कोरियामा नेपालीका दुःख l
https://nnkorea.blogspot.com/2013/02/l_1962.html
खेम कार्की ,दक्षिण कोरिया l
दक्षिण कोरियामा फ्रेबुअरीको दोश्रो साता मात्र ४ नेपालीहरुले ज्यान गुमाए । कारको ठक्करबाट रुपन्देहीका यज्ञमुर्ती पाण्डेर हृदयघातको कारण पाल्पाका खेम बहादुर ढेंगाको फ्रेबुअरी १२ मा मृत्यु भयो । यसैगरी हृदयघातकै कारण सुतेकै कोठामा भैरहवाका सोम कुमार गैरे मृत अवस्थामा फेला परे भने कम्बोडियन कामदारको छुरा प्रहारबाट विर्तामोडका राजेश कुमार राईको हत्या भयो ।
एकै दिन दुई , दुई घटना भई एक सातामा ४ नेपाली दक्षिण कोरियामा मृत्युका शिकार भए । यस्ता मृत्युका घटना पछिल्लो समय बढ्दो क्रममा छ कोरियामा । मृत्यु बाहेक छनानमा कारको ठक्कर दिदा टिकापुरका राजेश राव घाईते भए , कोरियाका कम्पनीमा नेपालीहरु दुव्यवहारको शिकार , कोरियाको कडा परिश्रमको मारमा नेपाली कामदार जस्ता दुर्घटना र विरामीको खबर पनि बढदो छ ।
यही घटनामध्ये दुईवटा दाहसंस्कार भईसके, एउटा नेपाल पठाउने पकृयामा छ भने भैरहवाका सोम कुमार गैरेको आर्थिक अभावको कारण दाहसंस्कार समेत हुन सकेको छैन । उनको मृत्यु पछि १ वर्षको काखेछोरो, ९ र १५ वर्षको छोरीको विचल्ली अवस्था रहेको उनको पारिवारिक श्रोतलाई उदृत गर्दै भैरहवाबाट दिलिप गैरेले जानकारी दिए ।
दक्षिण कोरिया स्थित नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बतौंलाले उनकोलास दाहसंस्कार देखि श्रीमति आउन जान ४० लाख जति खर्च लाग्दै भन्दै भ्रमण भिसामा आएको हुदा सरकारी तर्फबाट गर्न नसकिने भन्दै संघ संस्थासंग अपिल गर्नुको विकल्प नरहेको जानकारी दिएका छन ।
कोरियामा यत्तिको समस्या पर्दा हेर्ने जिम्मेवार निकाय भनेको नेपाली दुतावास नै हो । नेपाली दुतावासबाट पनि समस्याको समाधान नहुने स्थिती हुनु र अन्तिम अवस्थामा पनि संघ संस्थाको पदाधिकारीकोसंवेदनशिल विषयमा सक्रियता र चासोनदेखिनु गम्भिर विषय पनि हो ।
एउटा संस्थामा को नेता बन्नेभन्ने कुरामा जति चासो र सक्रियता बढछ यति सक्रियता सामाजिक कामको लागि कोरियामा हुन नसकेको प्रष्टै छ ।
एउटा नेपालीको मृत्यु भयो भनेपछि यहा सोधखोज हुन्छ , कुन जातीको , कुन पार्टीको , कुन क्षेत्रको वर्गको आदि । सुन्दा तितो लाग्न सक्छ तर यो यथार्तता कोरियाको नेपाली समाजमा नराम्ररी झाङगीदै गएको छ । जातीय र क्षेत्री आधारमा मात्र समवेदना व्यक्त हुनु अत्यन्त दुखद विषय पनि हो ।
दुतावासले रकम अभावको अवस्था बताएपति के गर्ने भन्नेमा खोई त संघ संस्थाको सक्रियता ? पदको भागबण्डामा टाउको टेकेर लाग्नेहरु यस्ता सामाजिक काममा किन पछाडि ? सोचनिय विषय छ ।
