिनभने दोस्रो छोरी ९ बर्षकी र कान्छो छोरा भर्खर १ बर्ष पुगेको छ ।

ईपीएस भिसामा आएर यहाँ मृत्युको घटना घट्यो भने नेपाल सरकारले खर्च गरेर लाश नेपाल फर्काउने प्रावधान छ तर मृतक गैरे जस्तो भिसामा आई मृत्यु भएमा यहिं कै नागरिकहरुले पहल गर्नुपर्ने प्रावधान रहि आएको छ  गैरे को परिवारलाई केहि भए पनि सहयोग गर्ने हेतु ले आर्थिक संकलन गर्न गई रहेको हुदा
कोरियाबासी नेपाली दाजुभाई दिदी बहिनी लगायत सम्पूर्ण पाल्पा मित्रहरुलाई सहयोग को लागि हार्दिक अनुरोध गरिन्छ !

सहयोगका लागि रकम पठाउन खाता नम्बर keb bank 620209346451 Mohan thapa पैसा पठाउदा  खेम बहादुर ढेङ्गा मगर लाई होकी सोम कुमार गैरे लाई हो फोन गरि बताउनु होला )

सम्पर्क:
चेतन सारु ०१०५७८७३३२०
शिशिर घिमिरे ०१०३२२३२२०३
मोहन थापा ०१०२५४६८१२४

नोट : खेम बहादुर ढेङ्गा मगरको लागि बिभिन्न संघ संस्था र व्यक्ति हरु
बाट सहयोग प्राप्त भई सकेको हुदा पछि एकै चोटी सबैको नाम संगै प्रकाशन
गरिने छ !

Related

korea 5860806240692056918

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item