कोरियाबासी नेपालीहरुमा सुदूरपश्चिम समाजको हार्दिक अपिल

मोहन चौधरी सउल, दक्षिण कोरिया l
रोजगारीको सिलसिलामा आउनु भएका कैलाली स्थाई घर भएका श्री राजेश रावलको कम्पनिबाट काम गरि फर्कने क्रममा २०१३-२-८ क दिन मोटर साइकल दुर्घटनामा परेको समाचार दक्षिण कोरियाबाट संचालित अनलाइन समाचार संस्था तथा नेपालबाट प्रकासित हुने पत्रपत्रिकाबाट यहाँ सम्पूर्ण महानुभाबहरुमा सर्बबिदितै छ र निजको हाल छनान स्थित soon chun hyang university hospital मा पेटको कठिन शल्यक्रिया गरि मृत्युको मुखबाट जोगाउन सफल भएका चिकित्सकहरुले अझ पनि ढुक्क हुनसक्ने स्थिति नभएको र मेरुदण्ड तथा खुट्टाको अवस्था चिन्ताजनक भएको बताएका छन् ! उहाको भिसा तथा इन्सुरेन्स(बिमा)नभएकोले उपचारको लागि ठुलो आर्थिक अभाब भएको छ !

निजले सो आर्थिक स्रोत जुटाउन सक्ने अवस्था नभएकोले मृत्युसंग लडिरहेका उहाको लागि आर्थिक सहयोग जुटाउनु हामी सबैको मानबिय धर्म र कर्तब्य हो त्यसैले यस मानबिय जिबन रक्षा हुने कार्यमा सुदूरपश्चिम समाज  दक्षिणकोरियाले आर्थिक सहयोग अभियान चलाई रहेको छ ! सुदूरपश्चिम समाज  दक्षिण
कोरिया स्थापना कालदेखि नै परोपकारी कार्यमा सहयोग गर्दै आएको छ र कसैको दुखेका मनहरुलाई केहि राहत दिएर खुसि महसुस गराउदै ,चहराई रहेका घाउमा मलम लगाउदै आएको सबैमा जानकारी छ नै ! केहि सपना देखेर पुरा गर्न भनेर बैदेसिक रोजगारीका लागि आएका आफ्नै दाजु वा भाई सम्झेर सक्ने सहयोग गर्न
र मृर्त्युको मुखमा पुगेर पनि बाँच्ने आशा लिएर उपचार गराईरहेका  राजेश रावलको जीवन रक्षाको लागि दक्षिण कोरिया मा रहेका सम्पूर्ण संघ संस्था तथा कोरिया मा बस्नु हुने सम्पूर्ण   दाजुभाई तथा दिदीबहिनीहरु समक्ष सहयोगको लागि बिनर्म अनुरोध गर्दछौ ! तपाई को सहयोगले हाम्रो अभियानलाइ सार्थकता हुने मार्ग मिल्नेछ र त्यो भन्दा ठुलो कुरा कसैको जीवन बचाए भनेर यहाहरुलाई सन्तोष मिल्नेछ !तपाइहरुको गरेको सहयोग र नामलाई हाम्रो समाजको डायरीमा स्वर्णिम अक्षरले जिवन्त राख्नेछौ! यस अभियानमा तपाइहरुले गर्ने आर्थिक सहयोग तथा दान Woori bank को खाता न.1002 647 719974 (Shah Birendra )को खाता मा राखिदिन अनुरोध गर्दछौ रकेहि यस सम्बधि सोधपुछ गर्नुपरेमा निम्न व्यक्तिहरुलाई सम्झिन हुन्
अनुरोध गर्दछौ !

आर्थिक कमिटिका संयोजक :बिरेन्द्र शाह -010 -3141 5141
सुबास कुमार हमाल -010 9686 8848
दीपक रोकाया -010 2650 0775
मोहन चौधरी -010 3147 3334
जितेन्द्र सिं महता-010 4968 1449
धर्म राज जोशी -010 8691 1456

Related

korea 8887577092746852066

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item