नेपाली दुतावासले गर्न नसक्ने भएपछि अब कसले गर्छत ? हिजो दुतावासले यो गर्नुपरयो त्यो गर्नुपरयो भन्दै ठुला कुरा गर्नेहरु यही पार्टी , जाती र क्षेत्रको साघुरो गल्लीबाट तै चुप मै चुप भन्ने मुर्दा शान्तिबाट किन माथि उठन सकेनन बुझ्न सकिएको छैन ।
कोरियामा रहेका नेपाली संघ संस्था र समुदायले राम्रा समाज सेवा र उदारहणीय सहयोगको काम पनि गरेका छन त्यसलाई हतोत्साहित गर्ने होईन यही राम्रो कामको विचमा धमिलो पानी बनाउनेहरु संग भने सावधान बन्न चाही जरुरी छ ।
प्रवासी भूमिमा यो र त्यो भन्दा पनि नेपाली भन्ने मुल रुपमा हामी बढन सकेका छैनौ । म आफै पनि एउटा संस्थाको पदीय हैसियतमा यस विषयमा नैतिक जिम्मेवारी छु । यो एक ले अर्कालाईदोषारोपण गर्ने कुरा होईन हामी सबैले जिम्मेवारी बोध गर्ने कुरा हो । अरुको कमिकमजोरी मात्र औल्याएर आफू केही नगर्ने मानसिकताबाट माथि उठनु पर्छ । हिजोलास अत्येष्टिको लागि उठाइएको रकममा समेत आफ्नो नाम जोडने क्रममा भएको विवाद छर्लङ छ । लास माथि राजनीति होईन सबैको हितमा हुनेगरी कार्य गर्नु जरुरी छ ।
कोरियामा पिडित व्यक्ति , दुर्गम क्षेत्र, आपतकालीन कोष जस्ता नाममा रहेका रकम सार्वजनिक हुन सकेका छैनन । कोरियामा आपतकालिन कोषकैनाममा बाग्लुङ सम्पर्क समितिले गएको चुसकमा सांस्कृतिक कार्यक्रम गरेको छ , आपतकालिन सेवा समितिले त्यस अगाडि चुसकमा आपतकालिन कोष भनेकार सांस्कृतिक कार्यक्रम गरेको थियो । यी उदाहरण मात्र हुन कोरियामा विभिन्न संघ संस्थाले गरेका सांस्कृतिक कार्यक्रम तथा सार्वजनिक रकमहरु सार्वजनिक हुन सकेका छैनन । ब्रेन टयुमरको विरामी विज्ञान राईको सहयोगार्थ मोरङ डायनामिककोनाममा पनि उल्लेख्य रकम बाकी छ भने किम्हेबाट यही शिर्षकमा गरिएको सहयोग १२ लाख जति नेपाली दुतावोको कोषमा रहेको छ । कतिपय संस्थाहरुको रकम पनि हिनामिना भएका पनि सार्वजनिक भएका छन । हिनामिना गर्ने र रकम सार्वजनिक नगर्ने दुवैदोषीको लागि केही उपाय पनि निकाल्न जरुरी छ । यसको लागि एउटा “संघ संस्था समन्वय समिति” बनाएर जान सकिन्छ ।
नेपाली लाई भैपरी आउने खर्चको लागि संयुक्त परोपकार कोष बनाएर जान सकिने मोरङ डायनामिकका अध्यक्ष टंक बस्नेतको धारणा छ ।
यस्तै कोरियाको योङस्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ कोरियामा रहेका सवै नेपाली समुदायका संघ संस्था समस्या हेरेर बस्ने मात्र नभई समस्या समाधानकोलाग एक जुट भएर लाग्नुपर्ने बताउछन ।
कोरियामा रहेकोरुपन्देही सम्पर्क समितिका अध्यक्ष रमेश बस्यालले मृतकको दाहसंस्कारलागि सहयोग गर्न कोरियाका नेपाली समुदायलाई अनुरोध गरेका छन ।
