कोरियामा रोजगारीको थप अवसर l

तुलसीराम सुवेदी ,काठमाडौं l
 नेपाली कामदारका लागि आकर्षक रोजगारीको गन्तव्य बन्दै गएको दक्षिण कोरियामा नेपालीका लागि थप रोजगारीको अवसर सिर्जना भएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) लागू हुनुअघि कोरिया गई कानुनीरूपमा बसेर फर्किएकाहरू पुनः जान चाहेमा भाषा परीक्षा पास गरेमा कोरिया जान पाउने भएपछि रोजगारीको थप अवसर । कोरियामा काम गरेर फर्किएका कामदार पुनः पठाउन श्रम तथा रोजगार मन्त्रालय र कोरिया सरकारबीच फेबु्रअरी १५ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो। समझदारी पत्रमा ईपिएसअन्र्तगत पुनः रोजगारी प्राप्त गरेका र सन् २०१० जनवरीपछि भीसा अवधिभित्रै नेपाल फर्केका कामदार पुनः कोरिया जान पाउनेछन्। त्यस्तै कोरियामा गई गैरकानुनीरूपमा बसोबास नगरेको तथा नेपालबाट अन्य मुलुकमा जान रोक नलगाएकाहरू पुनः कोरिया जान पाउने वैदेशिक रोजगार विभागको ईपिएस शाखाले जनाएको छ। 

ईपीएस कोरिया शाखाका अधिकृत ज्ञाननाथ ढकालले कोरिया जान चाहने कामदारले फागुन २३–२५ गतेसम्म फर्म भर्ने तथा चैत १४ देखि परीक्षा लिइने तयारी भएको बताउनुभयो। ढकालले कोरियन प्रतिनिधिकै रोहबरमा कम्प्युटरमा सुनाई र बोलाईबाट भाषा परीक्षा लिइने बताउनुभयो। ढकालका अनुसार यसबाट ७ सयदेखि १ हजारसम्म कामदार सम्पर्कमा आउने अनुमान गरिएको छ। थप कामदारका लागि ४ महिनापछि पुनः भाषा परीक्षा लिइने ढकालले जानकारी दिनुभयो।

सन् २०१२ मा भाषा परीक्षा पास गरेकामध्ये ६ हजार कामदार कोरिया गइसकेका छन् भने सन् २०१३ को फेबु्रअरी २४ सम्म ८ सय कामदारको श्रम सम्झौता भएको छ। सन् २०१३ को अन्त्यसम्म भाषा परीक्षा पास गरेका सम्भवत सबै कामदार जान पाउने बताइएको छ। वैदेशिक रोजगार विभागका अनुसार कोरियामा २० हजार कामदारले रोजगारी गरिरहेका छन्। त्यस्तै २० प्रतिशतसम्म गैरकानुनी ढंगले कोरियामा नेपाली कामदारले काम गरिरहेको अनुमान छ। नेपाल समाचारपत्र

Related

news 6576773191776962254

Post a CommentDefault Comments

emo-but-icon

Follow Us

Hot in week

Recent

Comments

Side Ads

Text Widget

Connect Us

item