कोरियामा रहेका ७० का हाराहारीका संघ संस्था र पार्टीका पदाधिकारी र नेपाली समुदाय एकजुट भएर लाग्ने हो भने समस्या समाधानमा निकै पहलकदमी गर्न सकिन्छ । एउटा संस्थाको भागबण्डामा ज्यान फालेर लाग्नेकोरियाका संघ संस्थाका पदाधिकाी यसमा जिम्मेवार हुनुपर्छ ।
नेपाली दुतावासको समेत सहभागितामा कोरियाको संघ संस्था सम्मिलित एउटा सामुहिक “कल्याणकारी कोष ”बनाउन सकियो भनेसोम कुमार गैरे जस्ता आर्थिक अभावकोकारण दाहसंस्कार गर्न समस्यामा परेका नेपालीको समस्या समाधान गर्न सकिन्थ्योयसमा दक्षिण कोरियाका नेपाली समुदाय गम्भिर भएर लाग्न जरुरी छ ।
कार्यस्थलमा ईपिएस मजदुरका समस्या
श्रमको आकर्षक गन्तब्य मानिएको ईपिएस मार्फत २००८ बाट ईपियस मार्फत कामदार आएपछि श्रमिकको संख्या बढदो छ । हाल १९ हजार नेपाली रहेको नेपाली दुतावास दक्षिण कोरियाकोअनुमान छ । जसमध्ये अधिकांश नेपाली श्रमिक नै रहेका छन । सरकारी तवरबाटै कामदार कोरिया आएपनि व्यवस्थापन हुन नसक्दा समस्याको चाङ थपिएको थपियै छ ।
कोरियामा भाषागात समस्या, कडा परिश्रम गर्नुपर्ने, कार्यस्थलमा मजदुर विच विवाद, कोरियन मालिक संग मनमुटाव जस्ता कारणले शारिरीक संगैं मानसिक तनान पनि भोगिरहेको भुक्त भोगी कामदारहरु बताउछन । केही समयदेखि लगातार कम्पनीमा हातपात भएको भन्दै नेपाली यज्ञनिधि ले नेपाली दुतावास र कोरियाको संघ संस्थामा सम्पर्क गर्दा सहयोग नपाएकोभन्दै आक्रोस व्यक्त गरे ।
गत साता मात्र कोरियाको दक्षिणी क्षेत्र किम्हेशेल्टरमा आएका तीन नेपाली आफूहरुलाई कम्पनीको मालिकले दुव्यवहार गरेको गुनासो पोख्दै थिए ।
यस्ता घटनाहरु प्रनितिनिधि घटनाहरु मात्र हुन । यस्तैनेपालीहरु कोरियाको विभिन्न शेल्टरहरुको शरणमा रहेका छन । परिवारलाई दुःख हुने भन्दै उनीहरुले आफ्नो कुरा बाहिर ल्याउन नचाहेपनि भित्र भित्रै समस्या भयावह भन्दै गएका छन ।
कोरियाकोराजधानी सउलमा नेपाली दुतावास छ । तर शरण लिन नेपालीहरु विभिन्न शेल्टहरु तथा श्रमिक संगठन र अधिकारवादी संघ संस्थाहरुको शरणमा जाने गर्छन । यी मध्ये कतिले दुतावास र कोरियाका संघ संस्थासंग कुरा गर्दा सहयोग नपाएको बताए भने अधिकांश त दुतावासको शरणमा जानै चाहेनन । दुतावास जान सुझाउदा खोई साथीहरुले काम त्यहा काम हुदैनन भन्ने गरेको बताए ।
यता कोरियामा ईपिएस मजदुरहरुकोसमस्याको बारेमा आफूहरुले पहल कदमी गरेको श्रम सहचारी अनिल कुमार गुरुङको दावी छ । गुरुङले भने “ हृदयघातको कारणबाट सुतेकै अवस्थामा मृत्यु हुने जस्ता घटना देखिएका छन अलिकता संवेदनशिल हुन सके यस्तो घटनामा कमि आउछ । यसको बारेमा कस्तोसन्देश दिने भन्ने पनि विचार गदैंछौं । ”
(लेखक : नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा अध्यक्ष हुन )
दक्षिण कोरियामा फ्रेबुअरीको दोश्रो साता मात्र ४ नेपालीहरुले ज्यान गुमाए । कारको ठक्करबाट रुपन्देहीका यज्ञमुर्ती पाण्डेर हृदयघातको कारण पाल्पाका खेम बहादुर ढेंगाको फ्रेबुअरी १२ मा मृत्यु भयो । यसैगरी हृदयघातकै कारण सुतेकै कोठामा भैरहवाका सोम कुमार गैरे मृत अवस्थामा फेला परे भने कम्बोडियन कामदारको छुरा प्रहारबाट विर्तामोडका राजेश कुमार राईको हत्या भयो ।एकै दिन दुई , दुई घटना भई एक सातामा ४ नेपाली दक्षिण कोरियामा मृत्युका शिकार भए । यस्ता मृत्युका घटना पछिल्लो समय बढ्दो क्रममा छ कोरियामा । मृत्यु बाहेक छनानमा कारको ठक्कर दिदा टिकापुरका राजेश राव घाईते भए , कोरियाका कम्पनीमा नेपालीहरु दुव्यवहारको शिकार , कोरियाको कडा परिश्रमको मारमा नेपाली कामदार जस्ता दुर्घटना र विरामीको खबर पनि बढदो छ ।
यही घटनामध्ये दुईवटा दाहसंस्कार भईसके, एउटा नेपाल पठाउने पकृयामा छ भने भैरहवाका सोम कुमार गैरेको आर्थिक अभावको कारण दाहसंस्कार समेत हुन सकेको छैन । उनको मृत्यु पछि १ वर्षको काखेछोरो, ९ र १५ वर्षको छोरीको विचल्ली अवस्था रहेको उनको पारिवारिक श्रोतलाई उदृत गर्दै भैरहवाबाट दिलिप गैरेले जानकारी दिए ।
दक्षिण कोरिया स्थित नेपाली दुतावासका उपनियोग प्रमुख राजाराम बतौंलाले उनकोलास दाहसंस्कार देखि श्रीमति आउन जान ४० लाख जति खर्च लाग्दै भन्दै भ्रमण भिसामा आएको हुदा सरकारी तर्फबाट गर्न नसकिने भन्दै संघ संस्थासंग अपिल गर्नुको विकल्प नरहेको जानकारी दिएका छन ।
कोरियामा यत्तिको समस्या पर्दा हेर्ने जिम्मेवार निकाय भनेको नेपाली दुतावास नै हो । नेपाली दुतावासबाट पनि समस्याको समाधान नहुने स्थिती हुनु र अन्तिम अवस्थामा पनि संघ संस्थाको पदाधिकारीकोसंवेदनशिल विषयमा सक्रियता र चासोनदेखिनु गम्भिर विषय पनि हो ।
एउटा संस्थामा को नेता बन्नेभन्ने कुरामा जति चासो र सक्रियता बढछ यति सक्रियता सामाजिक कामको लागि कोरियामा हुन नसकेको प्रष्टै छ ।
एउटा नेपालीको मृत्यु भयो भनेपछि यहा सोधखोज हुन्छ , कुन जातीको , कुन पार्टीको , कुन क्षेत्रको वर्गको आदि । सुन्दा तितो लाग्न सक्छ तर यो यथार्तता कोरियाको नेपाली समाजमा नराम्ररी झाङगीदै गएको छ । जातीय र क्षेत्री आधारमा मात्र समवेदना व्यक्त हुनु अत्यन्त दुखद विषय पनि हो ।
दुतावासले रकम अभावको अवस्था बताएपति के गर्ने भन्नेमा खोई त संघ संस्थाको सक्रियता ? पदको भागबण्डामा टाउको टेकेर लाग्नेहरु यस्ता सामाजिक काममा किन पछाडि ? सोचनिय विषय छ ।
नेपाली दुतावासले गर्न नसक्ने भएपछि अब कसले गर्छत ? हिजो दुतावासले यो गर्नुपरयो त्यो गर्नुपरयो भन्दै ठुला कुरा गर्नेहरु यही पार्टी , जाती र क्षेत्रको साघुरो गल्लीबाट तै चुप मै चुप भन्ने मुर्दा शान्तिबाट किन माथि उठन सकेनन बुझ्न सकिएको छैन ।
कोरियामा रहेका नेपाली संघ संस्था र समुदायले राम्रा समाज सेवा र उदारहणीय सहयोगको काम पनि गरेका छन त्यसलाई हतोत्साहित गर्ने होईन यही राम्रो कामको विचमा धमिलो पानी बनाउनेहरु संग भने सावधान बन्न चाही जरुरी छ ।
प्रवासी भूमिमा यो र त्यो भन्दा पनि नेपाली भन्ने मुल रुपमा हामी बढन सकेका छैनौ । म आफै पनि एउटा संस्थाको पदीय हैसियतमा यस विषयमा नैतिक जिम्मेवारी छु । यो एक ले अर्कालाईदोषारोपण गर्ने कुरा होईन हामी सबैले जिम्मेवारी बोध गर्ने कुरा हो । अरुको कमिकमजोरी मात्र औल्याएर आफू केही नगर्ने मानसिकताबाट माथि उठनु पर्छ । हिजोलास अत्येष्टिको लागि उठाइएको रकममा समेत आफ्नो नाम जोडने क्रममा भएको विवाद छर्लङ छ । लास माथि राजनीति होईन सबैको हितमा हुनेगरी कार्य गर्नु जरुरी छ ।
कोरियामा पिडित व्यक्ति , दुर्गम क्षेत्र, आपतकालीन कोष जस्ता नाममा रहेका रकम सार्वजनिक हुन सकेका छैनन । कोरियामा आपतकालिन कोषकैनाममा बाग्लुङ सम्पर्क समितिले गएको चुसकमा सांस्कृतिक कार्यक्रम गरेको छ , आपतकालिन सेवा समितिले त्यस अगाडि चुसकमा आपतकालिन कोष भनेकार सांस्कृतिक कार्यक्रम गरेको थियो । यी उदाहरण मात्र हुन कोरियामा विभिन्न संघ संस्थाले गरेका सांस्कृतिक कार्यक्रम तथा सार्वजनिक रकमहरु सार्वजनिक हुन सकेका छैनन । ब्रेन टयुमरको विरामी विज्ञान राईको सहयोगार्थ मोरङ डायनामिककोनाममा पनि उल्लेख्य रकम बाकी छ भने किम्हेबाट यही शिर्षकमा गरिएको सहयोग १२ लाख जति नेपाली दुतावोको कोषमा रहेको छ । कतिपय संस्थाहरुको रकम पनि हिनामिना भएका पनि सार्वजनिक भएका छन । हिनामिना गर्ने र रकम सार्वजनिक नगर्ने दुवैदोषीको लागि केही उपाय पनि निकाल्न जरुरी छ । यसको लागि एउटा “संघ संस्था समन्वय समिति” बनाएर जान सकिन्छ ।
नेपाली लाई भैपरी आउने खर्चको लागि संयुक्त परोपकार कोष बनाएर जान सकिने मोरङ डायनामिकका अध्यक्ष टंक बस्नेतको धारणा छ ।
यस्तै कोरियाको योङस्टार ग्रुपका अध्यक्ष यम श्रेष्ठ कोरियामा रहेका सवै नेपाली समुदायका संघ संस्था समस्या हेरेर बस्ने मात्र नभई समस्या समाधानकोलाग एक जुट भएर लाग्नुपर्ने बताउछन ।
कोरियामा रहेकोरुपन्देही सम्पर्क समितिका अध्यक्ष रमेश बस्यालले मृतकको दाहसंस्कारलागि सहयोग गर्न कोरियाका नेपाली समुदायलाई अनुरोध गरेका छन ।
कोरियामा रहेका ७० का हाराहारीका संघ संस्था र पार्टीका पदाधिकारी र नेपाली समुदाय एकजुट भएर लाग्ने हो भने समस्या समाधानमा निकै पहलकदमी गर्न सकिन्छ । एउटा संस्थाको भागबण्डामा ज्यान फालेर लाग्नेकोरियाका संघ संस्थाका पदाधिकाी यसमा जिम्मेवार हुनुपर्छ ।
नेपाली दुतावासको समेत सहभागितामा कोरियाको संघ संस्था सम्मिलित एउटा सामुहिक “कल्याणकारी कोष ”बनाउन सकियो भनेसोम कुमार गैरे जस्ता आर्थिक अभावकोकारण दाहसंस्कार गर्न समस्यामा परेका नेपालीको समस्या समाधान गर्न सकिन्थ्योयसमा दक्षिण कोरियाका नेपाली समुदाय गम्भिर भएर लाग्न जरुरी छ ।
कार्यस्थलमा ईपिएस मजदुरका समस्या
श्रमको आकर्षक गन्तब्य मानिएको ईपिएस मार्फत २००८ बाट ईपियस मार्फत कामदार आएपछि श्रमिकको संख्या बढदो छ । हाल १९ हजार नेपाली रहेको नेपाली दुतावास दक्षिण कोरियाकोअनुमान छ । जसमध्ये अधिकांश नेपाली श्रमिक नै रहेका छन । सरकारी तवरबाटै कामदार कोरिया आएपनि व्यवस्थापन हुन नसक्दा समस्याको चाङ थपिएको थपियै छ ।
कोरियामा भाषागात समस्या, कडा परिश्रम गर्नुपर्ने, कार्यस्थलमा मजदुर विच विवाद, कोरियन मालिक संग मनमुटाव जस्ता कारणले शारिरीक संगैं मानसिक तनान पनि भोगिरहेको भुक्त भोगी कामदारहरु बताउछन । केही समयदेखि लगातार कम्पनीमा हातपात भएको भन्दै नेपाली यज्ञनिधि ले नेपाली दुतावास र कोरियाको संघ संस्थामा सम्पर्क गर्दा सहयोग नपाएकोभन्दै आक्रोस व्यक्त गरे ।
गत साता मात्र कोरियाको दक्षिणी क्षेत्र किम्हेशेल्टरमा आएका तीन नेपाली आफूहरुलाई कम्पनीको मालिकले दुव्यवहार गरेको गुनासो पोख्दै थिए ।
यस्ता घटनाहरु प्रनितिनिधि घटनाहरु मात्र हुन । यस्तैनेपालीहरु कोरियाको विभिन्न शेल्टरहरुको शरणमा रहेका छन । परिवारलाई दुःख हुने भन्दै उनीहरुले आफ्नो कुरा बाहिर ल्याउन नचाहेपनि भित्र भित्रै समस्या भयावह भन्दै गएका छन ।
कोरियाकोराजधानी सउलमा नेपाली दुतावास छ । तर शरण लिन नेपालीहरु विभिन्न शेल्टहरु तथा श्रमिक संगठन र अधिकारवादी संघ संस्थाहरुको शरणमा जाने गर्छन । यी मध्ये कतिले दुतावास र कोरियाका संघ संस्थासंग कुरा गर्दा सहयोग नपाएको बताए भने अधिकांश त दुतावासको शरणमा जानै चाहेनन । दुतावास जान सुझाउदा खोई साथीहरुले काम त्यहा काम हुदैनन भन्ने गरेको बताए ।
यता कोरियामा ईपिएस मजदुरहरुकोसमस्याको बारेमा आफूहरुले पहल कदमी गरेको श्रम सहचारी अनिल कुमार गुरुङको दावी छ । गुरुङले भने “ हृदयघातको कारणबाट सुतेकै अवस्थामा मृत्यु हुने जस्ता घटना देखिएका छन अलिकता संवेदनशिल हुन सके यस्तो घटनामा कमि आउछ । यसको बारेमा कस्तोसन्देश दिने भन्ने पनि विचार गदैंछौं । ”
(लेखक : नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा अध्यक्ष हुन )
Post a CommentDefault CommentsFacebook Comments